प्रेममा परेका रोशनी र शरदको १० बजे राति घरबाट निस्किदा बँदेल मार्न थापेको विद्युतीय पासोमा परि मृ,त्यु…

२०७९ कार्तिक १९ गते, शनिबार

दाङ। १३ दमारगाउँकी १५ वर्षीया रोशनी महतरा र जिल्लाकै दंगीशरण गाउँपालिका वडा नं। ६ थपगाउँका १४ वर्षीय शरद आचार्यको मृ,त्यु बँदेल मार्न थापेको विद्युतीय धरापमा परेर भएको पुष्टि भएको छ ।

 

 

 

दाङका रोशनी महतरा र शरद आचार्यको मृ,त्यु बँदेल मार्ने समुहबाट भएको तथ्य खुलेको छ । उनीहरु दुवैको शब स्थानीय जंगलको चिरोमा एकै ठाएँमा असोज ३० माटोले पुरेको अवस्थामा फेला परेको थियो ।

 

 

 

 

घ,टनामा संलग्न चार जना दमारगाउँका व्यक्ति पक्राउ परेका छन् । घ,टना अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार पक्राउ परेकाहरुले करेन्टबाट उनीहरुको मृ,त्यु भइसकेपछि बोरामा हालेर शब चिरोमा फालेको र फरुवाले माटो खनेर भाटेको स्वीकार गरि सकेका छन् ।

 

 

 

गाउँकै चार जना ब्यक्तिले बँदेल मार्नलाई भनेर रोशनीको घर नजिककैको कुखुरा फारमबाट बिजुली बत्तिको तार तानेर करेन्टको धराप बिच्छाएका थिए ।

 

 

 

सोही धरापमा परि रोशनी र शरदको मृत्यु भएको थियो । त्यसपछि घ,टना छिपाउन उनीहरुले ढुंगाले टाउको लगायत शरीरका बिभिन्न भागमा आ क्रमण गरि शव व्यवस्थापन गरेको भन्ने खुलेको प्रहरीले बताएको छ ।

 

 

 

रोशनी र शरद आपसमा प्रेममा थिए । त्यही कारण उनीहरु एक अर्कालाई भेट्न असोज २७ गते राति करिब सवा दश बजेतिर घरबाट निस्किएका थिए । त्यही क्रममा उनीहरुको विद्युतीय धरापमा परेर एकै साथ मृ,त्यु भएको पक्राउ परेका चार जनाले बताएका छन् ।

185 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal