छोरीको नामका कारण चर्चा र वि,वादमा श्वेता खड्का
अभिनेत्री श्वेता खड्का आमा बनेको ४ दिन भयो। गत मंगलबार काठमाडैंको ग्रान्डी सिटी अस्पतालमा छोरीलाई जन्मदिएकी श्वेता पहिलो सन्तानकी आमा बनेकी हुन्। शल्यकृया मार्फत आमा बनेकी श्वेताले सुत्केरी भएको ४ दिनमा छोरीका दुई तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्न भ्याइन
श्वेताले आमा बन्दाको खुशी सामाजिक सञ्जाल मार्फत शुभचिन्तकमा बाँडिन। उनका शुभचिन्तकले पनि उनलाई बधाई दिए। श्वेताले सञ्जाल मार्फत नै जन्मिएको तेस्रो दिनमा छोरीको नाम सार्वजनिक गरिन्। छोरीको नाम सार्वजनिक भएसँगै श्वेताका फ्यान दुई धारमा देखिएका छन्
श्वेताले अस्पतालमा नै आफ्नी छोरीको नामाकरण गरेकी हुन्। उनले छोरीको नाम ब्रायनाराखेकी छिन्। छोरीको नामाकरण पछि श्वेताले नामको अर्थ पनि बताएकी छिन्।
छोरीको नाम आइरिस भाषामा राखिएको बताउँदै उनले ब्रायनाको अर्थ उच्च, नवीन र श्रेष्ठ रहेको बताएकी छिन्। उनले छोरीको नाम सार्वजनिक गरेसँगै सामाजिक सञ्जालमा बहस सुरु भएको छ।
श्वेताकी छोरीको नामको विषयलाई लिएर फेसबुकमा नृपेश उप्रेतीले लेखेका छन् ‘आफ्नो बच्चाको नाम के राख्ने सर्वाधिकार अभिभावकमा सुरक्षित हुन्छ। तर एक सेलीब्रेटीले आफ्नो बच्चाको नाम के राख्ने भनेर सोच विचार भने पक्कै पुर्याउनु पर्छ। उनीहरूलाई आदर्श मान्ने, उनीहरूलाई पछ्याउनेको संख्या असंख्य हुन्छन्।
उनीहरूबाट समाजले धेरै कुरा सिक्ने तथा मनन र कार्यान्वयन गर्ने गर्दछ। कम्तीमा श्वेता खडकाले आफ्नो छोरीको नाम नेपाली परिवेश संस्कृति सुहाउँदो राखेको भए एउटा सुन्दर संदेश जाने थियो। उनले आफ्नो छोरीको नाम ब्रायना राखेकी छन्। सुनिए अनुसार यो आइरिस नाम हो हो रे! जसको अर्थ आइरिस भाषामा उच्च नवीन र श्रेष्ठ भन्ने हुन्छ। तर थाहा भएन उनको आरिस कनेक्सन के हो?”
उनले अगाडी लेखेका छन् ‘ठिक छ उनले छोरीको आइरिस नाम राखिन् तर यदी भोलिका दिनमा नेपाली चलचित्रसँग पुनः आवद्ध हुँदा नेपाली कला संस्कृति र परिवेशको दुहाइ चाहिँ नदिए हुन्छ श्वेताले। हिजोको दिनमा ‘कान्छी’ नामको चलचित्र निर्माण गरेकी उनले भोलिका दिनहरूमा के नाम राखेर चलचित्र बनाउने छिन? सायद डायना, पेट्रा क्यारोलिना!उप्रेतीको यो स्टाटसमा पनि थुप्रैले सर्थन जनाएका छन्।
केहीले श्वेताकी छोरीको नामाकरणलाई व्यक्तिगत स्वतन्त्रतासँग जोडेर हेरेका छन्। केहिले बिरोध गरिरहेका छन्। श्वेताले भने छोरीको नाम सार्वजनिक गर्दै आफूलाई सघाउने चिकित्सक र नर्सलाई सामाजिक सञ्जालबाटै सम्झना गरेकी छिन्। शुभचिन्तकलाई धन्यबाद दिएकी छिन्।
उनले छोरीको जन्मसँग नयाँ फिल्म निर्माणको घोषणा समेत गरेकी छिन्। केहि समपछिनै फिल्म निर्माणमा फर्किने श्वेताले बताएकी छिन्।
ताजा
मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला
२०८३ श्रावण २ गते, शनिबार
मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला
२०८३ श्रावण २ गते, शनिबार
आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
२०८३ श्रावण २ गते, शनिबार
डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते
२०८३ श्रावण २ गते, शनिबार
कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन
२०८३ श्रावण २ गते, शनिबार
सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने
२०८३ असार ३२ गते, बिहीबार
नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण
२०८३ असार ३२ गते, बिहीबार
ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो
२०८३ असार ३२ गते, बिहीबार
सप्तकोसीमा पानीको बहाव बढ्दै, २१ ढोका खोलियो
२०८३ असार ३२ गते, बिहीबार
इङ्ग्ल्यान्डलाई हराउँदै लगातार दोस्रो पटक अर्जेन्टिना विश्वकप फाइनलमा
२०८३ असार ३२ गते, बिहीबार
‘माया भनेकै यस्तो होला’को पोस्टरमा दीलको हल्दी डे
२०८३ असार ३१ गते, बुधबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





