श्वेताले छोरीको नाम सार्वजनिक गरिन् राखिन् ‘ब्रायना’ कस्तो छ, भन्छिन् यो क्षणमा जादूयी महसुस गरिरहेकी छु।

२०७९ कार्तिक १८ गते, शुक्रबार

अभिनेत्री श्वेता खड्का र पति विजयन्द्रसिंह रावतलाई मंगलबार पुत्रीलाभ भयो । छोरीको जन्मपछि श्वेता दम्पती निकै प्रफुल्ल देखिन्छन् र एकपछि अर्को गरी सामाजिक सञ्जालमा तस्वीर र भिडियो सार्वजनिक गरिरहेका छन् ।

 

 

श्वेता दम्पतीले विहीबार छोरीको नामकरण पनि गरेका छन् । उनीहरुले छोरीको नाम ‘ब्रायना’ राखेका छन् । आइरिस भाषामा ब्रायनाको अर्थ उच्च, नवीन र श्रेष्ठ भन्ने हुन्छ ब्रायनको स्त्रीलिंगी शब्द ब्रायना हो । लोकप्रिय शब्द ब्रायनालाई केही अन्तर्राष्ट्रिय सेलिब्रिटीले पनि आफ्ना छोरीको नाममा प्रयोग गरेका छन् ।

 

 

श्वेताले छोरीको नाम सार्वजनिक गर्दै आफूलाई सघाउने चिकित्सक र नर्सलाई धन्यवाद दिएकी छन् । उनले आमा हुन पाउनुलाई जीवनकै सुन्दर अवार्डसँग तुलना गरेकी थिइन् ।श्वेता लेख्छिन्, ‘संसारका विभिन्न भागबाट सबै शुभचिन्तकले यति धेरै माया र आशिर्वाद दिनुभएको छ । हामी निकै धन्य छौं । यो सम्पूर्ण क्षण म र मेरो बच्चाको लागि जादूयी छ । सबैलाई धन्यवाद ।’

 

 

केही समय आराम गरेपछि अब फिल्म निर्माणमा कमब्याक गर्ने श्वेताको तयारी छ । केही साताअघि अनलाइनखबरसँग कुरा गदै उनले आफूलाई नारी सशक्तीकरणबारे फिल्म बनाउने तयारी रहेको उनले जानकारी दिएकी थिइन् ।

190 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण २ गते, शनिबार

डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते

२०८३ श्रावण २ गते, शनिबार

कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन

२०८३ श्रावण २ गते, शनिबार

सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने

२०८३ असार ३२ गते, बिहीबार

नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण

२०८३ असार ३२ गते, बिहीबार

ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो

२०८३ असार ३२ गते, बिहीबार

सप्तकोसीमा पानीको बहाव बढ्दै, २१ ढोका खोलियो

२०८३ असार ३२ गते, बिहीबार

इङ्ग्ल्यान्डलाई हराउँदै लगातार दोस्रो पटक अर्जेन्टिना विश्वकप फाइनलमा

२०८३ असार ३२ गते, बिहीबार

‘माया भनेकै यस्तो होला’को पोस्टरमा दीलको हल्दी डे

२०८३ असार ३१ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal