श्वेताले राखिन् छोरीको नाम ‘ब्रायना

अभिनेत्री श्वेता खड्का र पति विजयन्द्रसिंह रावतलाई मंगलबार पुत्रीलाभ भयो । छोरीको जन्मपछि श्वेता दम्पती निकै प्रफुल्ल देखिन्छन् र एकपछि अर्को गरी सामाजिक सञ्जालमा तस्वीर र भिडियो सार्वजनिक गरिरहेका छन् ।
श्वेता दम्पतीले विहीबार छोरीको नामकरण पनि गरेका छन् । उनीहरुले छोरीको नाम ‘ब्रायना’ राखेका छन् ।
आइरिस भाषामा ब्रायनाको अर्थ उच्च, नवीन र श्रेष्ठ भन्ने हुन्छ ।ब्रायनको स्त्रीलिंगी शब्द ब्रायना हो । लोकप्रिय शब्द ब्रायनालाई केही अन्तर्राष्ट्रिय सेलिब्रिटीले पनि आफ्ना छोरीको नाममा प्रयोग गरेका छन् ।
श्वेताले छोरीको नाम सार्वजनिक गर्दै आफूलाई सघाउने चिकित्सक र नर्सलाई धन्यवाद दिएकी छन् । उनले आमा हुन पाउनुलाई जीवनकै सुन्दर अवार्डसँग तुलना गरेकी थिइन् ।
श्वेता लेख्छिन्, ‘संसारका विभिन्न भागबाट सबै शुभचिन्तकले यति धेरै माया र आशिर्वाद दिनुभएको छ । हामी निकै धन्य छौं । यो सम्पूर्ण क्षण म र मेरो बच्चाको लागि जादूयी छ । सबैलाई धन्यवाद ।’
केही समय आराम गरेपछि अब फिल्म निर्माणमा कमब्याक गर्ने श्वेताको तयारी छ । केही साताअघि अनलाइनखबरसँग कुरा गदै उनले आफूलाई नारी सशक्तीकरणबारे फिल्म बनाउने तयारी रहेको उनले जानकारी दिएकी थिइन् ।
ताजा

मुलुक अस्थिरतातर्फ उन्मुखः डाक्टर भट्टराई
२०७९ माघ १४ गते, शनिबार
मुलुक अस्थिरतातर्फ उन्मुखः डाक्टर भट्टराई
२०७९ माघ १४ गते, शनिबार
राष्ट्रपति निर्वाचन फागुन २८ भित्रै हुनुपर्छः शेखर कोइराला
२०७९ माघ १४ गते, शनिबार
एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश
२०७९ माघ १४ गते, शनिबार
दुई दिनमै रवि लामिछाने मन्त्री बन्न सक्छन्
२०७९ माघ १४ गते, शनिबार
चैत १७ गतेदेखि यस वर्षको एसइई परीक्षा
२०७९ माघ १४ गते, शनिबार
रास्वपाको कार्यवाहक सभापति र संसदीय दलको नेतामा अर्याल
२०७९ माघ १४ गते, शनिबार
छोटो समयमै लामिछानेको राजनीतिक यात्रामा ‘ब्रेक’
२०७९ माघ १३ गते, शुक्रबार
हाँसीखुसी लामिछानेले छाडे सरकारी निवास
२०७९ माघ १३ गते, शुक्रबार
लामिछानेले बुझाए प्रधानमन्त्रीसमक्ष राजीनामा
२०७९ माघ १३ गते, शुक्रबार
म सर्वोच्चको सर्वोच्चको फैसलालाई सम्मान गर्छु–रवि लामिछाने
२०७९ माघ १३ गते, शुक्रबारलोकप्रिय

निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ
२०७९ माघ ९ गते, सोमबार
विदेशमा रहेका नेपालीलाई रविको जागिर अफर– ‘तपाईंलाई लिन म आफैं एयरपोर्ट आउँछु’
२०७९ पुष ८ गते, शुक्रबार
भाईरल बरिशा, हिरोईन रश्मिकाले भेट्न आउने ईच्छा ब्यक्त गरेपछी….
२०७९ आश्विन ४ गते, मंगलवार
यी हुन् आमा-छोरा झट्ट हेर्दा दिदीभाइ जस्ता तर सँगै स्कुल ।
२०७९ आश्विन २ गते, आईतवार
भूमाफियाहरुको सातो खाएका काठमाडौँका मेयरले गरे अर्को कमालको काम….
२०७९ आश्विन २ गते, आईतवार
बालेन ले बाबुरामलाइ दिए मुखभरीको जवाफ भने हजारौंको घर भ,त्काएर फुटपाथ बनाउँदा सोच्न पर्थ्यो नि ।”
२०७९ आश्विन १ गते, शनिबार
गायिकामाथि जापानमा दोहोरी सञ्चालकले गरे दुर्व्यवहार
२०७९ भाद्र २९ गते, बुधबार