सम्बन्ध टुट्ने संघारमा जेरी गुमनाम भएको झुटो समाचार बाहिरिएपछि, टेकराज र बहिनिले खोले वास्तबिक्ता..,

२०७९ कार्तिक १७ गते, बिहीबार

नेपालको कलाकारिता क्षेत्रमा एकपछि अर्को सेलिब्रिटीको वैवाहिक सम्बन्ध संकटमा परिरहेका छन् । सबैभन्दा पछिल्लो प्रकरण हो प्रख्यात दोहोरी गायिका बबिता बानिया ‘जेरी’ र गायक शंकर क्षेत्रीको ।

 

 

नेपालको लोकदोहोरी क्षेत्रमा निकै चर्चित यो जोडीको वैवाहिक सम्बन्ध टुट्ने संघारमा छ । अदालतमा फाइल भइसकेको डिभोर्स केस टुंगो लाग्न प्राविधिक कारणले मात्रै ढिलाइ भएको हो । तिहार र छठको बिदा सकिएर अदालत खुलेसँगै आगामी हप्ताभित्र उनीहरु कानूनी रुपमा अलग हुने निश्चितप्रायः छ ।

 

 

पाँच वर्षसम्म ‘डिप लभ’ मा परेर साढे दुई वर्षअघि बिहे गरेका जेरी र शंकरको सम्बन्ध यति छिटो किन धरापमा पर्‍यो ? दुवैसँग निकटस्थ स्रोतका अनुसार डिभोर्सका लागि जेरीभन्दा पनि शंकर व्यग्र छन् । जेरीलाई सहमतिमा ल्याएर उनले नै डिभोर्सको मुद्दा दर्ता गरेका हुन् । जेरीले आफ्नो पछिल्लो अन्तर्वार्तामा ‘श्रीमानको इच्छा पुर्‍याइदिन डिभोर्सका निम्ति आफू तयार भएको’ बताइसकेकी छन् ।

 

 

जेरी र शंकरबाट २ वर्षकी छोरी छन् । कम्तिमा छोरीकै निम्ति भए पनि जेरी यो सम्बन्धलाई टिकाउने हरसम्भव प्रयासमा थिइन् । अझै पनि शंकरको मन फर्किए सम्बन्धलाई निरन्तरता दिन उनी इच्छुक रहेको स्रोतको भनाइ छ । ‘तर, शंकरको मन फर्किने सम्भावना न्यून छ’, स्रोतले भन्यो ।

 

 

काठमाडौं जिल्ला अदालतमा केही दिन अगाडि दायर मुद्दा सामान्य प्राविधिक कारणले मात्रै अड्किएको हो । उनीहरुलाई आइतबार मुद्दा टुंगो लगाउन अदालतले बोलाएको थियो । तर, त्यसदिन आफ्नो जन्मदिन परेकाले जेरी अदालत जान चाहिनन् ।

 

 

75 Views

ताजा

ढल्यो प्रचण्ड सरकार, पक्षमा ६३, विपक्षमा १९४ मत

२०८१ असार २८ गते, शुक्रबार

ढल्यो प्रचण्ड सरकार, पक्षमा ६३, विपक्षमा १९४ मत

२०८१ असार २८ गते, शुक्रबार

निर्मलाका हत्यारा र जीबी राई खोइ पक्राउ गरेको ? : ज्ञानेन्द्र शाही

२०८१ असार २८ गते, शुक्रबार

गृहमन्त्री लामिछानेको आक्षेप, फाइल खोलेको २४ घण्टामा सरकार ढालियो

२०८१ असार २८ गते, शुक्रबार

कला संगीत मानव भावनाको सुन्दर प्रस्तुति हो –कलाकार निर्मला घिसिङ

२०८१ असार २८ गते, शुक्रबार

कास्की पहिरो अपडेट: मृतकको सङ्ख्या ११ पुग्यो

२०८१ असार २८ गते, शुक्रबार

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिँदै

२०८१ असार २८ गते, शुक्रबार

कास्कीमा पहिरोमा परेर एकै परिवारका सातजना र अन्य दुई जनाको मृत्यु

२०८१ असार २८ गते, शुक्रबार

बेपत्ता दुई बसको खोजी कार्य जारी

२०८१ असार २८ गते, शुक्रबार

प्लस टु शिक्षालाई उदाहरणीय बनाउने लक्ष्यका साथ अघि बढ्दै रत्नराज्य माबि

२०८१ असार १९ गते, बुधबार

गलत नेतृत्वको हातमा देश परेकाले नेतृत्व परिवर्तन आवश्यक थियोः उपेन्द्र यादव

२०८१ असार १८ गते, मंगलवार

लोकप्रिय

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

२०७९ चैत्र २४ गते, शुक्रबार

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal