भारतमा पराल जलाउँदा निस्किएको धुवाँको प्रदूषण नेपाल भित्रियोभोलि र पर्सि काठमाण्डौ सहित केही सहरमा प्रदूषण बढ्ने!

२०७९ कार्तिक १६ गते, बुधबार

काठमाण्डाै – भारतमा किसानले पराल जलाउँदा निस्किएको धुवाँको प्रदूषण नेपालमा पनि भित्रिएको छ ।

हरियाणा र पञ्जाबमा किसानले पराल जलाउँदा निस्किएको धुवाँ पश्चिम तराईका जिल्लामा प्रवेश गरेको त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक तथा मौसम अनुसन्धानकर्ता विनोद पोखरेलले जानकारी दिनुभयो । यो प्रदूषणको असर काठमाण्डौलगायत देशका विभिन्न भागमा भोलि बिहीवार र पर्सि शुक्रवार देखिन सक्ने उहाँले बताउनु  भयो ।

हिजो मङ्गलवारसम्म प्रदूषित हावा नेपाल आउने सम्भावना नदेखिएकोमा एकाएक हावाको दिशा मोडिएर आज बुधवार नेपालतर्फ प्रवेश गरेको हो ।

भारतको हरियाणा र पञ्जाबमा किसानहरूले धान काटेपछि खेतमा बाँकी रहने ठुटामा आगो लगाउने गरेका छन् । मेशिनले धान काट्दा परालको झन्डै डेढ फिटको ठुटा बाँकी रहने भएकोले त्यसलाई किसानले खेतमै जलाउने गरेका हुन् ।

पञ्जाब र हरियाणा दुवै राज्यमा खेतको परालमा आगो लगाएबापत जरिबाना तिर्नुपर्ने व्यवस्था भए पनि किसानले गहुँको बिउ छर्नका लागि खेत तयार गर्न छिटो गर्नुपर्ने भन्दै पराल जलाउने काम गरिरहेका छन् ।

193 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

२०८३ भाद्र १६ गते, मंगलवार

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भाद्र १६ गते, मंगलवार

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

२०८३ भाद्र १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal