भक्तपुरमा निर्माण सुरु भएको आठ वर्षसम्म पनि सम्पन्न नगरेको भन्दै नगरकोटका स्थानीयले गरे १५ ट्रक माटो थुपारेर सडक बन्द..

भक्तपुर, १५ कात्तिक – निर्माण सुरु भएको आठ वर्षसम्म पनि सम्पन्न नगरेको भन्दै भक्तपुर नगरकोट मुख्य सडकका बासिन्दा र नगरकोटका पर्यटन व्यवसायीले दुई दिनदेखि त्यहाँको बन्द गराएका छन् । नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा चिनिँदै आएको पर्यटकीयस्थल नगरकोट जाने मुख्य सडक निर्माण अलपत्र पारेर निर्माण कम्पनीले स्थानीय बासिन्दा र व्यवसायीलाई निकै सास्ती दिएको भन्दै छिटो सम्पन्न गर्न आन्दोलनस्वरुप सडक बन्द गराएका हुन् । सडक बन्द हुँदा यात्रुले सास्ती भोग्दै वैकल्पिक बाटोे प्रयोग गर्नु परेको छ ।
उनीहरुले सडकको बीचमा १५ ट्रक माटो थुपारेर सोमबारदेखि कुनै पनि सवारीसाधन आवतजावत गर्न नसक्ने गरी अवरोध गर्दै सडक निर्माण सम्पन्न गर्न वा ठेक्का रद्द गर्न माग गर्दै सडकमै नाराबाजीसमेत गरेका थिए । सडकमा १५ ट्रक माटो थुपारेर यातायातका साधन बन्द गराइएको छ,” नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङले भन्नुभयो,।
सडक निर्माण सुरु भएको आठ वर्ष भयो, अझै निर्माण सम्पन्न गरिएकोे छैन, सात पटक ठेक्का सम्झौतामा म्याद थप भइसकेको छ, अहिले धुलो उडेर यहाँका बासिन्दादेखि पर्यटकसमेतले सास्ती व्यहोर्नु परेको छ, त्यसैले कि त छिटो निर्माण सम्पन्न गर्नु पर्यो, कि त ठेक्का रद्द गर्नु पर्यो भन्ने माग राखेर आन्दोलनस्वरुप सडक बन्द गराएका हाैँ ।
उहाँले निर्माण अलपत्र पार्दा यहाँको पर्यटन व्यवसाय र आर्थिक विकास १५ वर्ष पर धकेलिएको छ भन्दै काम नगर्नेको ठेक्का सम्झौता रद्द गर्नुपर्नेमा उल्टै सडकको लागत बढाइ दिदै म्याद थपिदिएर पुरस्कार दिए जस्तै गरेको गुनासो गर्नुभयो । नगरकोटस्थित चाँगुनारायण नगरपालिका–६ का वडाध्यक्ष धनबहादुर लामाले वर्षाैंदेखि जनताले आन्दोलन गरे पनि कुनै पनि सरकारले यहाँका बासिन्दाको पीडालाई नबुझेको बताउनुभयो । स्थानीय बासिन्दा र व्यवसायीले सडक बन्द गराएर निर्माण गर्न दबाब दिएको भन्दै सरकारले निर्माण व्यवसायीलाई निर्माण छिटो सम्पन्न गर्न दबाब दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
ताजा

गृह मन्त्रालय रास्वपाले पाउनुपर्छ, पूर्णपाठ किन चाहियोः ओली
२०७९ माघ १९ गते, बिहीबार
गृह मन्त्रालय रास्वपाले पाउनुपर्छ, पूर्णपाठ किन चाहियोः ओली
२०७९ माघ १९ गते, बिहीबार
रविको चेतावनीः मेरो मौनता आजसम्ममात्रै हो
२०७९ माघ १९ गते, बिहीबार
स्वर्ण पदक हात पारेर खेलाडीहरु नेपाल फर्के
२०७९ माघ १९ गते, बिहीबार
स्वर्ण पदक हात पारेर खेलाडीहरु नेपाल फर्के
२०७९ माघ १९ गते, बिहीबार
९ किलो सुनसहित क्यानडेली नागरिक एयरपोर्टबाट पक्राउ
२०७९ माघ १९ गते, बिहीबार
भारतले घटायो नेपाललाई दिने अनुदान
२०७९ माघ १९ गते, बिहीबार
लामिछानेलाई खेदेको खेदै युवराज
२०७९ माघ १९ गते, बिहीबार
बागलुङमा जिसीले गरे आत्मदाह प्रयास
२०७९ माघ १९ गते, बिहीबार
गठबन्धन विरोधीहरुको चंगुलमा फस्दै प्रधानमन्त्री दाहाल
२०७९ माघ १९ गते, बिहीबार
हिन्दु धर्म विश्वको पुरानो धर्मः सिद्दबाबा
२०७९ माघ १६ गते, सोमबारलोकप्रिय

धनकुटा महोत्सवमा ३० जना घाइते
२०७९ माघ १५ गते, आईतवार
निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ
२०७९ माघ ९ गते, सोमबार
विदेशमा रहेका नेपालीलाई रविको जागिर अफर– ‘तपाईंलाई लिन म आफैं एयरपोर्ट आउँछु’
२०७९ पुष ८ गते, शुक्रबार
भाईरल बरिशा, हिरोईन रश्मिकाले भेट्न आउने ईच्छा ब्यक्त गरेपछी….
२०७९ आश्विन ४ गते, मंगलवार
यी हुन् आमा-छोरा झट्ट हेर्दा दिदीभाइ जस्ता तर सँगै स्कुल ।
२०७९ आश्विन २ गते, आईतवार
भूमाफियाहरुको सातो खाएका काठमाडौँका मेयरले गरे अर्को कमालको काम….
२०७९ आश्विन २ गते, आईतवार
बालेन ले बाबुरामलाइ दिए मुखभरीको जवाफ भने हजारौंको घर भ,त्काएर फुटपाथ बनाउँदा सोच्न पर्थ्यो नि ।”
२०७९ आश्विन १ गते, शनिबार
गायिकामाथि जापानमा दोहोरी सञ्चालकले गरे दुर्व्यवहार
२०७९ भाद्र २९ गते, बुधबार