डिभोर्स नगरौ भन्दै जेरी सम्पर्कविहिन, शंकर डिभोर्स दिन कुरेको कुरै !
नेपालको कलाकारिता क्षेत्रमा एकपछि अर्को सेलिब्रिटीको वैवाहिक सम्बन्ध दरार आएसँगै जोडीको प्रेम नटिक्ने देखिएको छ ।प्रेम सम्बन्ध गुगिंने चर्चासँगै पछिल्लो समय सर्वत्र चर्चामा रहेका जोडी हुन बबिता बानियाँ जेरी र शंकर क्षेत्री
नेपालको लोकदोहोरी क्षेत्रमा नाम कमाएका र आदर्श जोडीको उपमा पाएका यो जोडीको वैवाहिक सम्बन्ध सम्बन्ध बिच्छेदको संघारमा पुगेको छ । अदालतमा फाइल भइसकेको डिभोर्स केस टुंगो लाग्न प्राविधिक कारणले मात्रै ढिलाइ भएको हो । तिहार र छठको बिदा सकिएर अदालत खुलेसँगै आगामी हप्ताभित्र उनीहरु कानूनी रुपमा अलग हुने निश्चितप्रायः छ ।
लामो समयदेखि प्रेममा रहेको यो जोडी साढे दुई वर्षअघि बिहे गरेका जेरी र शंकरको सम्बन्ध यति छिटो किन धरापमा पर्यो ? दुवैसँग निकटस्थ स्रोतका अनुसार डिभोर्सका लागि जेरीभन्दा पनि शंकर हतारमा छन् । सहमतिमा ल्याएर उनले नै डिभोर्सको मुद्दा दर्ता गरेका हुन् । जेरीले आफ्नो पछिल्लो अन्तर्वार्तामा ‘श्रीमानको इच्छा पुर्याइदिन डिभोर्सका निम्ति आफू तयार भएको’ बताइसकेकी छन् ।
जेरी र शंकरबाट २ वर्षकी छोरी छन् । कम्तिमा छोरीकै निम्ति भए पनि जेरी यो सम्बन्धलाई टिकाउने हरसम्भव प्रयासमा थिइन् । अझै पनि शंकरको मन फर्किए सम्बन्धलाई निरन्तरता दिन उनी इच्छुक रहेको स्रोतको भनाइ छ ।