हामीहरूले जिते ५ वर्ष खेर जान दिँदैनाैँ : गगन थापा

२०७९ कार्तिक ११ गते, शुक्रबार

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा सत्तारूढ गठबन्धन विजयी हुने दाबी गर्नुभएको छ । काठमाण्डाै क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारसमेत रहनुभएका महामन्त्री थापाले सत्तारूढ गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभा दुवैमा विजयी भएर सरकार बनाउने दाबी गर्नुभएकाे हो ।

 

आज बुधवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले विगतको पाँच वर्ष खेर गएको उल्लेख गर्दै आफूहरूले जितेपछि भने त्यो समयलाई खेर जान नदिने जिकिर गर्नुभयाे । महामन्त्री थापाले निराश र आक्रोशित जनताको मत लिएर सरकार बनेपछि सत्तारूढ गठबन्धनले त्यसलाई खेर जान नदिने गरी काम गर्नुपर्ने पनि बताउनुभयाे । जनमतको कदर हुने गरी काम गर्न सकिएन भने जनताले विरोध गर्ने उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘गएको पाँच वर्ष खेर गयो । अबको पाँच वर्ष खेर जान दिनु हुन्न । त्यो जान नदिने जिम्मेवारी हाम्रो हो । मैले त नेताहरूलाई भनेको छु– सात वटा प्रदेशमा हाम्रो सरकार बन्ने हो । सङ्घमा पनि हाम्रो सरकार बन्ने हो ।’

 

महामन्त्री थापाले आउँदाे चुनावपछि आफूले सरकारको नेतृत्व गर्न चाहेको पनि बताउनुभयाे । त्यसका लागि पार्टीभित्रका साथीहरूले आफूलाई साथ दिनुपर्ने उहाँको भनाइ थियो ।

189 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

२०८३ भाद्र १६ गते, मंगलवार

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भाद्र १६ गते, मंगलवार

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

२०८३ भाद्र १६ गते, मंगलवार

१७ जनाको शव भारतको उत्तर प्रदेशमा भेटियो

२०८३ भाद्र १६ गते, मंगलवार

अनिश्चितकालका लागि तातोपानी नाका बन्द

२०८३ भाद्र १६ गते, मंगलवार

सडक भासिएपछि उपत्यका बाहिरै भर्न थालियो सिलिन्डर

२०८३ भाद्र १६ गते, मंगलवार

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

विपद्को बेला सरकारलाई सहयोग गर्ने सभापति गगन थापाको भनाई

२०८३ भाद्र १४ गते, आईतवार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal