प्रधानमन्त्रीका लागि सबै किसिमले योग्य छु ।= प्रकाश मान सिंह

२०७९ कार्तिक २ गते, बुधबार

काठमाण्डाै =नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आउँदाे चुनावपछि आफू प्रधानमन्त्रीका लागि सबै किसिमबाट योग्य रहेको दाबी गर्नुभएकाे छ । आउँदाे चुनाव जित्ने आफ्नो पहिलो लक्ष्य रहेको र नेपाली कांग्रेसको संसदीय नेतामा चुनिएपछि प्रधानमन्त्री बनेर देश चलाउन आफू हर किसिमबाट योग्य रहेको उहाँले बताउनु भएको हो ।

 

आज बुधवार न्युज एजेन्सी नेपालसँगकाे कुराकानीमा नेता सिंहले आफूले पार्टीका तल्लो स्तरका कमिटीदेखि महामन्त्रीसम्म बनेर पार्टी सञ्चालन गरिसकेको उल्लेख गर्दै सरकारको नेतृत्व गर्न आफू कमजोर नभएको जिकिर गर्नु भयाे । उहाँले देशको उपप्रधानमन्त्री बनिसकेको उल्लेख गर्दै अबको चुनावपछि हरेक किसिमबाट प्रधानमन्त्री बनेर देश सञ्चालन गर्न र देशमा सुव्यवस्था राजनीतिक स्थिरता गराउन आफू सक्षम रहेको उल्लेख गर्नु भयाे ।

 

उहाँले भन्नु भयो । म सुरुवाती चरणदेखि, पार्टी प्रतिबन्धित हुँदादेखि अधिकार प्राप्त गर्नका लागि जनआन्दोलन, सत्याग्रह सबैमा होमिएको, जेल जीवन बिताइसकेको, ग्रास लेभलदेखि जिल्ला पनि सम्हालिसकेको, नेविसङ्घदेखि लिएर नेपाली कांग्रेसको काठमाण्डाै जिल्लाकाे पटक–पटक नेतृत्व सम्हालेर काम गरिसकेको छु ।

 

मेरो अनुभव र विगतका गतिविधिले के देखाउँछ भन्दा अवसर पायो भने म स्पष्ट छु, नियत साफ छ, लोभ छैन मोह छैन, म केही गरेर देखाउन सक्छु भन्ने आत्मविश्वास छ । मौका पायो भने म गरेर देखाउँछु । मसँग अनुभव छ, त्यसैले मनदेखि नै देखेको छु, भोगेको छु, मौका पाए गर्न नसक्ने कुरा होइन । पहिला सांसद बन्नुपर्‍याे, त्यसपछि नेपाली कांग्रेसको संसदीय दलमा निर्वाचिन भएकाहरू बीचमा चुनाव हुनुपर्‍याे । त्यसमा ब्रेक गर्नसक्ने क्राइटेरिया सबै पुगिसकेको छ । हेरौँ अवस्था के हुन्छ ?

 

नेता सिंहले आफ्ना अनुभवले कुन पदका लागि योग्य छु भन्ने कुरा बोलिसकेको भन्दै प्रधानमन्त्रीका लागि अवसर पाए देशमा केही गरेर देखाउने भोक आफूमा रहेको बताउनु भयो । उहाँले आफूमा कुनै किसिमका लोभ नरहेको उल्लेख गर्दै प्रधानमन्त्री बन्नका लागि आफूमा सबै किसिमको योग्यता पुगिसकेको जिकिर गर्नु भयाे ।

 

कुराकानीकै क्रममा नेता सिंहले काठमाण्डाै क्षेत्र नम्बर १ मा आफूविरुद्ध धेरै स्वतन्त्र र अन्य पार्टीका उम्मेदवार उभिए पनि स्थानीयको कामका लागि आफू नै योग्य रहेको दाबी गर्नुभयाे । उहाँले स्वतन्त्र उम्मेदवार अहिले परीक्षणको क्रममा रहेकाले सबैले एकअर्काको गलत प्रचारप्रसार नगरि आफ्ना एजेन्डालाई जनताकाेबीचमा लैजानुपर्ने आवश्यकता भएको बताउनु भयो ।

 

नेता सिंहले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रप्रति इङ्गित गर्दै आफ्नो निर्वाचन क्षेत्रमा भएको दललाई फुटाइ अर्को दलमा मिलेकाहरू पनि रहेको उल्लेख गर्दै जनताको साथ आफूलाई रहेकाले चुनाव जित्नेमा ढुक्क रहेको बताउनु भयो ।

 

192 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘हर्मुज जलमार्ग बन्द, अमेरिकासँग ‘वारपार’ को स्थिति

२०८३ असार २८ गते, आईतवार

‘हर्मुज जलमार्ग बन्द, अमेरिकासँग ‘वारपार’ को स्थिति

२०८३ असार २८ गते, आईतवार

अरबौंको घाटामा गएको डिडिसी सुधारमा कृषि मन्त्री गिता चौधरी पनि उदासिन

२०८३ असार २७ गते, शनिबार

अन्तरआत्माको आवाज जहां नागरिक आफैंलाई जलाउन बाध्य हुन्छ 

२०८३ असार २७ गते, शनिबार

रुसमा दुई रोबोटले गरे विवाह, एआईको नयाँ प्रदर्शन

२०८३ असार २७ गते, शनिबार

काठमाडौंको बुद्धनगरमा फेरि अर्को आत्मदाहको प्रयास

२०८३ असार २७ गते, शनिबार

कीर्तिपुरमा रहेको होल्डिङ सेन्टरमा बाढी बस्दा सुकुम्बासीको उठीवास

२०८३ असार २७ गते, शनिबार

सुधन गुरुङलाई ज्ञानेन्द्र शाहीको कटाक्षः तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ?

२०८३ असार २६ गते, शुक्रबार

गणेशको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइने

२०८३ असार २६ गते, शुक्रबार

गणेश नेपालीको आत्मदाह प्रकरणः सक्दो प्रयास गर्‍यौँ, बचाउन सकेनौँः वीर अस्पताल

२०८३ असार २६ गते, शुक्रबार

‘गौँथली’को चर्चा चुलियो, युट्युबको ट्रेन्डिङ नम्बर १ मा

२०८३ असार २६ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal