एकै ठाउँमा भयो रोशनी र शरदको अ,न्त्यष्टी
जंगलमा गा,डेको अवस्थामा श,व फेला परेका दाङका रोशनी महतरा र शरद आचार्यका चिता एकै ठाउँमा अ,न्त्येष्टि गरिएको छ।
तुलसीपुर उपमहानगरपािलका वडा नं. १३ दमारगाउँको सामुदायिक जंगलबीच चिरोमा असोज ३० गते ह,त्या गरी गा,डेको अवस्थामा १५ वर्षीया रोशनी महतरा र १४ वर्षीय शरद अचार्यको श,व फेला परेको थियो।
उनीहरूको तुलसीपुर–१२ स्थित बबई नदी घा,टमा एकै साथ अन्त्ये ष्टि गरिएको हो। अलगअलग चितामा उनीहरूको अ,न्त्येष्टिगरिएको थियो।
अन्त्येष्टिमा लुम्बिनी प्रदेशका ग्रामिण, पर्यटन तथा सहरी विकास मन्त्री तथा दाङ निर्वाचन क्षेत्र नं. ३ (क) का प्रदेशसभा सदस्य पदका उम्मेदवार डिल्लीबहादुर चौधरी, क्षेत्र नं. ३ की प्रतिनिधिसभा सदस्यकी उम्मेदवार तथा एमाले नेतृ कोमल वली, एमाले नेता तथा ३(ख) मा उम्मेदवार हुकुमबहादुर बस्नेत, नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य भागवत विश्वासी, कांग्रेस महासमिति सदस्य बिमल रिजाललगायत उद्योगी व्यवसायी र ठूलो संख्यामा सर्वसाधारण पुगेका थिए।
विभिन्न राजनीतिक दलका उम्मेदवार, अधिकारकर्मी, सर्वसाधारण र पीडित परिवार जनले रोशनी र शरदको हत्यामा संलग्नहरूको पहिचान गरी तत्काल प,क्राउ गर्न तथा कानुनी दायरामा ल्याउन माग गर्दै आएका छन्। उनीहरूको चिता बल्दै गर्दा अधिकाँस मानिसका आँखा रसाएका देखिन्थे।
प्रहरीका अनुसार उनीहरूको मोबाइल फोन मंगलबार दिउँसो फेला परेको छ। घ,टनाको अनुसन्धान गर्न आइतबार नै कोहलपुरबाट तालिम प्राप्त कुकुर ल्याइएको थियो।
कुकुरकै सहयोगमा मोबाइल फेला परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले जानकारी दिए। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले रोशनीले लगाएको चप्पल पनि जंगलमा फेला परेको जानकारी दिए।
‘कुकुरको मद्दतले आज हामीले उनीहरूले प्रयोग गरेका मोबाइल, चप्पल लगायत केही कुराहरू फेला पारेका छौं,गौतमले भने ‘मोबाइल फोनबाट पनि घटना अनुसन्धानमा केही सजिलो हुने विश्वास छ।’
डिएसपी मल्लले दिनहुँ कुनै न कुनै समय प्रहरी घ,टनास्थल पुग्ने गरेको, स्थानीयसँग विभिन्न सूचना संकलन गर्ने गरेको हुँदा छिट्टै अपराधी नजिक पुग्ने आशा व्यक्त गरे।
प्रहरीले उनीहरूको फोन छुट्टाछुट्टै स्थानबाट फेला पारेको हो। घटनास्थल नियाल्दा पनि फोन थुतेर स्विचअफ गरी फालिएको प्रहरीको अनुमान छ।
श,व फेला परेकै दिन प्रहरीले हेटौंडाका टिपर चालकलाई नियन्त्रणमा लिएको थियो। उनले शरदका हजुरबुवालाई पटकपटक फोन गरेर नाति कहाँ छ भनेर सोधेको खुलेको थियो।
उनको बयानका आधारमा प्रहरीले सल्यानका अर्का एक युवकलाई प,क्राउ गरेको छ। प्रहरीका अनुसार उनीहरू दुबै जना मिल्ने साथीहरू हुन्।
‘टिपर चालक सल्यानका आफ्ना साथीको घरमा पटक-पटक जाने मात्रै होइन, माइलो छोरा समान भनेर उनका अभिभावकले समेत माया गर्ने गरेको खुलेको छ, एक प्रहरी अधिकारीले भने, उसैले नै सुरूमा घ,टनास्थलसम्म हामीलाई पुर्याएको हो।’
ती युवकले भने प्रहरी समक्ष नबोलेको प्रहरीले बताए।प्रहरी स्रोतका अनुसार शरदका बुवा म्यानपावर व्यवसायी हुन्। शरदकी आमा र उनको छोडपत्र भइसकेको हुँदा शरद आमासँगै दमारगाउँस्थित मामा घरमा बस्दै आएका थिए।
प्रहरीले यसअघि नै घ टनाको प्रकृति हेर्दा चिनजानकै व्यक्तिबाट हत्या भएको हुनसक्ने बताउँदै आएको छ। असोज २७ गते राति साढे १० बजेपछि रोशनी र शरद बे,पत्ता भएको अधिकारीले बताएका छन्।
२८ गते स्थानीय कौवापुरस्थित प्रहरी चौकीमा गएर शरदकी मावली हजुआमाले नाति बेपत्ता रहेको भन्दै खोजी गरिदिन निवेदन दिएकी थिइन्।
आशंका लागेर स्थानीय जंगलमा खोजी गर्ने क्रममा शरदका मावली हजुरबुवाले नै उनीहरूको श,व एकै ठाउँमा चिरोमा माटोले छोपेको अवस्थामा फेला पारेका थिए।
घ,टनास्थल रोशनीको घरदेखि करिब ८० मिटरको दुरीमा रहेको छ भने कौवापुर प्रहरी चौकीदेखि झन्डै पाँच सय मिटरको दुरीमा छ। तुलसीपुर बजारदेखि भने झन्डै १३ किलोमिटर दक्षिणमा छ।
ताजा
This is Test by Web house Nepal
२०८३ असार २३ गते, मंगलवार
This is Test by Web house Nepal
२०८३ असार २३ गते, मंगलवार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ
२०८३ असार १८ गते, बिहीबार
पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक
२०८३ असार १८ गते, बिहीबार
सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?
२०८३ असार १८ गते, बिहीबार
एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा
२०८३ असार १७ गते, बुधबार
आज रास्वपाको नयाँ कार्यसमितिको शपथ
२०८३ असार १७ गते, बुधबार
आज यी भूभागमा भारी वर्षाको सम्भावना
२०८३ असार १७ गते, बुधबार
तत्काल पार्टी एकताको सम्भावना छैनः ओली
२०८३ असार १६ गते, मंगलवार
अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी
२०८३ असार १६ गते, मंगलवार
विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
२०८३ असार १६ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





