शर्मिला रूदै भनिन् बालेनले मलाई रुवाएर गाडा लानुभयो, तर उहाँको सधैँ भलो होस् :

२०७९ आश्विन ३१ गते, सोमबार

यूएन पार्कको पुलबाट दक्षिण लागेपछि बागमती किनाराको सुकुम्वासी बस्तीमा पुराना खिया लागेको टिन र पम्पलेटले छाएको, बासले बारेको एउटा झुपडी छ ।

 

 

सोही झुपडीमा आफ्नो दुई वर्ष एक महिनाको नानी र श्रीमानसँग बस्दै आएकी छिन् शर्मिला तामाङ ।यी तिनै शर्मिला तामाङ हुन्, जसको एउटा भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

 

 

टेकुस्थित प्रसूति गृहको दुई नम्बर गेटको अगाडि ठेलामा पानीपुरी र चटपटे बेच्दै परिवारको गुजारा गरिरहेकी शर्मिलाको ठेला महानगरले उठाएपछि उनले बिलौना गरिरहेको भिडिओले महानगर र मेयर बालेन्द्र शाहको कार्यशैलीमाथि प्रश्न उठाइरहेको छ ।

 

 

गरिखाने भाँडोमा महानगरले कब्जा गरेपछि शर्मिलाले अहिले के गर्दै होलिन् ? भन्ने कौतुहलतालाई मेटाउन हामी उनको वासस्थानमा पुग्दा उनी आफ्नो २५ महिने नानीलाई काखमा च्यापेर मलिन अनुहारका साथ शर्मिलाले हामीलाई स्वागत गरिन् र आफ्नो विगत वर्तमान र भविष्यको फेहरिस्त सुनाउन राजी भइन् ।

 

 

झण्डै आधा घण्टासम्म उनी भक्कानिँदै सम्हालिँदै आफ्नो व्यथा सुनाइरहिन हामी सुनिरह्यौँ ।झण्डै २ वर्ष देखी सडकमा व्यापार गर्दै आएकी शर्मिलाका श्रीमान् दिलीप खड्का विगत तीन महिनादेखि बिरामी छन् । श्रीमान् बिरामी भएपछि घरको चुल्हो बाल्ने एक मात्रै सहारा थियो, महानगरले धुलीसाँध बनाएको उनको ठेला । शर्मिलाका अनुसार सो ठेला पनि उनले सहयोग स्वरूप प्राप्त गरेकी थिइन।

189 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

अरबौंको घाटामा गएको डिडिसी सुधारमा कृषि मन्त्री गिता चौधरी पनि उदासिन

२०८३ असार २७ गते, शनिबार

अरबौंको घाटामा गएको डिडिसी सुधारमा कृषि मन्त्री गिता चौधरी पनि उदासिन

२०८३ असार २७ गते, शनिबार

अन्तरआत्माको आवाज जहां नागरिक आफैंलाई जलाउन बाध्य हुन्छ 

२०८३ असार २७ गते, शनिबार

रुसमा दुई रोबोटले गरे विवाह, एआईको नयाँ प्रदर्शन

२०८३ असार २७ गते, शनिबार

काठमाडौंको बुद्धनगरमा फेरि अर्को आत्मदाहको प्रयास

२०८३ असार २७ गते, शनिबार

कीर्तिपुरमा रहेको होल्डिङ सेन्टरमा बाढी बस्दा सुकुम्बासीको उठीवास

२०८३ असार २७ गते, शनिबार

सुधन गुरुङलाई ज्ञानेन्द्र शाहीको कटाक्षः तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ?

२०८३ असार २६ गते, शुक्रबार

गणेशको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइने

२०८३ असार २६ गते, शुक्रबार

गणेश नेपालीको आत्मदाह प्रकरणः सक्दो प्रयास गर्‍यौँ, बचाउन सकेनौँः वीर अस्पताल

२०८३ असार २६ गते, शुक्रबार

‘गौँथली’को चर्चा चुलियो, युट्युबको ट्रेन्डिङ नम्बर १ मा

२०८३ असार २६ गते, शुक्रबार

कवि गाउँलेको आँशु कल्यिै रित्तिदैन सार्वजनिक

२०८३ असार २६ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal