लगातारको झरीले धानबालीमा क्ष,ति, किसान चिन्तित

२०७९ आश्विन २५ गते, मंगलवार

अघिल्लो हप्ता परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोकका किसानको धानबालीमा क्षति पुगेको छ । दसैँको अघिल्लो दिनदेखि नै देशभर परेको पानीका कारण धानबालीमा क्षति पुगेको हो।

लगातारको वर्षाका कारण पाक्ने बेलाको धानबालीमा क्षति भएपछि किसान चिन्तित भएका छन्।

हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिकाको कतिपय ठाउँमा धान काट्ने बेला भइसकेको छ।

किसानले दसैँ लगत्तै धान काट्ने योजना बनाए पनि काट्न नपाउँदै ढलेपछि चिन्तित बनेका हुन्। धेरै धान फल्ने फाँटमा लगाएको धान वर्षाले ढलाइदिएको मेलम्ची नगरपालिका–५ भरतमणि सिग्देलले बताए।

दसैँ मनाएलगत्तै धान काट्न हुने भइसकेको थियो, तर अहिले पाकेको धान काट्न नपाउँदै लगातारको पानीले पाकेको धान सखाप पारेको छ, अब कसरी धानलाई भित्र्याउने भन्ने चिन्ता सबैमा छ” मेलम्ची– ५ का राजेन्द्र ढकालले भने।

वर्षाले खेतमा लगाएको धानसँगै बारीमा लगाएको कोदो बालीमासमेत क्षति पुर्‍याइएको छ। जिल्लाका अधिकांश किसानले लगाएको धान तथा कोदो बालीमा वर्षाले क्षति पुर्‍याएपछि किसानलाई चिन्ता थपिएको छ।

लगातारको वर्षाले जिल्लाको अधिकांश क्षेत्रमा धानबालीमा क्षति पुर्‍याएको छ। अझै पनि पानी पर्ने सङ्केत देखिएकाले धान काट्न डराउनुपर्ने अवस्था रहेको मेलम्ची–९ का किसान कृष्णबहादुर खड्काले बताए।

मौसम खुल्नेबित्तिकै धान काट्ने चटारो रहेको उनले बताए। जिल्लामा विशेषगरी बास्मती, खुमल ४, मन्सुली र हाइब्रिट प्रजातिको धान लगाउने गरिन्छ।

54 Views

ताजा

मंसिर २३ र २८ गते पाठक र खतिवडाको विहे

२०८० मंसिर १५ गते, शुक्रबार

मंसिर २३ र २८ गते पाठक र खतिवडाको विहे

२०८० मंसिर १५ गते, शुक्रबार

राजावादी दुर्गा मच्चिए–मच्चिए अनि थच्चिए

२०८० मंसिर १५ गते, शुक्रबार

अर्थमन्त्रीलाई ४० करोडको आरोप

२०८० मंसिर १५ गते, शुक्रबार

१० अर्व झ्वाम पार्नेलाई अख्तियारको सुनपानी

२०८० मंसिर १५ गते, शुक्रबार

सूईहरुको उदासिनताले सडक चौपट

२०८० मंसिर १५ गते, शुक्रबार

काँग्रेसमा गगन–विश्व र प्रदीपको नयाँ धार

२०८० मंसिर १५ गते, शुक्रबार

गाजामा भोकमरीको सङ्कट

२०८० मंसिर १४ गते, बिहीबार

जाजरकोट भूकम्पको कहरः पालमुनि बस्दै आएकी ३ वर्षीया बालिकाको मृत्यु

२०८० मंसिर १४ गते, बिहीबार

एनसेलबाट बाहिरिने आजियाटा समूहको निर्णय

२०८० मंसिर १४ गते, बिहीबार

नारायणगढ–मुग्लिन खण्डका दुई पुल सञ्चालनमा

२०८० मंसिर १४ गते, बिहीबार

लोकप्रिय

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

२०७९ चैत्र २४ गते, शुक्रबार

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ

२०७९ माघ ९ गते, सोमबार

विदेशमा रहेका नेपालीलाई रविको जागिर अफर– ‘तपाईंलाई लिन म आफैं एयरपोर्ट आउँछु’

२०७९ पुष ८ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal