को हुन टिकट पाएपछि खुसी हुँदै भुइँ ढोग्ने नेता ?

२०७९ आश्विन २४ गते, सोमबार

नेपाली काङ्ग्रेसका एक नेता टिकट पाएपछि अत्याधिक खुसी भएका छन् । काभ्रेका कांग्रेस नेता शिव हुमागाइँले टिकट पाएपछि खुसी हुँदै भुँइलाई लम्पसार परेर ढोकेका हुुन् ।

 

आज उनले आफ्ना पार्टीका कार्यकर्ता र शुभचिन्तक माझ भुइँलाई ढोगेका छन् । काभ्रेमा कांग्रेसलाई मजबुत बनाउनका लागि निरन्तर लागिरहेका हुमागाइँले प्रतिनिधिसभा सदस्यका लागि टिकट पाएपछि कार्यकर्ताले बधाई दिएका छन् ।

 

हुमागाइँ २०५६ सालमा काभ्रेको कम्युनिस्टको ला’लकिल्ला तोड्दै काभ्रे क्षेत्र नम्बर–२ बाट निर्वाचित भएका थिए । उनी २०५२ साल फागुनमा पहिलो पटक काङ्ग्रेस जिल्ला सभापतिमा निर्वाचित भएका थिए ।

 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई झ्ट्का लागेको छ । उनलाई आगामी निर्वाचनका लागि टिकटबाट बञ्चित गरिएको हो ।

माओवादी नेता रहेका मुख्यमन्त्री भट्टले सुरुमा संघीय निर्वाचन क्षेत्रका लागि डोटीबाट प्रत्यक्षमा टिकट मागेका थिए, तर डोटीमा एकीकृत समाजवादी पार्टीबाट पूर्वमन्त्री प्रेम आलेले टिकट पाए ।

 

मुख्यमन्त्री भट्टले प्रदेशसभामा टिकट माग गरे पनि डोटी प्रदेशसभा ‘ख’मा मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिवसिंह ओलीले टिकट पाएका छन् ।

 

डोटी प्रदेश सभा ‘क’ नेपाली कांग्रेसले भागमा परेको छ । डोटीमा प्रतिनिधिसभा सदस्यको टिकट एकीकृत समाजवादीले पाएपछि डोटीमै रहेका नेपाली कांग्रेसका सुदूरपश्चिम सभापति वीरबहादुर बलायर कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ बाट चुनाव लड्दैछन् ।

 

195 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

कांग्रेसको महाधिवेशन आजदेखि

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal