गुल्मी–२ मा गाेकर्ण विष्ट र रामकुमारी झाँक्रीद्वारा उम्मेदवारी दर्ता
गुल्मी क्षेत्र नम्बर–२ मा नेकपा एमालेबाट गाेकर्ण विष्ट र नेकपा एकीकृत समाजवादी पार्टीबाट रामकुमारी झाँक्रीले उम्मेदवारी दर्ता गराउनुभएकाे छ ।
आज आइतवार दिउँसाे निर्वाचन अधिकृतकाे कार्यालयमा पुगेर विष्ट र झाँक्रीले उम्मेदवारी दर्ता गराउनुभएकाे हाे ।
२०५६ को चुनावदेखि गुल्मी-२ बाट एमालेको उम्मेदवार बन्दै आउनुभएका विष्टले २०६४ को संविधान सभा चुनावबाहेक तीन वटै चुनाव जित्नुभएकाे थियाे । झाँक्री भने पहिलो पटक चुनावी मैदानमा हुनुहुन्छ ।
तेस्तै – टोपलाल अर्याल
गुल्मी, असौज २३ । गुल्मीमा प्रतिनिधिसभा तथा प्रदेश सभाका उम्मेदवारले हर्सोल्लासपूर्ण वातावरणमा मनोनयन दर्ता गराएका छ्न्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गुल्मी क्षेत्र न १ मा एमालेका प्रदीप ज्ञवाली र कांग्रेसका डा. चन्द्र भण्डारीले उम्मेदवारी दर्ता गराएका हुन्।
सोही निर्वाचन क्षेत्रको प्रदेश (क) मा माओवादीका सुदर्शन बराल र एमालेका चिन्तामणि पाण्डेय (ख) मा कांग्रेसका धनेन्द्रबहादुर कार्की र फर्शुराम पाण्डेयले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए।
त्यस्तै, गुल्मी क्षेत्र न २ मा एमालेका गोकर्ण बिष्ट र एकीकृत समाजवादीका रामकुमारी झाँक्रीले उम्मेदवारी दर्ता गराएकी छिन्।
यस्तै, प्रदेश (क) मा एमालेका डिल्लीराज भुसाल र कांग्रेसका भुवनप्रसाद श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्। प्रदेश (ख) मा एमालेका दिनेश पन्थी र माओवादीका बुद्धि जिसीले उम्मेदवारी दिएका छन्।