लाल मोहम्मद ह,त्या प्रकरण : ३ जना सार्वजनिक, तीनै जना २१ वर्षमुनिका

२०७९ आश्विन १४ गते, शुक्रबार

काठमाण्डाैकाे गोठाटारमा गएकाे असोज ३ गते सर्लाहीका व्यापारी लाल माेहम्मद दर्जीको ह,त्यामा संलग्न तीन जनालाई सार्वजनिक गरिएको छ ।

आज शुक्रवार प्रहरी परिसर काठमाण्डाैले पत्रकार सम्मेलन गर्दै हत्यामा संलग्न भएका तीन जनालाई सार्वजनिक गरेको हो ।

काठमाण्डाैकाे गाेठाटारमा गएकाे असोज ३ गते गोली हानी ह,त्या गर्न सहयोग गरेको आ,रोपमा तीन जनालाई प,क्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

प,क्राउ गरेका तीनै जना २१ वर्षमुनिका रहेका जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरतबहादुर बोहराले बताउनुभयो ।

उहाँले गोली हानी ह,त्या गर्न सहयोग गर्ने तीन जनामध्ये एक जना महिला रहेको बताउनुभयो ।

प,क्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका १६ का २१ वर्षीया मोहम्मद महारम मियाँ, १९ वर्षका रेहान मियाँ र सुमी भनिने सुस्मिता स्याङ्तान रहेका एसएसपी बाेहराले बताउनुभयो ।

प,क्राउ पर्नेमध्ये महारम र रेहानले लाल माेहम्मदकाे हत्या गर्नका लागि वीरगञ्जबाट हतियार व्यवस्थापन गर्ने काम गरेको अनुसन्धानले देखाएको उहाँले जानकारी दिनुभयाे ।

एसएसपी बोहराले पक्राउ परेकामध्ये सुस्मिताले मोहम्मदको दैनिक गतिविधिको निगरानी गर्ने काममा भूमिका खेलेको पाइएको जानकारी दिनुभयो ।

उहाँले प,क्राउ परेका व्यक्तिहरूले दिएको बयानका आधारमा थप अनुसन्धान भइरहेको र घ,टनामा अन्य केही व्यक्ति पनि संलग्न रहेको खुलेको बताउनुभयो ।

एसएसपी बोहराले अहिलेसम्म घ,टनाको अन्तिम विन्दु कहाँसम्म पुग्छ भन्ने निष्कर्ष ननिस्किएको बताउनुभयो । घ,टनाकाे वास्तविकतासम्म पुग्न समय लाग्ने उहाँकाे भनाइ छ ।

 

174 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार

२०८३ भाद्र ९ गते, मंगलवार

पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार

२०८३ भाद्र ९ गते, मंगलवार

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

‘द राइज अफ साम्राज्य’मा अञ्जनाको प्रवेश

२०८३ भाद्र ८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

पीडामा पनि छोरीको मायाले बाँच्ने साहस : ‘नौ गेडी–२’ सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

लायन सानु सुर्खाली श्रेष्ठको माइत आइन बजारमा (भिडियोसहित)

२०८३ भाद्र ८ गते, सोमबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal