गायिका शान्तीश्री परियारको दसेैं गीत भाइरल ,आयो दशैं ‘ए परदेशी’.यतिबेला निकै चर्चामा छ ।
गायिका शान्तीश्री परियार र गायक ऋषि खड्काको स्वरमा रहेको “आयो दशैं ए परदेशी” बोलको दसैं गीत यतिबेला चर्चामा छ । गीत बजारमा आएको छोटो समयमा नै गीतलाइ युट्युवमा दशलाख भन्दा बढिपटक हेरिएको छ।
सुनिल लामिछानेको शब्द र ऋषि खड्काको लय सृजनामा तयार पारिएको उक्त गीतलाई बजार व्यवस्थापन ” गोरखा चौतारी म्युजिक”ले गरेको छ ।
परदेश र घरदेशको कथा समेटिएको उक्त गीतले नेपाली युवाको कथा बोकेको छ । गीतका हरेक शब्दले परदेशीको कथालाई समेटेको देखिन्छ । गीतको भिडियोमा एउटा युवा बिहे गरेको केही समयमै आफूले माया गरेको श्रीमती ,घरपरिवारलाई चटक्कै छोडेर मुटु गाँठो पारेर परदेश पस्न बाध्य हुनुको पीडालाई दर्शाइएको छ ।
भिडियोमा सुनिल लामिछाने र केकी अधिकारी मुख्य भूमिकामा देखिएका छन भने देवेन्द्र पाण्डेले निर्देशन, हरी हुमागाईंले छायांकन र प्रवीण भट्टले सम्पादन गरेका छन ।पुरा भिडियो हेर्नुहोस्।