एक व्यक्तिले गरेको आँखा दानबाट दुई जनाले दृष्टि पाए।

२०७९ आश्विन १२ गते, बुधबार

मेची आँखा अस्पतालले एक व्यक्तिले गरेको आँखा दानबाट दुई जनाको आँखाको नानी प्रत्यारोपण गरेको छ ।

पाँचथरको फिदिम नगरपालिका–१ का लेखक तथा साहित्यकार रामबहादुर गुरुङ (रामप्रकाश समथिङ)ले आँखा दान गरेका थिए ।

उनको गत भदौ ३० गते नि,धन भएपछि उनको आँखाको नानी संकलन गरिएको थियो ।

मेची आँखा अस्पतालका आँखा नानी संकलन केन्द्रका प्राविधिक पुष्प अधिकारीको टिमले मृ,तकको परिवारको स्वीकृति लिएर आँखाको नानी निकालेर मेची आँखा अस्पतालको नानी संकलन केन्द्रमा राखेको थियो ।

उक्त आँखाको नानी दुई भिन्न व्यक्तिलाई तीन दिनको अवधिमा प्रत्यारोपण गरिएको मेची आँखा अस्पतालले जनाएको छ ।

कसैको मृ,त्यु भएमा आँखाको नानी आठ घण्टाभित्र निकाली सक्नुपर्ने र १४ दिनभित्रमा अन्य व्यक्तिलाई प्रत्यारोपण गरिसक्नुपर्ने बताइएको छ ।

मेची आँखा अस्पतालकी डा. इसा बिष्टले संकलन गरेर ल्याइएको आँखाको नानी सफलतापूर्वक प्रत्यारोपण गरिएको जानकारी दिइन् ।

लामो समयदेखि आँखाको नानीमा फुलो परेर दुबै आँखाको दृष्टि गुमाएका दुई व्यक्तिले आँखा दान गरिएको आँखाको नानी प्रत्यारोपणपछि दुबै व्यक्तिले दृष्टि पाएका छन् ।

उनीहरुले आँखाको प्रत्यारोपणपछि खुशी व्यक्त गरेका छन् । यसैबीच मेची आँखा अस्पतालले मृ,त्युपछि जलेर खरानी भएर जाने आँखालाई दान गर्न आग्रह समेत गरेको छ ।

आँखा दान गरेमा दृष्टिविहीनले दृष्टि पाउने भएकाले सबैले आँखा दान गर्नुपर्ने मेची आँखा अस्पतालकी आउटरिच अफिसर कविता कार्कीले बताइन् ।

अस्पतालले गुरुङको परिवारलाई धन्यवाद दिदैं सबैले नेत्र दान गर्नुपर्नेमा जोड दिएको छ ।

156 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal