भाटभटेनीमा दशैंकाे यस्तो अफर: ग्राहकले ३० सेकेन्डमा छान्न सकेजति सामान सित्तैमा लैजान पाइने…

२०७९ आश्विन ११ गते, मंगलवार

भाटभटेनी सुपर मार्केटले दशैं तिहारलगायतका चाडपर्वलाई लक्षित गर्दै विभिन्न योजना सार्वजनिक गरेको छ ।

विभिन्न सामानको खरिदमा छुटको व्यवस्था गरेको भाटभटेनीले सामान खरिद गर्ने ग्राहकमध्ये प्रत्येक स्टोरबाट ३/३ जनालाई ३० सकेन्डमा छान्न सकेजति सामान पैसा नतिरि लैजाने योजना सार्वजनिक गरेको छ ।

चिनीको मूल्यमा सहुलियत दिइरहेको भाटभटेनीले आफ्ना २३ स्टोरबाट हरेक साता ३/३ जनाको दरले अनलिमिटेड सपिङ स्कीम पाउने जनाएको छ ।

भाटभटेनीले काठमाडौं उपत्यका बाहिरका भारतीय सीमा नजिकका ६ वटा स्टोरमा प्रतिकेजी ६९ रुपैयाँ र काठमाडौं उपत्यकासहित अन्य केही स्टोरमा प्रतिकेजी ८४ रुपैयाँको दरले चिनी बिक्री गरेको छ ।

भाटभटेनी सुपरमार्केका चिफ अपरेटिङ अफिसर (सीओओ) पानु पौडेलकाअनुसार विभिन्न अफरहरुका साथ सबै सामानमा १० प्रतिशत छुटकोसमेत व्यवस्था रहेको छ ।

उता प्रधानमन्त्री शेर बहादुर देउवाले महँगी नियन्त्रण र बजार अनुगमन बढाउने विषयमा उद्योगी व्यवसायी र सरोकारवाला निकायसँग छलफल गर्ने भएका छन् ।

देशको वर्तमान आर्थिक अवस्था र दशैं, तिहार र छठ पर्वलाई मध्यनजर राख्दै महँगी नियन्त्रणका लागि बजार अनुगमन कसरी गर्ने भन्ने विषयमा छलफल गर्ने उद्देश्यले प्रधानमन्त्री निवास बालुवाटारमा उच्च स्तरिय छलफल आयोजना गरिएको हो ।

प्रधानमन्त्री शेर बहादुर देउवाका प्रेस सल्लाहकार गोबिन्द परियारले आइतबार बिहान ९ बजे महँगी नियन्त्रण र बजार अनुगमनका विषयमा सरोकारवाला निकायका अधिकारीसँग छलफल हुने जनकारी दिए ।

187 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal