बाटाे फराकिलाे गर्ने नाममा घर भ,त्काउन हुँदैन । मन्त्री श्रेष्ठ

काठमाण्डाै =संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाण्डाै जस्तो सांस्कृतिक सहरमा विकासको नाममा संरचना भ त्काउने काम गर्न नहुने बताउनु भएको छ ।
आज आइतवार विश्वेश्वर महादेव मन्दिर पुन र्निर्माण कार्यको थालनी एवम् हनुमानढोका नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताउनु भएको हो । उहाँले काठमाण्डाै उपत्यका पर्यटकीय दृष्टिकोणले अत्यधिक महत्त्वपूर्ण रहेको भन्दै बाटो फराकिलो गर्ने नाममा घर भ त्काउन नहुने बताउनु भयो । उहाँले पहिलाका भौतिक संरचनाहरूको संरक्षण गर्नसके मात्रै सम्पदाको महत्त्व रहने भन्दै काठमाण्डाैलाई पर्यटकीय नगरी बनाउनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो । सहरका पहिलाका घरहरू जस्ता छन् त्यस्तै राख्नुपर्छ । साँघुरो बाटो छ भनेर फराकिलो गर्ने नाममा घर भ त्काउने यसलाई मास्ने काम गर्नु हुँदैन । हिजो जुन खालको यो सहरको बनावट छ। त्यसको अवस्था छ । त्यसको अवस्थालाई संरक्षण र कायम गर्नुपर्छ । त्यसरी नै हामीले यसलाई विश्वमा चिनाउन सक्छौँ ।
मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रलाई दिगो बनाउन मन्त्रालयले पर्यटन दशक घोषणा गरेको र अब क्रमश,देशको पर्यटनको काममा मन्त्रालय लागिपर्ने प्रतबवद्धता जनाउनुभयो । उहाँले पर्यटनबाट नै देशमा रोजगारी र आर्थिकोपार्जन हुने भन्दै पर्यटन क्षेत्रलाई थप व्यवस्थित गर्नुपर्नेमा जोड दिनु भयो ।
मन्त्री श्रेष्ठले अहिलेको समाजले आधुनिकताको नाम पुराना संस्कृतिलाई भुल्दै जान थालेको गुनासाे गर्नु भयाे । उहाँले मन्त्रालयले पुरानै शैलीमा संरचनाहरूको स्थापना गर्ने योजना बनाएको बताउनुभयो । उहाँले पर्यटकीय संरचना निर्माणसँगै काठमाण्डाै उपत्यकालाई नै कसरी पर्यटकीय क्षेत्र बनाउने भन्नेबारेमा पनि मन्त्रालयले योजना बद्धरूपमा काम गरिरहेको बताउनु भयो ।
हनुमान ढोकादेखि स्वयम्भूसम्म दुई दशमलव दुई किलोमिटरको सम्पदामार्ग निर्माण हुँदैछ । पर्यटकलाई शान्तिपूर्णरूपमा अवलोकन गराउने उद्देश्यले यो सम्पदा मार्ग निर्माण गर्न लागिएको पनि मन्त्री श्रेष्ठले बताउनुभयो । यो सम्पदा मार्गमा ट्रेल सञ्चालन हुने र सांस्कृतिक सम्पदा झल्काउने जन्मदेखि मृ त्यु सम्मका संस्कार हेर्न सकिने उहाँले उल्लेख गर्नु भयो । उहाँले पुराना सीप, शैली, पेसा, व्यवसायलाई पुनः स्थापित गरी कसरी रोजगारी सिर्जना गर्ने भन्नेबारेमा सोच्न जरुरी रहेको बताउनु भयो ।
काठमाण्डाैका पर्यटकीय स्थानको भ्रमणका लागि पर्यटकलाई घुमाउन ४०, जना जनशक्ति सञ्चालन गरेकाे मन्त्री श्रेष्ठकाे भनाइ छ । पर्यटकले शान्तिपूर्णरूपमा यात्रा गर्न नपाएको गुनासो गरिरहेको भन्दै उहाँले यो सम्पदा मार्गमा सम्भव भएसम्म मोटरसाइकल, अन्य गाडी चल्न नदिने गरी निर्माणको व्यवस्था गरेको बताउनु भयो ।
ताजा

एमालेको भोलिको युथ सेलिब्रेशनलक्षित प्रभु साहको टिप्पणीः ‘लाशमाथि हत्याराको उत्सव’
२०८२ बैशाख १० गते, बुधबार
एमालेको भोलिको युथ सेलिब्रेशनलक्षित प्रभु साहको टिप्पणीः ‘लाशमाथि हत्याराको उत्सव’
२०८२ बैशाख १० गते, बुधबार
वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलन जेठ १७ देखि १९ गतेसम्म हुने
२०८२ बैशाख १० गते, बुधबार
सरकारलाई एक दिन पनि सत्तामा रहने नैतिक अधिकार छैन
२०८२ बैशाख १० गते, बुधबार
“च्यारिटी रनवे २०२५ भोल्युम २” भव्य रूपमा सम्पन्नः अदृश्य प्रतिभाले पाए मञ्च
२०८२ बैशाख १० गते, बुधबार
सरकार नडराए हुन्छः राप्रपा अध्यक्ष लिङ्देन
२०८२ बैशाख ७ गते, आईतवार
राप्रपाले आज निषेधित क्षेत्र तोड्ने, अराजक गतिविधिमा सहभागी नहुन गृहको चेतावनी
२०८२ बैशाख ७ गते, आईतवार
सर्यो भोलिको शिक्षक आन्दोलन
२०८२ बैशाख ६ गते, शनिबार
सरकारको गलत क्रियाकलापका कारण प्रतिगामीहरु सल्बलाएः प्रचण्ड
२०८२ बैशाख ६ गते, शनिबार
जगमान गुरुङको दाबीः यही जेठ १५ गते गणतन्त्रको अन्त्य हुन्छ
२०८२ बैशाख ६ गते, शनिबार
प्रेम अस्वीकारको प्रतिशोध: गोली प्रहार गरी युवती गम्भीर घाइते
२०८२ बैशाख ६ गते, शनिबारलोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार