बाटाे फराकिलाे गर्ने नाममा घर भ,त्काउन हुँदैन । मन्त्री श्रेष्ठ

२०७९ आश्विन ९ गते, आईतवार

काठमाण्डाै =संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाण्डाै जस्तो सांस्कृतिक सहरमा विकासको नाममा संरचना भ त्काउने काम गर्न नहुने बताउनु भएको छ ।

 

आज आइतवार विश्वेश्वर महादेव मन्दिर पुन र्निर्माण कार्यको थालनी एवम् हनुमानढोका नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताउनु भएको हो । उहाँले काठमाण्डाै उपत्यका पर्यटकीय दृष्टिकोणले अत्यधिक महत्त्वपूर्ण रहेको भन्दै बाटो फराकिलो गर्ने नाममा घर भ त्काउन नहुने बताउनु भयो । उहाँले पहिलाका भौतिक संरचनाहरूको संरक्षण गर्नसके मात्रै सम्पदाको महत्त्व रहने भन्दै काठमाण्डाैलाई पर्यटकीय नगरी बनाउनुपर्ने बताउनु भयो ।

 

उहाँले भन्नुभयो । सहरका पहिलाका घरहरू जस्ता छन् त्यस्तै राख्नुपर्छ । साँघुरो बाटो छ भनेर फराकिलो गर्ने नाममा घर भ त्काउने यसलाई मास्ने काम गर्नु हुँदैन । हिजो जुन खालको यो सहरको बनावट छ। त्यसको अवस्था छ । त्यसको अवस्थालाई संरक्षण र कायम गर्नुपर्छ । त्यसरी नै हामीले यसलाई विश्वमा चिनाउन सक्छौँ ।

 

मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रलाई दिगो बनाउन मन्त्रालयले पर्यटन दशक घोषणा गरेको र अब क्रमश,देशको पर्यटनको काममा मन्त्रालय लागिपर्ने प्रतबवद्धता जनाउनुभयो । उहाँले पर्यटनबाट नै देशमा रोजगारी र आर्थिकोपार्जन हुने भन्दै पर्यटन क्षेत्रलाई थप व्यवस्थित गर्नुपर्नेमा जोड दिनु भयो ।

 

मन्त्री श्रेष्ठले अहिलेको समाजले आधुनिकताको नाम पुराना संस्कृतिलाई भुल्दै जान थालेको गुनासाे गर्नु भयाे । उहाँले मन्त्रालयले पुरानै शैलीमा संरचनाहरूको स्थापना गर्ने योजना बनाएको बताउनुभयो । उहाँले पर्यटकीय संरचना निर्माणसँगै काठमाण्डाै उपत्यकालाई नै कसरी पर्यटकीय क्षेत्र बनाउने भन्नेबारेमा पनि मन्त्रालयले योजना बद्धरूपमा काम गरिरहेको बताउनु भयो ।

 

हनुमान ढोकादेखि स्वयम्भूसम्म दुई दशमलव दुई किलोमिटरको सम्पदामार्ग निर्माण हुँदैछ । पर्यटकलाई शान्तिपूर्णरूपमा अवलोकन गराउने उद्देश्यले यो सम्पदा मार्ग निर्माण गर्न लागिएको पनि मन्त्री श्रेष्ठले बताउनुभयो । यो सम्पदा मार्गमा ट्रेल सञ्चालन हुने र सांस्कृतिक सम्पदा झल्काउने जन्मदेखि मृ त्यु सम्मका संस्कार हेर्न सकिने उहाँले उल्लेख गर्नु भयो । उहाँले पुराना सीप, शैली, पेसा, व्यवसायलाई पुनः स्थापित गरी कसरी रोजगारी सिर्जना गर्ने भन्नेबारेमा सोच्न जरुरी रहेको बताउनु भयो ।

 

काठमाण्डाैका पर्यटकीय स्थानको भ्रमणका लागि पर्यटकलाई घुमाउन ४०, जना जनशक्ति सञ्चालन गरेकाे मन्त्री श्रेष्ठकाे भनाइ छ । पर्यटकले शान्तिपूर्णरूपमा यात्रा गर्न नपाएको गुनासो गरिरहेको भन्दै उहाँले यो सम्पदा मार्गमा सम्भव भएसम्म मोटरसाइकल, अन्य गाडी चल्न नदिने गरी निर्माणको व्यवस्था गरेको बताउनु भयो ।

174 Views

ताजा

कांग्रेस सभापति गगन कुमार थापाले दिए पदबाट राजीनामा

२०८२ चैत्र ५ गते, बिहीबार

कांग्रेस सभापति गगन कुमार थापाले दिए पदबाट राजीनामा

२०८२ चैत्र ५ गते, बिहीबार

अहिले म यहाँ बोल्ने बेलासम्म मन्त्रिपरिषद्को कुनै टुंगो लागेको छैनः रवि लामिछाने

२०८२ चैत्र ४ गते, बुधबार

पाँच जिल्लामा दीक्षा फाउन्डेशनको सक्रियता: वार्षिक उत्सवमा समीक्षा र भावी योजना प्रस्तुत

२०८२ चैत्र ४ गते, बुधबार

सातौं सगरमाथा म्युजिक अवार्ड २०८२ को उत्कृष्ट पाँच सार्वजनिक

२०८२ चैत्र ४ गते, बुधबार

जथाभाबी अभिव्यक्ति दिने र अनुसन्धान नगरी बोल्ने काम नगर्नुः लामिछाने

२०८२ चैत्र ४ गते, बुधबार

शव बोकेर गएको एयर डाइनेस्टीको हेलिकप्टर खोटाङमा दुर्घटना, सबै यात्रु तथा पाइलट सकुशल

२०८२ चैत्र ४ गते, बुधबार

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” आयोजना

२०८२ चैत्र २ गते, सोमबार

यी हुन् २०२६ का ओस्कार विजेता

२०८२ चैत्र २ गते, सोमबार

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य

२०८२ चैत्र २ गते, सोमबार

टेक्नो स्पार्क गो ३ स्मार्टफोन सावर्जनिक, दैनिक प्रयोगका लागि टिकाउ हुने दाबी

२०८२ चैत्र १ गते, आईतवार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal