एमालेको सरकार आएपछि बालेनलाई थानकोट कटाउने हो ढुक्क भए हुन्छ: महेश बस्नेत

एमाले सांसद महेश बस्नेतले काठमाण्डौं महानगरका मेयर बालेन्द्र साहलाई समयमै तह नलगाउने हो भने नेपाली कांग्रेस र एमालेका नेताको घरमा आगो लगाउने बताएका छन् ।
भक्तपुरमा आयोजित एक कार्यक्रममा बस्नेतले बालेनको गतिविधि एमाले र कांग्रेस वि,रुद्ध केन्द्रित रहेको बताए ।
मानिसले जीवनभरको कमाइले बनाएको घरमा डोजर लगाउँदै हिंडेर बालेनले लाखौं मानिसलाई बिचल्ली पारेको टिप्पणी गरे । बस्नेतले पुराना मापदण्डका आधारमा बनेका सम्पदा बस्तीका घरमा भू,कम्पपछि बनेको नयाँ मापदण्डअनुसारको पार्किङ नराखेको बहानामा भ,त्काउन नपाइने तर्क गरे ।
भ,त्काउने हो भने पूर्वसूचना दिएर विकल्प वा क्षतिपूर्तिसहित मात्र भ,त्काउनुपर्ने उनले स्पष्ट गरे । ‘कसैलाई लहड चल्यो भन्दैमा डोजर चलाएर ड्याङकीड्याङ घर भ,त्काउन पाइँदैन ।
त्यहाँ लाखौं मान्छेको रोजगारी जोडिएको छ । लाखौं मान्छेहरुको जीवन जोडिएको छ, बस्नेतले भने । सपनामा घर भ,त्किएको देख्दासमेत अनिष्ट हुन्छ भन्ने मान्यता रहेको नेपाली समाजमा हिरो कन्नका लागि बिपनामै घर भ,त्काइनु निन्दनीय भएको बताए ।
उनले कतिपय एमाले कार्यकर्ताले आफूले बालेनको अराजकताको वि,रुद्ध मुख खोल्दा त्यसो नगरेको भए हुन्थ्यो भन्ने सुझाव आएको बताए । अहिले आफूले बोलेका कुरा मन नपराउनेले कुनै बेला आफ्नो घरमा डोजर चलेपछि कुरा बुझ्ने बस्नेतले बताए ।
‘सोसल मिडिया र मिडिया हेरेर हाम्रा केही साथीहरु बहकिएको देख्छु । दाई यो विषयमा त नबाेलेको भए भए हुन्थ्यो नि । जब तपाईंको घर भ,त्किन्छ त्यतिखेर तपाईंले दाईलाई खोज्नुहुन्छ । अहिले दाईले बोलेको कुरा तपाईंलाई मन नपरेको होला । तपाईंको घर भ,त्किन्छ यदि यही पाराले जाने हो भने ।’
जीवन भरको कमाई लगाएर बनाएको घर भ,त्किएको कसैले पनि हेर्न नचाहने उनको भनाइ छ । यस्ता तत्वलाई समयमै तह लगाउनुपर्ने भन्दै बस्नेतले बालेनजस्तालाई बेलैमा तह लगाउन नसके कुनै दिन काँग्रेस र एमालेको घरमा आगो लगाउने दाबी गरे ।
‘भोलि ह्वारह्वार्ती आगो बल्छ । यीनीहरु कांग्रेसका नेताको घर ज,लाउन जानेछन् । एमालेका नेताको घर ज,लाउन जानेछन्’ उनले भने ।
बस्नेतले कमजोर साइबर कानूनको फाइदा उठाएर बालेन समूहले सामाजिक सञ्जालमा नेताहरुलाई कुकुरको माला लगाइदिएको पोष्टहरु राखेको उल्लेख गरे । एमालेको सरकार बनेपछि त्यस्ता कुराको एकएक हिसाब गरेर साइबर लमार्फत जेल पठाउने चे,तावनी उनले दिए ।
यीनीहरुले अनेक खालका विकृति फैलाएका छन् । विशेष गरी काँग्रेस र एमालेका नेताहरुमाथि यीनीहरु केन्द्ति छन् । यो सबै टुलुटुलु हेरेर बसेर कोही कांग्रेस र एमाले बन्छ भने त्यो काँग्रेस र एमाले हुँदैन’ उनले भने, राजनीतिक व्यवस्थामा मेरो पार्टी ठीक हो । तिम्रो पार्टी बेठीक हो भन्ने हिम्मत हामीसँग हुनुपर्छ ।’
काठमाण्डू महानगरले एमाले कार्यकर्ता विराज शर्माद्वारा नयाँबानेश्वरस्थित अल्फाबिटाको अवैध संरचनामा डोजर चलाएपछि बस्नेतले मेयर बालेन वि,रुद्ध सामाजिक सञ्जालमा धम्कीपूर्ण पोष्ट गर्दै आएका छन् ।
ताजा

भिजिट भिसा प्रकरणमा गहिरो र निष्पक्ष छानबिन आवश्यकः प्रचण्ड
२०८२ असार ३० गते, सोमबार
भिजिट भिसा प्रकरणमा गहिरो र निष्पक्ष छानबिन आवश्यकः प्रचण्ड
२०८२ असार ३० गते, सोमबार
दमकमा रास्वपाको कार्यक्रममा प्रहरी हस्तक्षेप
२०८२ असार ३० गते, सोमबार
विद्यार्थीहरूको सहभागितामा एकदिवसीय चलचित्र कार्यशाला २०८२ सम्पन्न
२०८२ असार ३० गते, सोमबार
भानु जयन्तीको अवसर एक लाख एक रुपैया राशीको शान्ति साहित्यक पुरस्कार घोषणा
२०८२ असार ३० गते, सोमबार
गायिका एलिना चौहानले पोखिन तीज गीतमा आफ्नो पिडा
२०८२ असार २७ गते, शुक्रबार
टंक बुढाथोकीको चलचित्र ‘मन बिनाको धन’ कात्तिक २१ मा रिलिज हुने
२०८२ असार २७ गते, शुक्रबार
सुदूरपश्चिमको मौलिक लय र सांस्कृतिक जीवनशैली झल्काउने देउडा गीत‘लाली पाउडर लाया जसी’ सार्वजनिक
२०८२ असार २७ गते, शुक्रबार
‘यो मन त मेरो नेपाली हो’को ग्राण्ड प्रिमियर सम्पन्न
२०८२ असार २७ गते, शुक्रबार
आफ्ना नेताहरूमाथिको कारबाही विधिसम्मत नभएको शेखर पक्षको निष्कर्ष
२०८२ असार २६ गते, बिहीबार
रवि लामिछानेमाथि राजनीतिक प्रतिसोध साँधिएको भन्दै मनिषा कोइराला हस्ताक्षर अभियानमा सहभागी हुँदै
२०८२ असार २६ गते, बिहीबारलोकप्रिय

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार