यी साहसी किशोरी, जो बुवालाई बचाउन घरको दुई तल्ला माथिबाट हाम्फालिन्..

२०७९ आश्विन ६ गते, बिहीबार

काठमाडौं । गोठाटारमा बस्ने गार्मेन्ट व्यवसायी लाल मोहम्मदमाथि गोली हानिएको भिडिओ फुटेज सामाजिक सञ्जालमा धेरैले हेरे । सीसीटीभीमा कैद भएको उक्त भीडीओ फुटेजमा गोली चल्दाचल्दै एक व्यक्ति घरको माथिल्लो तल्लाबाट जमिनमा हाम्फालेको देखिन्छ ।

 

यसरी हाम्फाल्ने व्यक्ति अरु कोही नभएर मोहम्मदकी छोरी हुन् जो उमेरले कलिलै छिन् । बुवामाथि गोली प्रहार भएको थाहा पाउनासाथ उनी आफ्नो ज्यानको परवाहै नगरी घरको दुई तल्लामाथिबाट हाम्फालेकी थिइन् । भीडीओमा कैद भएको दृष्यमा स्पष्ट देखिएको छैन । तर, घ,टनाका प्रत्यक्षदर्शीका अनुसार ती किशोरी घरको दोस्रो तल्लामा थिइन् । तल गोली चल्नासाथ उनी पहिलो तल्लामा रहेको टिनको छानोमा हाम्फालिन् । त्यसपछि फेरि भुईंमा खसिन् ।

 

 

भुईंमा बजारिएपछि तत्काल उठेर उनले गोली चलाइरहेका आक्रमणकारीलाई झम्टिएकी थिइन् । उनले लखेटेपछि आक्रमणकारी भागेको भीडीओमा देखिन्छ । भीडीओ हेरेका सबैले उनको बहादुरीको तारिफ गरिरहेका छन् । तर, आफ्नै ज्यान जोखिममा हालेर पनि उनले बुबालार्ई बचाउन भने सकिनन् । गोली लागेर घा,इते भएका मोहम्मदको अस्पतालमा नि,धन भएको थियो ।

 

 

आज नेपाल प्रेस प्रतिनिधि घ,टनास्थलमा पुग्दा ती किशोरी घरको छतमा रेलिङ समातेर उदास मुद्रामा टोलाइरहेकी थिइन् । सँगै थिए परिवारका अन्य सदस्यहरु । उनीहरु सबै मोहम्मदको शवको प्रतिक्षामा बसिरहेका रहेछन् ।

 

 

केहीबेरपछि शव घरमा नआउने खबर आयो र उनीहरु सबै तल ओर्लिए । किशोरी खुट्टा खोच्याइरहेकी थिइन् । हिजो हाम्फाल्दा उनको एउटा खुट्टा फ्याक्चर भएको रहेछ । दाइले उनलाई पाखुरामा समातेर हिँडाइरहेका थिए । उनी मिडियासँग कुरा गर्न सक्ने अवस्थामा थिइनन् ।

 

 

छरछिमेकीहरुलाई पनि यी किशोरीको बारेमा धेरै जानकारी छैन । उनी बाहिर कमै निस्कने गरेको एक छिमेकीले बताए । उनका अनुसार किशोरीको उमेर त्यस्तै १६-१७ वर्षको हुनुपर्छ । उनी मोहम्मदकी दोस्रो श्रीमतीतर्फकी जेठी छोरी हुन् ।

 

 

मोहम्मदका दुई श्रीमतीका ६ सन्तान छन् । पहिलो श्रीमतीबाट एक छोरा र एक छोरी । दोस्रोबाट दुई छोरा र दुई छोरी । उनीहरु सबै गोठाटारमा भाडाको घरमा एकसाथ बस्दै आएका छन् ।

201 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

यस्ता छन् मन्त्रिपरिषद्को आकस्मिक बैठकले गरेको १० निर्णय

२०८३ भाद्र १० गते, बुधबार

यस्ता छन् मन्त्रिपरिषद्को आकस्मिक बैठकले गरेको १० निर्णय

२०८३ भाद्र १० गते, बुधबार

मनकामना केबलकार बन्द

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान

२०८३ भाद्र १० गते, बुधबार

भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा बाढीः २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो

२०८३ भाद्र १० गते, बुधबार

विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिएको भन्दै प्रहरी र हेलो सरकारमा उजुरी

२०८३ भाद्र १० गते, बुधबार

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

२०८३ भाद्र १० गते, बुधबार

आज प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

२०८३ भाद्र १० गते, बुधबार

पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार

२०८३ भाद्र ९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal