विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिएको भन्दै प्रहरी र हेलो सरकारमा उजुरी
चितवन । चितवनस्थित कृष्णपुरका विनोद ढकाललाई कक्षा ९ मा अध्ययनरत आफ्नो छोराले कपाल काटेर छोटो बनाओस् जस्तो लाग्छ । उनले भने, विद्यालयबाट बाबुलाई कपाल कटाउन लगाउनुपर्यो भनेर टेलिफोन कल पनि आएको छ । बाबुलाई कपाल छोटो बनाउन भन्दा मान्दैन । जबरजस्त गर्नुभएन ।
भरतपुर–१० का बुद्धिकान्त न्यौपानेको गुनासो पनि उस्तै खालको छ । उनी कक्षा १२ मा अध्ययनरत छोरालाई कपाल काट्न भन्न छाडेको बताउँछन् । उनले भने, ुठूलो छोरालाई कपाल काट्न भन्न छाडेँ, कक्षा ७ मा पढ्ने कान्छो छोराले पनि टेर्न छाड्यो ।ु
यी प्रतिनिधिपात्र मात्रै हुन्, पछिल्लो समय अधिकांश अभिभावकको गुनासो ‘छोराहरूले कपाल छोटो बनाउनै मान्दैनन्’ भन्ने नै हुने गरेको छ । विद्यालय र उच्च शिक्षा तह अध्ययनरत गरेका विद्यार्थीहरू लामो कपाल पाल्न सौखिन हुन थालेका छन् । कतिपयले त लामो कपाल मिलाउन ९कोर्न०समेत इन्कार गर्ने गर्दछन् । जस्तो छ उस्तै छाड्ने उनीहरूको बानी हुने गरेको छ ।
विद्यालयहरूले कपाल काट्न दबाब दिन नहुने भएपछि यस्ता विद्यालयले अभिभावकको सहारा लिन थालेका छन् । विद्यार्थीले कपाल काट्न दबाब दिएको जनाउँदै हेलो सरकार र प्रहरीमा समेत उजुरी दिने गरेको पाइएको छ । भरतपुर महानगरपालिका, शिक्षा महाशाखाका प्रमुख सुवास आचार्य विद्यार्थीहरूले विद्यालयले दबाबमा कपाल काट्न लगायो भनेर हेलो सरकारमा उजुरी दिने गरेको जानकारी आफूकहाँ आएको दिए ।
उनका अनुसार विशेष गरेर हजुरबुबा आमासँग बस्ने, होस्टल ९आवास०मा बस्ने र अभिभावकभन्दा टाढा रहेका विद्यार्थीले कपाल छोटो बनाउन नमान्ने गरेका छन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन ९प्याब्सन० चितवनका अध्यक्ष मदन पुरी विद्यार्थीलाई कपाल काट्न भन्न छाडेको बताउँछन् । निजी विद्यालयविरुद्ध हेलो सरकारमा उजुरी परेको जनाउँदै उनले देशभरका ३५ भन्दा बढी विद्यालयविरुद्ध विद्यालयले जबर्जस्ती कपाल काट्न लगाउने गरेको उजुरी परेको जानकारी पाएको बताए ।
उनले भने, अहिले कपाल काट्ने विषयमा केही गर्न सक्ने अवस्था नै छैन । कक्षा ९ देखि १२ सम्म पढ्ने विद्यार्थीमा यस्तो अवस्था छ ।ु
सरकारले स्वीकृत गरेको शिक्षा नियमावली ९१०औँ संशोधन०मा जबर्जस्ती विद्यार्थीको कपाल काट्न नपाउने व्यवस्था राखिएको छ । विद्यालयहरूले विद्यार्थीको इच्छाविपरीत कपाल काट्ने र काट्न लगाउने गरेको गुनासो आएपछि सरकारले ऐनमा नै यो व्यवस्था गरेको हो ।
नियमावलीको नियम २५ मा कुनै पनि अवस्थामा विद्यार्थीको शारीरिक, मनोवैज्ञानिक तथा मनोसामाजिक अवस्थामाथि नकारात्मक असर पर्ने गतिविधि विद्यालय परिसर वा कक्षा कोठाभित्र सञ्चालन गर्न गराउन नदिने भनिएको छ । विद्यार्थीको शारीरिक स्वरूप, पहिरन, शृङ्गार वा साजसज्जाका आधारमा होच्याउने लाञ्छित गर्ने वा चरित्रमाथि प्रश्न उठाउन नपाइने नियमावलीमा उल्लेख गरिएको छ ।
वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरका मनोविज्ञान विषयका उपप्राध्यापक डा। सुरेन्द्र घिमिरे पहिले-पहिले विद्यार्थीहरू क्याम्पस पढ्ने समयमा मात्रै चलचित्र हेरेर विश्वका गतिविधि थाहा पाउने र सोको सिको गर्ने भए पनि अहिले सानै उमेरदेखि विश्वका गतिविधि देख्न पाउँदा त्यसप्रति नक्कल गर्ने झुकाव बढेको बताउँछन् । उनले भने, ुनक्कल गर्ने मानिसको नैसर्गिक गुण हो । जे चिज ‘सेलिब्रेटी’ले गर्छन्, त्यसको नक्कल उनीहरूले गर्न चाहन्छन् ।
इन्टरनेट र सामाजिक सञ्जालको पहुँच सानै उमेरदेखि हुँदा अहिले किशोर अवस्थादेखि नै त्यसको सिको गर्न थालेको उनको बुझाइ छ । उनले भने, ुबच्चाले मोबाइलमा सेलिब्रेटी देखेको छ, पहिले ठूलो भएपछि देख्थ्यो, अहिले त्यो उमेर तल झरेको छ । कपाल पाल्ने, नराम्रो होइन ।ु यद्यपि कपाल पाल्दै गर्दा त्यसको स्याहारसुधारमा लाग्ने खर्च र समयका कारण पढाइमा पर्ने असर भने कायमै रहेको उनी बताउँछन् ।
घर, विद्यालय सबैतिरबाट किशोरावस्थामा कपाल नपाल्न आग्रह गरिए पनि नटेर्नुलाई भने आज्ञाकारिताविरुद्धको साङ्केतिक विरोधका रूपमा लिन सकिने उनी बताउँछन् । विशेषगरी विद्यालय तथा कलेज तहका किशोरहरू छोटो कपालको परम्परागत शैलीभन्दा फरक, आफूलाई आकर्षक र आधुनिक देखाउने शैलीतर्फ आकर्षित हुन थालेको देखिन्छ । सामाजिक सञ्जाल, चलचित्र, सङ्गीत तथा विदेशी फेसनको प्रभावले यो प्रवृत्तिलाई थप बढावा दिएको पाइन्छ ।
कपाल लामो हुँदा सफा गर्न गाह्रो हुने, दैनिक हेरचाहमा समय खर्च गर्नुपर्ने, खर्चिलो हुने र स्याहार सुधार गर्न नसकेमा जुम्रा, चाया परेर स्वास्थ्यमा असर पार्ने विज्ञहरू बताउँछन् । धेरै लामो वा बाक्लो कपालमा पसिना र फोहर जम्ने हुँदा विशेषगरी गर्मीमा समस्या हुने गर्दछ । रासस
ताजा
सुकुम्वासीको दिगो बसोबासको टुङ्गो लाग्न नसक्नु विडम्बनापूर्णः डा. भट्टराई
२०८३ मंसिर ११ गते, शुक्रबार
सुकुम्वासीको दिगो बसोबासको टुङ्गो लाग्न नसक्नु विडम्बनापूर्णः डा. भट्टराई
२०८३ मंसिर ११ गते, शुक्रबार
मंसिर १७ गते गृहमन्त्री सुधन गुरुङको बिहे
२०८३ मंसिर ११ गते, शुक्रबार
सिन्दुरे जात्रा ट्रेलर : मायामा कौडाको च्याँखे दाउ
२०८३ मंसिर ११ गते, शुक्रबार
बालेनको भारत भ्रमण : सम्बन्ध र समृद्धिको नयाँ सम्भावना
२०८३ मंसिर ११ गते, शुक्रबार
साउदी अरबको जजान तेल प्रशोधन केन्द्रमा आक्रमण, एक नेपालीको मृत्यु
२०८३ मंसिर ११ गते, शुक्रबार
विश्व कीर्तिमानी डा. उपाध्याय अमेरिका बुक अफ रेकर्ड्स’को ‘हल अफ फेम’मा
२०८३ मंसिर ११ गते, शुक्रबार
‘सारथी’ले पायो युनिभर्सल सर्टिफिकेट, सपरिवार सँगै बसेर हेर्न मिल्ने
२०८३ मंसिर १० गते, बिहीबार
दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’
२०८३ मंसिर १० गते, बिहीबार
‘सामूहिक गिरफ्तारी गर’ भन्दै पत्रकार सडकमा
२०८३ मंसिर १० गते, बिहीबार
तस्वीरमा नेपाली महिलाको इतिहास र संघर्ष
२०८३ मंसिर १० गते, बिहीबारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





