घर,कोठा छोडेर चाड,पर्वका लागि गाउँ जान लागेकोबारे सामाजिक सञ्जालमा नलेख्नु होस् ।:प्रहरी

२०७९ आश्विन ४ गते, मंगलवार

काठमाण्डौ = काठमाण्डौ उपत्यका प्रहरीले चाडपर्वलक्षित विशेष सुरक्षा यो जना तयार गरेको छ।

दशैँ, तिहार र छठलाई लक्षित गरेर तयार गरेको विशेष सुरक्षा यो जना आज देखि लागू भएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता दिनेशराज मैनालीले बताउनु भयो । उहाँका अनुसार हरेक नागरिकले आफ्नो घरभाडामा वा काममा बस्ने व्यक्तिको नामथर, स्थायी वतन र फोटोसहितको विवरण राख्नु पर्ने हुन्छ । यस्ता विवरण राख्न सबैलाई अनुरोध गरेको काठमाण्डौका प्रवक्ता मैनालीले बताउनु भयो।

 

प्रहरीले आफ्नो घर र टोलमा शङ्कास्पद व्यक्तिको गतिविधि देखिए तुरुन्त खबर गर्न पनि अनुरोध गरेको छ । घरकोगेट ढोकाको चुकल, कब्जा राम्रोसँग बन्द गर्न, लामो समयका लागि घर बाहिर जानुपरेमा विश्वासिलाे छिमेकी वा नजिकको प्रहरीलाई जानकारी गर्न । सकेसम्म नगद, बहुमूल्य सामान र गरगहनाहरु घरमा नराख्न र दशैँ तिहारका लागि गाउँ जान लागेको जानकारी सामाजिक सञ्जालमा पोस्ट नगर्न समेत प्रहरीले अनुरोधगरेको छ।

चाडपर्वमा पाकेटमार, चोरी, डकैती र लु टपाटका घटना धेरै हुने हुँदा बैंक वित्तीय संस्था भिड भाड हुने ठाउँ, मेला लाग्ने ठाउँ र मठमन्दिर लगायतका भित्री क्षेत्रमा प्रहरीको सङ्ख्या बढाउने र चेक प्वाइन्टमा गस्ती खटाउने तयारी गरेको प्रहरीले बताएको छ।”

 

185 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal