राता-रात काठमाण्डाै चेन्ज गर्नु पर्छ ।अब सुत्ने हाेइन ।उठ्ने बेला हाे । नगर प्रहरी प्रमुख पाण्डे

२०७९ आश्विन ३ गते, सोमबार

काठमाण्डाै महानगरपालिकाले टुकुचा उत्खनन अभियान जारी राखेको छ । आज साेमवार पनि महानगरको टोलीले हात्तीसार,कमलपोखरीको क्षेत्रमा उत्खनन प्रक्रिया जारी राखेको हो ।

 

टुकुचा क्षेत्र अतिक्रमित गरेको भन्दै महानगरपालिकाले सम्भावित क्षेत्र पहिचान गरेर उत्खन्न जारी राखेको छ । उत्खन्न स्थलमा सञ्चारकर्मी सँग कुरा गर्दै काठमाण्डाै महानगर नगरी प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेले महानगरको आदेशमा नै टुकुचा उत्खन्न गरेको बताउनु भयो । उहाँले महानगरपालिका विकासका लागि अघि बढिसकेको भन्दै अब काम गर्नका लागि पछि नहट्ने बताउनु भयो । उहाँले महानगर चिनियाँ शैलीमा विकास गर्नका लागि अघि बढेको र रातारात काठमाण्डाै परिवर्तन गर्ने योजनामा रहेको सुनाउनु भयाे ।

 

उहाँले भन्नु भयो । आदेश भएर नै हामी आएको हो । अब काम गर्न रोकिँदैन । अघि बढेपछि बढेको बढ्यै हो । चीनकाे महानगर देख्नु भएको छ । हामी चीनको महानगरको स्टाइलले अघि बढ्न चाहन्छौँ । त्यहाँ आज केही हुँदैन तर भोलि अर्कै संरचना बनिसकेको हुन्छ । रातारात काठमाण्डाै चेन्ज गर्नुपर्छ । अब सुत्ने होइन ।उठ्ने बेला हो ।

 

केही दिन अघि जय नेपाल सिनेमा हल परिसरमा महानगरले डोजर चलाएर भूमिगत अवस्थामा रहेको टुकुचा निकालेको थियो । हिजाे आइतवार टुकुचा खोला माथि बनेका भौतिक संरचना न भत्काउन उच्च अदालत पाटनले काठमाण्डाै महानगरलाई आदेश दिएको थियो । यद्यपि महानगरले भने टुकुचा खोला उत्खन्नको प्रक्रिया अघि बढाएको छ ।”

200 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal