अबको गन्तव्य देशको द्रुतविकास र आर्थिक रुपान्तरण – प्रधानमन्त्री देउवा

२०७९ आश्विन ३ गते, सोमबार

काठमाण्डाै : प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको अबको गन्तव्य देशको द्रुत विकास र आर्थिक रुपान्तरण रहेको बताउनु भएको छ ।

संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा भएको कार्यक्रममा उहाँले अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले सक्दो प्रयास गरिरहेको बताउनु भयो ।

आत्म सम्मान समृद्धि र एकता नै अबको एकमात्र सरकारको लक्ष्य रहेको उहाँको भनाइ छ । प्रधानमन्त्री देउवाले आउँदो मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेशसभा चुनावले देश लोकतान्त्रिक विधि र माध्यमले शान्तिपूर्ण रुपमा शक्तिको हस्तान्तरणलाई सुनिश्चित गर्ने र संविधानलाई चलायमान बनाउन सहयोग पुग्ने विश्वास समेत व्यक्त गर्नु भयो ।

उहाँले चुनावलाई निष्पक्ष स्वतन्त्र, भयरहीत वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, गृहमन्त्री बालकृष्ण खाण, अर्थमन्त्री जनार्दन शर्मालगायतको उपस्थिति रहेकोथियो ।

टुँडिखेलमा आयोजित समारोहमा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट पुष्प वृष्टि गर्नुका साथै शान्तिको प्रतीक परेवा उडाइएको थियो ।

205 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal