राष्ट्रिय आविष्कार केन्द्रलाई १ कराेड रुपैयाँकाे पुरस्कार

२०७९ भाद्र ३१ गते, शुक्रबार

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई एक करोड रुपैयाँ राशीको भवन कीर्ति रत्न पुरस्कार प्रदान गरिएको छ । 

मङ्गलवार गैरआवासीय नेपाली सङ्घ र बीबी फाउन्डेशनको संयुक्त पहलमा काठमाण्डाैमा एक कार्यक्रम आयोजना गरी पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई एक करोड रुपैयाँको भवन कीर्ति रत्न पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रममा पुरस्कार ग्रहण गर्दै राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पुनले आविष्कार केन्द्रलाई माथिल्लो स्तरमा पुर्‍याउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले एउटा मात्रै आविष्कार केन्द्र नभइ धेरैभन्दा धेरै आविष्कार केन्द्र खोल्नुपर्ने बताउनुभयो । आविष्कार केन्द्रहरू खोलेर देशको अर्थतन्त्र सुधार्न सके देशलाई कसैले पनि हेप्न नसक्ने उहाँको भनाइ थियो । 

देशमा नयाँ प्रविधिको विकास भएको खण्डमा नेपालीहरू रोजगारीका लागि बाध्य भएर विदेश जानुनपर्ने पुनले बताउनुभयो ।

उहाँले आविष्कार केन्द्रहरूलाई उच्च प्राथमिकता नदिने हो भने देशको उन्नति कहिल्यै नहुने दाबी गर्नुभयो । अध्यक्ष पुनले हाई–वे, विमानस्थल र विश्वविद्यालय मात्रै खोलेर देशको अर्थतन्त्र सुधार हुन नसक्ने बताउनुभयो । 

कार्यक्रममा ओसो तपोवन नेपालका संस्थापक स्वामी आनन्द अरुणले नेपाल प्रत्येक वर्ष गरिब बन्दै गएको बताउनुभयो ।

उहाँले दक्षिण एसियामा विकासको ठूलो नारा दिए पनि नेपाल सबैभन्दा गरिब देशमा स्थापित रहेको दाबी गर्नुभयो । उहाँले विकासप्रति चिन्तनशील हुन जरुरी रहेको बताउनुभयो ।

बीबी फाउन्डेसनका अध्यक्ष एवम् गैरआवसीय नेपाली सङ्घका पूर्वअध्यक्ष भवन भट्टले १० औँ सम्मेलनका अवसरमा भवन कीर्ति पुरस्कारको घोषणा गर्नुभएको हो । याे पुरस्कार हरेक दुई–दुई वर्षमा प्रदान गरिने बताइएको छ । 

183 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal