साउदी अरबको जजान तेल प्रशोधन केन्द्रमा आक्रमण, एक नेपालीको मृत्यु
काठमाडौं। साउदी अरबको जजान क्षेत्रमा रहेको तेल प्रशोधन केन्द्रमा भएको आक्रमणमा एक नेपाली श्रमिकको मृत्यु भएको छ भने केही अन्य घाइते भएका छन्। साउदी अरबको ऊर्जा मन्त्रालयका एक अधिकारीले प्रारम्भिक जानकारीका आधारमा नेपाली श्रमिकको मृत्यु भएको पुष्टि गरेका हुन्।
ती अधिकारीका अनुसार बिहीबार जजान तेल प्रशोधन केन्द्रमा आकाशबाट प्रहार गरिएको विस्फोटक वस्तु खसेको थियो। त्यसबाट आगलागी हुनुका साथै प्रशोधन केन्द्रका केही काम अस्थायी रूपमा रोकिएका थिए। आक्रमणपछि लागेको आगो नियन्त्रणमा लिइएको मन्त्रालयका अधिकारीले बताएका छन्। घाइतेहरूको उपचार भइरहेको पनि उनले जानकारी दिएका छन्।
घटनालगत्तै आपत्कालीन उद्धार टोली र प्राविधिक टोली परिचालन गरिएको थियो। उनीहरूले सम्बन्धित निकायसँग समन्वय गरी आक्रमणबाट भएको क्षतिको मूल्यांकन तथा प्रशोधन केन्द्रका संरचनाको सुरक्षाबारे जाँच गरिरहेका छन्। मन्त्रालयका अधिकारीले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
ताजा
बालेनको भारत भ्रमण : सम्बन्ध र समृद्धिको नयाँ सम्भावना
२०८३ मंसिर ११ गते, शुक्रबार
बालेनको भारत भ्रमण : सम्बन्ध र समृद्धिको नयाँ सम्भावना
२०८३ मंसिर ११ गते, शुक्रबार
साउदी अरबको जजान तेल प्रशोधन केन्द्रमा आक्रमण, एक नेपालीको मृत्यु
२०८३ मंसिर ११ गते, शुक्रबार
विश्व कीर्तिमानी डा. उपाध्याय अमेरिका बुक अफ रेकर्ड्स’को ‘हल अफ फेम’मा
२०८३ मंसिर ११ गते, शुक्रबार
‘सारथी’ले पायो युनिभर्सल सर्टिफिकेट, सपरिवार सँगै बसेर हेर्न मिल्ने
२०८३ मंसिर १० गते, बिहीबार
दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’
२०८३ मंसिर १० गते, बिहीबार
‘सामूहिक गिरफ्तारी गर’ भन्दै पत्रकार सडकमा
२०८३ मंसिर १० गते, बिहीबार
तस्वीरमा नेपाली महिलाको इतिहास र संघर्ष
२०८३ मंसिर १० गते, बिहीबार
दुई मन्त्रीको तस्वीर सेयर गर्दै बालेनले लेखे– देश उँभो लाउने टोली !
२०८३ मंसिर ८ गते, मंगलवार
आजदेखि दशौं राष्ट्रिय खेलकुदका खेलहरू सुरु
२०८३ मंसिर ८ गते, मंगलवार
भीरकोटमा ‘एक स्वास्थ्य’ अवधारणा व्यवहारमा उतार्ने प्रतिबद्धता, ५ बुँदे सामूहिक प्रतिज्ञा
२०८३ मंसिर ८ गते, मंगलवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





