आँखा नदेख्ने जोडीलाई ५ सन्तान सहित आमाबा र दाजुभाइले घरबाटै निकालिदिए

२०७९ भाद्र ३१ गते, शुक्रबार

संसारको रितै यस्तै छ समाजको संस्कारै यस्तै छ । सम्बन्धहरु प्रायजसो स्तर हेरेर गाँस्ने वा गाँसिदिने गरिन्छ । गरिबसँग गरिब धनीसँग धनी, अपांगसँग अपांग यस्तै यस्तै । जीवनसाथी जिन्दगीको लागि एकै रथका दुइ पांग्रा पनि भनिन्छ तर त्यही जिन्दगीका दुबै पांग्रा कमजोर भयो भने त्यो जिन्दगी गुडाउन कति अप्ठारो होला ?
आज हामी रुपन्देही सैनामैनाका यी सानु थारु र करिस्मा थारुको यस्तै दुखादायी जीवन भोगाइको कथा तपाईंहरु सामु प्रस्तुत गर्दैछौं ।

सानु थारु र करिस्मा दुवै आँखा देख्दैनन् तर यी दुवै जन्मजात दृष्टीबिहिन भने हैनन् । पछि दुर्घटनामा परेर यस्तो भएका रहेछन् । करिस्मा ५ वर्षको उमेरमा घरको छत बाट खसेर आफ्नो दृष्टी गुमाएकी रहेछिन भने सानु त २२ वर्षसम्म राम्रो यो संसार देखेका रहेछन् । तर आँखामा लागेको चोटको सही उपचार नपाएको कारण दुवै आँखाको ज्योति गुमाएका रहेछन् ।

अहिले सानुको परिवारमा ७ जना रहेछन् ५ सन्तान छन् आम्दानी गर्ने कुनै खास बाटो छैन । परिवार चलाउन कति गाह्रो छ कुरा गरि साध्य छैन ।


हुन त सानुका सबै आफन्त रैछन् आमा बाबा दाजु भाइ सबै तर जव सानुले आँखा देख्न छोडे त्यस पछि उनलाई घरबाट केही पनि नदिएर निकालिएको सानुले गुनासो गरे ।

हुनत सानुको करिस्मासँग दोस्रो बिबाह रैछ । उनकी पहिलेकी श्रीमती ठीक थिइन रे उनी हुँदा सजिलो पनि थियो रे तर दुखी सानु माथि दैव लाग्यो ती नै श्रीमती पनि बितेपछि धेरै दुख पाएका रहेछन् । ५ सन्तान मध्य ४ छोरी उनी पहिली श्रीमतीबाट भएका रहेछन् ।

248 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal