बालेन वि,रुद्ध एमाले कार्यकर्ता सडकमा,

२०७९ भाद्र ३१ गते, शुक्रबार

अवैध संरचना भत्काउने काठमाडौँ महानगरको अभियानसँग महेश बस्नेतलगायत नेताहरु असन्तुष्ट भइरहेका बेला एमालेसम्बद्ध मजदुर संगठन जिफन्टको अगुवाइमा ठेला व्यवसायीहरु सडकमा ओर्लिएका छन् ।

काठमाडौँ महानगर वि,रुद्ध जिफन्टअन्तर्गत नेपाल स्वःरोजगार श्रमिक व्यापार संघको नेतृत्वमा व्यापारीहरू आज आन्दोलनमा उत्रिएका हुन् ।

मेयर बालेन साहले महानगरभित्र फुटपाथमा व्यापार गर्न रोक लगाएपछि त्यसको वि,रोधमा उत्रिएका व्यापारीहरूले नाराजुलुससहित काठमाडौं महानगरपालिका कार्यालयअगाडि विरोध प्रदर्शन गरेका छन् । आज बिहान सवा ११ बजे सुन्धाराबाट निस्केको जुलुस शहीद गेट हुँदै महानगरअगाडि पुगी कोणसभा गरिएको छ ।

जिफन्ट अध्यक्ष माया गुरुङको नेतृत्वमा सडकमा आएका प्रदर्शनकारी ब्यापारीहरुले फुटपाथ र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै महानगरविरुद्ध चर्को नाराबाजी गरेका थिए । उनीहरुले ‘हामीलाई गरिखान देऊ’ स्वरोजगार श्रमको सम्मान गर, कि विकल्प देउ कि रोजगार देउ, हामीलाई बाच्न देउ’ लगायत नारा लगाए ।

यता, आन्दोलनलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी हुन थालेका छन् । फुटपाथमा व्यापारीसँग हप्ता उठाउन नपाएर दलका नेताले आन्दोलन गराएको आ,रोप सञ्जाल प्रयोगकर्ताहरुको छ ।

पार्टीका गुण्डा नाइकेहरुको निर्देशनमा सडकमा आएको भन्दै एक जना सञ्जाल प्रयोगकर्ता लेख्छन्, फुटपाथमा व्यापार गर्न नपाएको झोकमा आन्दोलन ! हप्ता उठाएर खान पल्केका हरेक पार्टीका गुण्डा नाइकेहरुको निर्देशनमा कपुतहरु सडकमा । अनि कहिले बन्छ सुन्दर र सभ्य शहर ।’

यसअघि बानेश्वरको अल्फाबिटा हाउसको अवैध संरचना हटाउन पुगेका मेयर बालेन र त्यहाँका सञ्चालकबीचको भनाभनको घ,टनामा पनि केही राजनीतिक दलका नेता महानगर वि,रुद्ध उत्रिएका थिए ।

ठूला व्यापारीसँग गुप्त आर्थिक सम्बन्ध भएकै कारण ति नेता अल्फाबिटाको पक्षमा ज्यान फालेर लागेको कतिपयले त्यतिबेला पनि टिप्पणी गरेका थिए ।

206 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal