बालेन वि,रुद्ध एमाले कार्यकर्ता सडकमा,

२०७९ भाद्र ३१ गते, शुक्रबार

अवैध संरचना भत्काउने काठमाडौँ महानगरको अभियानसँग महेश बस्नेतलगायत नेताहरु असन्तुष्ट भइरहेका बेला एमालेसम्बद्ध मजदुर संगठन जिफन्टको अगुवाइमा ठेला व्यवसायीहरु सडकमा ओर्लिएका छन् ।

काठमाडौँ महानगर वि,रुद्ध जिफन्टअन्तर्गत नेपाल स्वःरोजगार श्रमिक व्यापार संघको नेतृत्वमा व्यापारीहरू आज आन्दोलनमा उत्रिएका हुन् ।

मेयर बालेन साहले महानगरभित्र फुटपाथमा व्यापार गर्न रोक लगाएपछि त्यसको वि,रोधमा उत्रिएका व्यापारीहरूले नाराजुलुससहित काठमाडौं महानगरपालिका कार्यालयअगाडि विरोध प्रदर्शन गरेका छन् । आज बिहान सवा ११ बजे सुन्धाराबाट निस्केको जुलुस शहीद गेट हुँदै महानगरअगाडि पुगी कोणसभा गरिएको छ ।

जिफन्ट अध्यक्ष माया गुरुङको नेतृत्वमा सडकमा आएका प्रदर्शनकारी ब्यापारीहरुले फुटपाथ र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै महानगरविरुद्ध चर्को नाराबाजी गरेका थिए । उनीहरुले ‘हामीलाई गरिखान देऊ’ स्वरोजगार श्रमको सम्मान गर, कि विकल्प देउ कि रोजगार देउ, हामीलाई बाच्न देउ’ लगायत नारा लगाए ।

यता, आन्दोलनलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी हुन थालेका छन् । फुटपाथमा व्यापारीसँग हप्ता उठाउन नपाएर दलका नेताले आन्दोलन गराएको आ,रोप सञ्जाल प्रयोगकर्ताहरुको छ ।

पार्टीका गुण्डा नाइकेहरुको निर्देशनमा सडकमा आएको भन्दै एक जना सञ्जाल प्रयोगकर्ता लेख्छन्, फुटपाथमा व्यापार गर्न नपाएको झोकमा आन्दोलन ! हप्ता उठाएर खान पल्केका हरेक पार्टीका गुण्डा नाइकेहरुको निर्देशनमा कपुतहरु सडकमा । अनि कहिले बन्छ सुन्दर र सभ्य शहर ।’

यसअघि बानेश्वरको अल्फाबिटा हाउसको अवैध संरचना हटाउन पुगेका मेयर बालेन र त्यहाँका सञ्चालकबीचको भनाभनको घ,टनामा पनि केही राजनीतिक दलका नेता महानगर वि,रुद्ध उत्रिएका थिए ।

ठूला व्यापारीसँग गुप्त आर्थिक सम्बन्ध भएकै कारण ति नेता अल्फाबिटाको पक्षमा ज्यान फालेर लागेको कतिपयले त्यतिबेला पनि टिप्पणी गरेका थिए ।

103 Views

ताजा

झडपमा परी ६३ जना शिक्षकहरू घाइते

२०८२ बैशाख १४ गते, आईतवार

झडपमा परी ६३ जना शिक्षकहरू घाइते

२०८२ बैशाख १४ गते, आईतवार

ओली नेतृत्वको सरकार अहिले ढल्न हुँदैन, हामीलाई अझै गिरेको हेर्नुछः मनिष झा

२०८२ बैशाख १४ गते, आईतवार

सांसद राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

२०८२ बैशाख १४ गते, आईतवार

अभिनेत्री अरुणिमा लम्सालद्वारा श्रीमान श्रेष्ठविरुद्ध सम्बन्धविच्छेद र सम्पत्ति बाँडफाँडको मुद्दा दायर

२०८२ बैशाख १४ गते, आईतवार

गगन थापाप्रति दया लागेको प्रधानमन्त्री ओलीको टिप्पणी, ‘विचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म’को आरोप प्रमाणित गर्न चूनौति

२०८२ बैशाख १४ गते, आईतवार

सत्ता समिकरण फेरबदल नहुने देउवाको प्रतिक्रिया

२०८२ बैशाख १२ गते, शुक्रबार

सरकार परिवर्तनको न्यूज हेरेर हामी आँफै छक्क पर्यौंः आरजु राणा

२०८२ बैशाख १२ गते, शुक्रबार

वर्तमान सरकारले देश र जनताको हित हुने काम गरेको छ : महासचिव पोखरेल

२०८२ बैशाख १२ गते, शुक्रबार

‘हेल्लो काँशीराम’को गीत ‘झ्यामकी मादल झ्याम’ सार्वजनिक

२०८२ बैशाख १२ गते, शुक्रबार

व्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिम

२०८२ बैशाख १२ गते, शुक्रबार

लोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal