बाटुली लामिछाने विश्वकै सबै-भन्दा जेष्ठ नागरिक : ‘गिनिज बुकमा लेखाइँदै

ककनी, बिहान–बेलुका दूधसँग मासिनो गरी पिसेको भात अनि अरु समयमा हर्लिक्स, बिस्कुट र झोल पिएर ११९ वर्षीय सर्वज्येष्ठ नागरिक बाटुली लामिछानेको दैनिकी बित्ने गर्छ ।
परिवारमा पाँच पुस्ताको फैलावट भइसके पनि हजुरआमा लामिछाने अहिलेसम्म स्वस्थ्य देखिनुहुन्छ ।
दाँत झरेका कारण मुखबाट समय–समयमा केही र्याल आउँछ । फुलेका कपाल खासै झरेका छैनन् । आँ`खा तेजिला देखिन्छन् । बोली स्पष्ट नभए पनि अरुले कानमा पुगेर भनेका कुरा सुन्ने र बुझ्न सक्नुहुन्छ ।
नजिकै आएकालाई शरीरको हाउ`भाउबाट प्रतिक्रिया दिनसक्ने हजुरआमाका आमा लामिछाने सम्भवतः विश्वकै ज्येष्ठ नागरिक भएकाले उहाँको नाम ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा दर्ज गराउने अन्तिम तयारी भएको छ ।
लामिछाने विश्वकै ज्येष्ठ नागरिक भएको उहाँको स्वास्थ्य परीक्षणबाट पनि पुष्टि भइसकेको छ । हालसम्म विश्वमा ११८ वर्षीय जापानी नागरिक काने तानाकाको नाममा उक्त रेकर्ड देखिएको छ ।
तानाकाभन्दा जेठी लामिछानेलाई नेपालले अभिलेखीकरणको प्रक्रियामा ढिलाइ गरेकाले उक्त विश्व पहिचान प्राप्तिमा ढिलाइ भएको हो ।
नुवाकोटको ककनी गाउँपालिका–८ थानसिंह निवासी छविलालकी श्रीमती लामिछानेको आवासका लागि बाटुली लामिछाने फाउण्डेशनले निर्माण गरेको बाला भवन बिहीबार हस्तान्तरण कार्य
क्रममा यी हजुर`आमालाई ह्विलचियरमा राखेर मञ्चमा लगिएको थियो ।
उहाँ झण्डै पाँच घण्टा`सम्म एकै ठाउँमा रहेर अरुले लगाइदिएको खादा, दोसल्ला ओढेर बस्नुभयो र सहभागीको आकर्षणको केन्द्र भइरहनुभयो ।
मलाई आशीर्वाद दिनुस् आमा’ भन्दै खुट्टा ढोग्न पुग्नेलाई टाउकामा हात राखिदिने, ‘मलाई चिन्नुभो रु’ भन्नेहरुलाई एकछिन हेरेर हाँसिदिने
जस्ता उहाँका व्यवहार टाढा`बाट त्यहाँ पुगेकाका लागि अप्रत्यारिला लाग्थे
तर उहाँलाई वर्षौैँदेखि देखिरहेका छिमेकी केदार भण्डारी भन्नुहुन्छ, “उहाँ बलियो हुनुहुन्छ, अझै केही वर्ष केही हुँदैन, तर राज्यले उहाँलाई विश्वकै ज्येष्ठको पहिचान दिलाउन भने ढिलाइ गर्नु हुँदैन ।”
लामिछानेका ८१ वर्षीय छोरा नेत्रप्रसाद लामिछाने रातिको समयमा आमालाई पिसाब आउँदा उठेर हिँड्न पनि सक्ने र त्यसक्रममा लड्न
सक्ने भएकाले एक जनाले नियमित रेख`देखको काम गर्ने गरेको बताउनुहुन्छ ।
बुहारी ईश्वरी लामि`छानेका अनुसार सासुआमालाई हालसम्म कुनै गम्भीर रोग नभएकाले उपचारका लागि अस्पताल लैजान नपरे पनि पछिल्लो समयमा कहिलेकाहीँ ज्वरो आउने भएकाले औषधि खुवाउने गरिएको छ ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकास्थित गिरान
चौरमा विसं १९५९ चैत १० गते आमा देवीकुमारी तिवारी र जयनारायण तिवारीको कोखबाट जन्मिएकी उहाँलाई विसं २०७० वैशाख २४ गते जिल्ला प्रशासन कार्यालय
बाट खटिएको टोलीले घरमै आएर नागरिकता दिएको थियो ।
नव`निर्मित भवन हस्तान्तरण गराउँदै बागमती प्रदेशका सदस्य बद्री मैनालीले लामिछानेलाई ‘जीवित देवीको उपमा दिँदै उहाँको नाम विश्व रेकर्डमा लेखाउन आफ्ना तर्फबाट पनि आवश्यक सहजीकरण भइरहेकाले रेकर्ड कायम भएमा मुलुककै र गाउँको नाम थप फैलने बताउनुभयो ।
सय वर्षभन्दा माथि पुगेका ज्येष्ठ नागरिकको मासिक भत्ता कम्तीमा रु २५ हजार हुने गरी बजेट तय गर्न पनि पहल भइरहेको बताउँदै उहाँले ज्येष्ठ नागरिकबारे अध्ययनका लागि कलेज खोल्ने
तिर पनि सोच्नुपर्ने जनाउनुभयो ।
नेपालमा सय वर्षमाथिका नागरिक करिब चार हजार छन् । प्रदेशका निवर्तमान कृषि राज्यमन्त्री मैनालीको प्रदेश विकास कोषको रु १० लाख र अन्य सहयोगमा हाल लामि
छाने बस्दै आएको स्थलभन्दा माथिल्लो बारीमा एक वर्ष लगाएर उक्त एकतले भवन निर्माण गरिएको फाउण्डेशन
का अध्यक्ष भवानी दाहालले जानकारी दिनुभयो ।
ताजा

सत्ता समिकरण फेरबदल नहुने देउवाको प्रतिक्रिया
२०८२ बैशाख १२ गते, शुक्रबार
सत्ता समिकरण फेरबदल नहुने देउवाको प्रतिक्रिया
२०८२ बैशाख १२ गते, शुक्रबार
सरकार परिवर्तनको न्यूज हेरेर हामी आँफै छक्क पर्यौंः आरजु राणा
२०८२ बैशाख १२ गते, शुक्रबार
वर्तमान सरकारले देश र जनताको हित हुने काम गरेको छ : महासचिव पोखरेल
२०८२ बैशाख १२ गते, शुक्रबार
‘हेल्लो काँशीराम’को गीत ‘झ्यामकी मादल झ्याम’ सार्वजनिक
२०८२ बैशाख १२ गते, शुक्रबार
व्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिम
२०८२ बैशाख १२ गते, शुक्रबार
‘के गरौं भन तिम्रो हुनलाई’ मा गरिमा र रञ्जनको रोमान्टिक अवतार (भिडियो)
२०८२ बैशाख १२ गते, शुक्रबार
एमालेको भोलिको युथ सेलिब्रेशनलक्षित प्रभु साहको टिप्पणीः ‘लाशमाथि हत्याराको उत्सव’
२०८२ बैशाख १० गते, बुधबार
वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलन जेठ १७ देखि १९ गतेसम्म हुने
२०८२ बैशाख १० गते, बुधबार
सरकारलाई एक दिन पनि सत्तामा रहने नैतिक अधिकार छैन
२०८२ बैशाख १० गते, बुधबार
“च्यारिटी रनवे २०२५ भोल्युम २” भव्य रूपमा सम्पन्नः अदृश्य प्रतिभाले पाए मञ्च
२०८२ बैशाख १० गते, बुधबारलोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार