बाटुली लामिछाने विश्वकै सबै-भन्दा जेष्ठ नागरिक : ‘गिनिज बुकमा लेखाइँदै
ककनी, बिहान–बेलुका दूधसँग मासिनो गरी पिसेको भात अनि अरु समयमा हर्लिक्स, बिस्कुट र झोल पिएर ११९ वर्षीय सर्वज्येष्ठ नागरिक बाटुली लामिछानेको दैनिकी बित्ने गर्छ ।
परिवारमा पाँच पुस्ताको फैलावट भइसके पनि हजुरआमा लामिछाने अहिलेसम्म स्वस्थ्य देखिनुहुन्छ ।
दाँत झरेका कारण मुखबाट समय–समयमा केही र्याल आउँछ । फुलेका कपाल खासै झरेका छैनन् । आँ`खा तेजिला देखिन्छन् । बोली स्पष्ट नभए पनि अरुले कानमा पुगेर भनेका कुरा सुन्ने र बुझ्न सक्नुहुन्छ ।
नजिकै आएकालाई शरीरको हाउ`भाउबाट प्रतिक्रिया दिनसक्ने हजुरआमाका आमा लामिछाने सम्भवतः विश्वकै ज्येष्ठ नागरिक भएकाले उहाँको नाम ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा दर्ज गराउने अन्तिम तयारी भएको छ ।
लामिछाने विश्वकै ज्येष्ठ नागरिक भएको उहाँको स्वास्थ्य परीक्षणबाट पनि पुष्टि भइसकेको छ । हालसम्म विश्वमा ११८ वर्षीय जापानी नागरिक काने तानाकाको नाममा उक्त रेकर्ड देखिएको छ ।
तानाकाभन्दा जेठी लामिछानेलाई नेपालले अभिलेखीकरणको प्रक्रियामा ढिलाइ गरेकाले उक्त विश्व पहिचान प्राप्तिमा ढिलाइ भएको हो ।
नुवाकोटको ककनी गाउँपालिका–८ थानसिंह निवासी छविलालकी श्रीमती लामिछानेको आवासका लागि बाटुली लामिछाने फाउण्डेशनले निर्माण गरेको बाला भवन बिहीबार हस्तान्तरण कार्यक्रममा यी हजुर`आमालाई ह्विलचियरमा राखेर मञ्चमा लगिएको थियो ।
उहाँ झण्डै पाँच घण्टा`सम्म एकै ठाउँमा रहेर अरुले लगाइदिएको खादा, दोसल्ला ओढेर बस्नुभयो र सहभागीको आकर्षणको केन्द्र भइरहनुभयो ।
मलाई आशीर्वाद दिनुस् आमा’ भन्दै खुट्टा ढोग्न पुग्नेलाई टाउकामा हात राखिदिने, ‘मलाई चिन्नुभो रु’ भन्नेहरुलाई एकछिन हेरेर हाँसिदिनेजस्ता उहाँका व्यवहार टाढा`बाट त्यहाँ पुगेकाका लागि अप्रत्यारिला लाग्थे
तर उहाँलाई वर्षौैँदेखि देखिरहेका छिमेकी केदार भण्डारी भन्नुहुन्छ, “उहाँ बलियो हुनुहुन्छ, अझै केही वर्ष केही हुँदैन, तर राज्यले उहाँलाई विश्वकै ज्येष्ठको पहिचान दिलाउन भने ढिलाइ गर्नु हुँदैन ।”
लामिछानेका ८१ वर्षीय छोरा नेत्रप्रसाद लामिछाने रातिको समयमा आमालाई पिसाब आउँदा उठेर हिँड्न पनि सक्ने र त्यसक्रममा लड्नसक्ने भएकाले एक जनाले नियमित रेख`देखको काम गर्ने गरेको बताउनुहुन्छ ।
बुहारी ईश्वरी लामि`छानेका अनुसार सासुआमालाई हालसम्म कुनै गम्भीर रोग नभएकाले उपचारका लागि अस्पताल लैजान नपरे पनि पछिल्लो समयमा कहिलेकाहीँ ज्वरो आउने भएकाले औषधि खुवाउने गरिएको छ ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकास्थित गिरानचौरमा विसं १९५९ चैत १० गते आमा देवीकुमारी तिवारी र जयनारायण तिवारीको कोखबाट जन्मिएकी उहाँलाई विसं २०७० वैशाख २४ गते जिल्ला प्रशासन कार्यालयबाट खटिएको टोलीले घरमै आएर नागरिकता दिएको थियो ।
नव`निर्मित भवन हस्तान्तरण गराउँदै बागमती प्रदेशका सदस्य बद्री मैनालीले लामिछानेलाई ‘जीवित देवीको उपमा दिँदै उहाँको नाम विश्व रेकर्डमा लेखाउन आफ्ना तर्फबाट पनि आवश्यक सहजीकरण भइरहेकाले रेकर्ड कायम भएमा मुलुककै र गाउँको नाम थप फैलने बताउनुभयो ।
सय वर्षभन्दा माथि पुगेका ज्येष्ठ नागरिकको मासिक भत्ता कम्तीमा रु २५ हजार हुने गरी बजेट तय गर्न पनि पहल भइरहेको बताउँदै उहाँले ज्येष्ठ नागरिकबारे अध्ययनका लागि कलेज खोल्नेतिर पनि सोच्नुपर्ने जनाउनुभयो ।
नेपालमा सय वर्षमाथिका नागरिक करिब चार हजार छन् । प्रदेशका निवर्तमान कृषि राज्यमन्त्री मैनालीको प्रदेश विकास कोषको रु १० लाख र अन्य सहयोगमा हाल लामिछाने बस्दै आएको स्थलभन्दा माथिल्लो बारीमा एक वर्ष लगाएर उक्त एकतले भवन निर्माण गरिएको फाउण्डेशनका अध्यक्ष भवानी दाहालले जानकारी दिनुभयो ।
ताजा
कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ असार ५ गते, शुक्रबार
कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ असार ५ गते, शुक्रबार
किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?
२०८३ असार ५ गते, शुक्रबार
‘क्याप्टेन साब’को सकियो छायांकन
२०८३ असार ५ गते, शुक्रबार
‘रोल नं १’को टिकटमा ५० प्रतिशत
२०८३ असार ५ गते, शुक्रबार
फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार
२०८३ असार ५ गते, शुक्रबार
के नेपालको धर्म, कला र संस्कृति आज हराउँदै गएको हो ?
२०८३ असार ५ गते, शुक्रबार
रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने
२०८३ असार ३ गते, बुधबार
साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी
२०८३ असार ३ गते, बुधबार
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात
२०८३ असार ३ गते, बुधबार
गेरुवामा निशुल्क लोकसेवा तालिम समापन
२०८३ असार ३ गते, बुधबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





