हर्क साम्पाङले देखाइदिए बालेन शैलिमा मै हुँ भन्नेलाई पनि आफ्नो औकात. आखिर के गरे त ? हेर्नुहाेस सहि गरे कि गलत?

२०७९ भाद्र २६ गते, आईतवार

धरान ९ बाट १५ सय कार्टुन म्याद गुज्रेको चिजवल बरामद गरी नष्ट गरिएको छ । धरान-९ मा रहेको विएस फुड्स एण्ड सप्लायर्समा एसजी फुड्स मकवानपुर, हेटौडाद्वारा उत्पादित चिजबल म्याद गुज्रेको अवस्थामा ल्याइपुर्‍याएको र फिर्ता नलगेकोले नष्ट गरिएको सप्लायर्सका प्रोप्राइटर विकास प्रधानले बताए ।

म्याद गुज्रेको चिजवल रहेको जानकारी धरान उपमहानगरपालिकामा आएकोले उपमेयर आइन्द्रविक्रम बेघाको नेतृत्वमा इलाका प्रशासन कार्यालय धरान, इलाका प्रहरी कार्यालय धरान, वातावरण महाशाखाका प्रमुख, धरान-९ का वडाध्यक्ष सहितको टोलीले अनुगमन गरेको थियो ।

अनुगमनको क्रममा ठुलो मात्रामा म्याद गुज्रेको चिजवल रहेको पाइएकोले सोमबार पहिलो चरणमा धरान-६ पानवारीमा रहेको भेन्चर वेस्ट टु इनर्जी प्रालीमा लगेर नष्ट गरिएको र बाँकी रहेको चिजवल मंगलबार नष्ट गर्ने गरी अनुगमन टोलीले सिल गरेको छ। करिब ६ लाख बरावरको चिजवल नष्ट गरिएको बताइएको छ ।

आफ्नो सप्लायर्समा आएको चिजवल म्याद गुज्रेको पाइएपछि कम्पनीलाई फर्काउन लगाउँदा पनि नलगेको र पछि बुझ्दा कम्पनी नै बेपत्ता भएको जानकारी पाएकोले चिजवल नष्ट गर्नुपरेको धरान उपमहानगरपालिकाका बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले बताए ।

वनको जग्गामा साबुन उद्योग बनाउन कानुनी अड्चन, वन र उपभोक्ता समुहले भन्यो, ‘कानुनी प्रक्रिया पुरा नगरि हुन्न’
धरान: धरानको कार्यपालिका बैठकले पारित गरेको साबुन उद्योग खोल्न मेयर हर्क साम्पाङले वडा नं २० स्थित जलकन्या सामुदायिक वन क्षेत्रमा योजना अघि सारे पनि कानुनी अड्चन देखिएको छ ।

सर्दु खोलाको नयाँ पुल पारी रहेको वनको जग्गामा मेयर साम्पाङले साबुन उद्योगको योजना अघि सारेका छन् । कार्यपालिका बैठकबाट प्रस्ताव निर्णय हुँदा कुन ठाउँमा निर्माण गर्ने भन्ने उल्लेख थिएन ।

धरान ८ तीनकुनेमा नेपाल सरकार मातहतकै औद्योगिक क्षेत्र छ भने उपमहानगरपालिकाकै पहलमा वडा नं ६ स्थित पानवारीमा औद्योगिक ग्राम निर्माणको योजना पनि अघि बढीरहेको छ । मेयर साम्पाङले भने ती दुवै ठाउँमा उद्योग खोल्न चासो नदिई वडा २० स्थित वनको जग्गामा योजना लैजादा कानुनी अड्चन आएको हो।

मेयर साम्पाङले उद्योगको लागि हेरेको जग्गा वन क्षेत्रमा पर्ने र त्यहाँ रुखहरुसमेत भएको कारण त्यसलाई नष्ट गरेर भौतिक संरचना बनाउन नमिल्ने भन्दै वन कार्यालय र उपभोक्ता समुहले प्रक्रिया पुरा गरेर मात्र योजना अघि बढाउन आग्रह गरेको छ । मेयर साम्पाङले पठाएका प्रतिनिधिहरुसँगको छलफलमा वन कार्यालय र उपभोक्ता समुहले यस्तो आग्रह गरकेो हो ।

विष्णुपादुका सब डिभिजन वन कार्यालयका इञ्चार्ज चन्द्रबहादुर बर्मेले मन्त्रालयबाट निर्णय भएर भोगाधिकार स्थानीय सरकारमा आएपछि मात्र उद्योग निर्माणको काम अघि बढाउन सक्ने बताए ।

उनले आफु विकासको विरोधी नभएपनि यसको लागि प्रक्रिया पुरा गर्न पनि स्थानीय सरकारलाई आग्रह गरेका छन् ।यस्तै, जलकन्या वन समुहकी अध्यक्ष यमुना राईले पनि रोजगारी सृर्जना हुने भएकोले आफुहरु उद्योग खोल्न दिने पक्षमा भएपनि कानुनी प्रक्रिया पुरा गर्नुपर्ने बताइन् ।

123 Views

ताजा

रविन्द्र प्रताप शाह समाजसेवामा सधैं अग्रसर

२०८२ माघ १६ गते, शुक्रबार

रविन्द्र प्रताप शाह समाजसेवामा सधैं अग्रसर

२०८२ माघ १६ गते, शुक्रबार

भोलि संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) को राष्ट्रिय सम्मेलन हुँदै

२०८२ माघ १५ गते, बिहीबार

निर्वाचनमा आचारसंहिता पालना जरुरी

२०८२ माघ १५ गते, बिहीबार

खगेन्द्र सुनारलाई तीन वर्ष कैदको माग

२०८२ माघ १५ गते, बिहीबार

निर्वाचन आउन ३५ दिन बाँकीः नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति

२०८२ माघ १५ गते, बिहीबार

भक्तपुर क्षेत्र नं. २ का राप्रपा उम्मेदवार बिक्रम थापाको समर्थकद्वारा मनकामना माईको दर्शन

२०८२ माघ १३ गते, मंगलवार

पक्राउ परे युवराज सफल

२०८२ माघ १३ गते, मंगलवार

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

भक्तपुर २ मा कांग्रेसको विरासत जोगाउन कबिर राणा मैदानमा

२०८२ माघ १३ गते, मंगलवार

विश्वविख्यात ओटीटी प्लेटफर्म ‘अमेजन’मा हरिवंशको ‘भूठान’

२०८२ माघ १३ गते, मंगलवार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal