चुनावमा कलाकार : ‘रिल’बाट ‘रियल’तिर

२०७९ भाद्र २६ गते, आईतवार

चुनावी मौसममा कला क्षेत्र पनि तातेको छ । तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री हुँदा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा उनलाई ७० करोड भ्रष्टाचारको आ,रोप लागेको थियो ।

बाँस्कोटाको धम्कीपूर्ण अभिव्यक्तिले नागरिकलाई गिज्याएको महसुस भयो । त्यसैले संसदीय निर्वाचनमा यो प्रवृत्तिविरुद्ध उम्मेदवारी दिने घोषणा गरेको हाे। एक भोट नै किन नआओस्, चुनाव लड्छु ।

जित्नका लागि भन्दा पनि मु,द्दाका लागि लड्दै छु, खराब राजनीतिक प्रवृत्तिविरुद्ध लड्दै छु, पण्डितले भने । त दिन्थ्यो, तर अन्त्यमा जिल्ल बनाउँदै भोट माग्न खटाउँथ्यो । तर, आसन्न निर्वाचनमा कैयौँ कलाकार आफैँ मैदान उत्रँदै छन् । 

कांग्रेस, एमाले र राप्रपाले केही क्षेत्रबाट कलाकार उम्मेदवारका रूपमा सिफारिस गरेका छन् । केही क्षेत्रमा कलाकर्मी ‘हेभिवेट’ उम्मेदवारविरुद्ध नै स्वतन्त्र रूपमा उम्मेदवारी दिने तयारीमा छन् ।

एमालेबाट राष्ट्रिय सभा सदस्य भइसकेकी गायिका कोमल वली यसपटक दाङ ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएकी छिन् । एमाले क्षेत्रीय कमिटी बैठकले उनीसहित उपाध्यक्ष युवराज ज्ञवाली र केन्द्रीय सदस्यद्वय घनश्याम पाण्डेको नाम सिफारिस गरेको छ । 

राप्रपा छाडेर एमाले प्रवेश गरेकी वलीले राजनीतिमै सक्रिय हुनका लागि रेडियो नेपालको जागिर छाडेकी थिइन् । उनलाई एमाले अध्यक्ष केपी ओलीले राष्ट्रिय सभा पुर्‍याएका थिए । हाल उनी एमालेको केन्द्रीय सदस्य छिन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य अभिनेत्री रेखा थापा चुनाव लड्ने पक्का भएको छ । उनी मोरङ ३ बाट प्रत्यक्षतर्फ सिफारिस भएकी छिन् । उनको घर पनि यही क्षेत्रभित्र पर्ने सुन्दरहरैँचामा छ । यहाँबाट थापासँगै अम्बिकाप्रसाद अधिकारीको नाम पनि सिफारिस भएको छ । 

पहिलो नम्बरमा सिफारिस भएकी रेखा नै उम्मेदवार हुने सम्भावना बलियो रहेको मोरङका केन्द्रीय कमिटी नेता विवेक क्षेत्रीले बताए । ‘रेखाको नाम त्यताबाट सिफारिस भएर केन्द्रीय कमिटीमा आइसकेको छ । उनले चुनाव लड्ने सम्भावना बलियो छ, उनले भने । 

०७४ को निर्वाचनमा वाम गठबन्धन हुँदा मोरङ ३ बाट एमाले नेता भानुभक्त ढकालले जितेका थिए । त्यतिवेला ढकालसँग कांग्रेस उम्मेदवार सुनील शर्मा थोरै मतान्तरले पराजित भएका थिए । 

हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ कांग्रेसबाट उम्मेदवार सिफारिस भएका छन् । उनी सर्लाही ४ को ‘क’बाट प्रदेश सभा समानुपातिकतर्फ सिफारिस भएका हुन् । उनको नाम एक नम्बरमा राखेर सिफारिस गरिएको छ । रिजाल स्वयंले फेसबुकमार्फत आफू सिफारिसमा परेको जानकारी दिएका छन् । 

कांग्रेसनिकट सांस्कृतिक संघमा आबद्ध रिजाल यसअघिको चुनावमा पनि उम्मेदवार बन्ने प्रयत्नमा थिए । तर, त्यतिवेला अन्तिम समयमा टिकट नपाएका उनी यसपटक भने सिफारिसमा परेका हुन् । फेसबुकमा उनको घोषणाले चुनाव लड्ने सम्भावना छ ।

फिल्म ‘कालो पोथी’ निर्देशन गरेर नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय बजारमा चिनाउन सफल निर्देशक मीनबहादुर भाम पनि संसदीय निर्वाचनमा कांग्रेसतर्फबाट प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारमा सिफारिस भएका छन् ।

मुगुको छायाँनाथ–रारा नगरपालिका– ४ का भामलाई कांग्रेसले पिछडिएको क्षेत्र र खस–आर्यतर्फको क्षेत्रबाट सर्वसम्मत सिफारिस गरेको हो ।

त्यस्तै, चलचित्र निर्माता रोज राणा पनि कांग्रेस प्युठानबाट प्रदेश सभा सदस्य उम्मेदवारमा प्रत्यक्षतर्फ सिफारिस भएका छन् ।

कांग्रेसका क्षेत्रीय सभापतिसमेत रहेका उनको नाम सिफारिसको पहिलो नम्बर छ । प्युठानको प्रदेश सभातर्फ (ख) क्षेत्रका लागि राणासहित मेनका घिमिरे र शालिकराम पण्डितको पनि नाम सिफारिस भएको छ । 

विगतमा पनि कलाकारले चुनावी मैदानमा उत्रने मन बनाएका थिए । तर, कसैलाई पार्टीले पत्ताएन, कसैको मतदाता नामावलीमा नाम नै भेटिएन ।

दोस्रो संविधानसभा चुनावमा एमालेले भुवन केसीलाई काठमाडौं १ बाट उम्मेदवार बनाउने चर्चा थियो, तर पछि टिकट अर्कैले पाए । त्यसपछि एमाले त्यागेर हालै मात्र कांग्रेस प्रवेश गरेका केसी चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त भएका छन् । 

प्रचण्डसँग कम्मर मर्काएर चर्चामा आएकी रेखा थापा पनि कुनै वेला माओवादीबाट पर्सा १ को उम्मेदवार बन्ने चर्चा थियो । तर, पछि ‘प्राविधिक कारण’ भन्दै उनी उठ्न सकिनन् । खासमा उनको नाम मतदाता नामवली सूचीमा थिएन। 

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको चुनावी क्षेत्रबाट हास्यकलाकार कुमार कट्टेल ‘जिग्री ब्रो’ले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । झापा ५ बाट उनले उम्मेदवारी दिने तयारी गरेका हुन् । सामाजिक अभियन्ता सुमन सायमीले नेतृत्व गरिरहेको स्वतन्त्र उम्मेदवारको लौरो अभियानअन्तर्गत नै उनी उम्मेदवार बन्न लागेका हुन् । 

त्यस्तै, यही अभियानअन्तर्गत काठमाडौं ५ बाट हास्य कलाकार मधुसूदन पाठकले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । हास्य सिरियल ‘सक्किगोनी’मा ‘सिते बा’को चरित्रमार्फत उनी दर्शकमाझ प्रिय छन् । 

त्यस्तै, ‘दासढुंगा’, ‘वधशाला’, ‘द ग्रेटर नेपाल’जस्ता राजनीतिक मुद्दामा फिल्म बनाएर चर्चामा आएका फिल्म निर्देशक मनोज पण्डित पनि यसपटक प्रतिनिधिसभा चुनाव लड्ने तयारीमा छन् ।

पण्डितले संघीय संसद्को चुनावमा एमाले नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाविरुद्ध काभ्रे २ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । उनी स्थानीय निर्वाचनकै वेलादेखि घरदैलो अभियानमा समेत जुटिसकेका छन् । बाँस्कोटाको ७० करोड भ्रष्टाचार गरेको आरोपलाई उनले चुनावी मुख्य एजेन्डा बनाएका छन् ।

तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री हुँदा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा उनलाई ७० करोड भ्रष्टाचारको आरोप लागेको थियो । त्यसपछि पदबाट राजीनामा दिएका उनले एक सार्वजनिक कार्यक्रममा ‘७० करोड मात्रै हो र, ७० अर्ब हान्देको, निजी खाइदिएको हो र ?’

भन्ने अभिव्यक्ति दिएपछि आफू उम्मेदवारी दिने मनसायमा पुगेको निर्देशक पण्डितले बताएका छन् । ‘बाँस्कोटाको धम्कीपूर्ण अभिव्यक्तिले नागरिकलाई गिज्याएको महसुस भयो ।

त्यसैले संसदीय निर्वाचनमा यो प्रवृत्तिविरुद्ध उम्मेदवारी दिने घोषणा गरेको हाे। एक भोट नै किन नआओस्, चुनाव ल,ड्छु । जित्नका लागि भन्दा पनि मुद्दाका लागि लड्दै छु, खराब राजनीतिक प्रवृत्तिविरुद्ध लड्दै छु’ पण्डितले भने ।


205 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal