पूर्वमन्त्री पोखरेल सम्मानित
काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले) का पोलिटब्युरो सदस्य आनन्दप्रसाद पोखरेल जन विचार पब्लिकेशनद्वारा सम्मानित हुनुभएको छ । पोखरेलद्वारा लिखित पुस्तक ‘गन्तव्य समाजवाद’ आज सार्वजनिक सार्वजनिक गर्ने समारोहमा उहाँलाई सम्मान गरिएको हो । पूर्वमन्त्री पूर्वराजदूत एवं राजनीतिक विश्लेषक नीलाम्बर आचार्य, पोखरेलका बुबा इन्द्रप्रसाद र आमा रन्धाता पोखरेल लगायतले पुस्तक सार्वजनिक गर्नुभएको हो । एमालेका केन्द्रिय सदस्य तथा वरिष्ठ पत्रकार गोविन्द प्रसाद दुलाल द्वारा सम्पादित पुस्तक जनविचार पब्लिकेशन एण्ड रिसर्च परिवारले प्रकाशन गरेको छ । पुस्तकमा पोखरेलका विभिन्न समयमा प्रकाशन सयौं लेख रचनामध्येबाट ७४ लेख रचनालाई समावेश गरिएको छ । नेकपा एमाले दोलखाका काठमाडौ सम्पर्क मन्च र जनविचार पब्लिकेशन को संयुक्तरुपमा आयोजना भएको उक्त समारोहमा नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं बागमती प्रदेशका इन्चार्ज काशीनाथ अधिकारी, पूर्व सञ्चारमन्त्री एवं बागमती प्रदेशका सहईन्चार्ज पार्वत गुरुङ लगायतले पुस्तकमाथि चर्चा गर्नुभएको थियो ।
२०२९ सालदेखि विद्यार्थी राजनीतिमा प्रवेश गरी कोअडीनेसन केन्द्र मालेमा आबद्ध हुँदै दोलाखामा कम्युनिष्ट पार्टीको गड क्षेत्र बनाउन क्रियाशील रहदा करिब एक वर्षको जेल जीवन बिताउनु भएका पोखरेलले यसपछि पनि अलिकति पनि विचलित नभई पार्टी जिम्मेवारीलाई निरन्तरता दिनु भएको थियो ।

जनपक्षीय उमेद्वारको रुपमा २०४३ सालमा प्रधानपञ्च बाट संसदीय राजनीतिमा आबद्ध हुँदै २०५६ र २०५७ मा निर्वाचित सांसद र २०७२ मा संविधानसभाको सदस्यको हैसियतले संविधान निर्माणमा भने पोखेल को योगदान रहेको देखिन्छ । दोलखाको विकास र श्रीवृद्धिमा माथिल्लो तामाकोशी लगायतका राष्ट्रिय गौरवका आयोजनाहरुलाई निर्माणमा आनन्द पोखरेलले निर्वाह गरेको भुमिका सराहनीय छ । बौदिकता र सरलता नेताकारुपमा चिनिनुहुने आनन्द पोखरेल दोलखाको मात्र नभई बागमती प्रदेशको अध्यक्ष हुँदै पार्टीको पोलिटब्युरो सदस्यको हैसियतले बागमती प्रदेशको सहइन्चार्ज छन् ।
संसदीय भूमिकामा सधैं खरो रुपमा उत्रने पोखरेलले सात महिनाको पर्यटन मन्त्रीको रुपमा रहँदा बुद्ध जन्म र बुद्ध दर्शन बारे अन्तर्राष्ट्रिय जगतलाई प्रष्ट पार्दै लोकप्रिय र विवादरहित मन्त्रीको रुपमा आफ्नो छवि निर्माण गरेको देखिन्छ ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





