पूर्वमन्त्री पोखरेल सम्मानित
काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले) का पोलिटब्युरो सदस्य आनन्दप्रसाद पोखरेल जन विचार पब्लिकेशनद्वारा सम्मानित हुनुभएको छ । पोखरेलद्वारा लिखित पुस्तक ‘गन्तव्य समाजवाद’ आज सार्वजनिक सार्वजनिक गर्ने समारोहमा उहाँलाई सम्मान गरिएको हो । पूर्वमन्त्री पूर्वराजदूत एवं राजनीतिक विश्लेषक नीलाम्बर आचार्य, पोखरेलका बुबा इन्द्रप्रसाद र आमा रन्धाता पोखरेल लगायतले पुस्तक सार्वजनिक गर्नुभएको हो । एमालेका केन्द्रिय सदस्य तथा वरिष्ठ पत्रकार गोविन्द प्रसाद दुलाल द्वारा सम्पादित पुस्तक जनविचार पब्लिकेशन एण्ड रिसर्च परिवारले प्रकाशन गरेको छ । पुस्तकमा पोखरेलका विभिन्न समयमा प्रकाशन सयौं लेख रचनामध्येबाट ७४ लेख रचनालाई समावेश गरिएको छ । नेकपा एमाले दोलखाका काठमाडौ सम्पर्क मन्च र जनविचार पब्लिकेशन को संयुक्तरुपमा आयोजना भएको उक्त समारोहमा नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं बागमती प्रदेशका इन्चार्ज काशीनाथ अधिकारी, पूर्व सञ्चारमन्त्री एवं बागमती प्रदेशका सहईन्चार्ज पार्वत गुरुङ लगायतले पुस्तकमाथि चर्चा गर्नुभएको थियो ।
२०२९ सालदेखि विद्यार्थी राजनीतिमा प्रवेश गरी कोअडीनेसन केन्द्र मालेमा आबद्ध हुँदै दोलाखामा कम्युनिष्ट पार्टीको गड क्षेत्र बनाउन क्रियाशील रहदा करिब एक वर्षको जेल जीवन बिताउनु भएका पोखरेलले यसपछि पनि अलिकति पनि विचलित नभई पार्टी जिम्मेवारीलाई निरन्तरता दिनु भएको थियो ।

जनपक्षीय उमेद्वारको रुपमा २०४३ सालमा प्रधानपञ्च बाट संसदीय राजनीतिमा आबद्ध हुँदै २०५६ र २०५७ मा निर्वाचित सांसद र २०७२ मा संविधानसभाको सदस्यको हैसियतले संविधान निर्माणमा भने पोखेल को योगदान रहेको देखिन्छ । दोलखाको विकास र श्रीवृद्धिमा माथिल्लो तामाकोशी लगायतका राष्ट्रिय गौरवका आयोजनाहरुलाई निर्माणमा आनन्द पोखरेलले निर्वाह गरेको भुमिका सराहनीय छ । बौदिकता र सरलता नेताकारुपमा चिनिनुहुने आनन्द पोखरेल दोलखाको मात्र नभई बागमती प्रदेशको अध्यक्ष हुँदै पार्टीको पोलिटब्युरो सदस्यको हैसियतले बागमती प्रदेशको सहइन्चार्ज छन् ।
संसदीय भूमिकामा सधैं खरो रुपमा उत्रने पोखरेलले सात महिनाको पर्यटन मन्त्रीको रुपमा रहँदा बुद्ध जन्म र बुद्ध दर्शन बारे अन्तर्राष्ट्रिय जगतलाई प्रष्ट पार्दै लोकप्रिय र विवादरहित मन्त्रीको रुपमा आफ्नो छवि निर्माण गरेको देखिन्छ ।
ताजा
Pakistan Embassy Kathmandu Alumni Event
२०८२ कार्तिक २९ गते, शनिबार
Pakistan Embassy Kathmandu Alumni Event
२०८२ कार्तिक २९ गते, शनिबार
रास्वपाका सन्तोष परियारले छाडे पार्टी
२०८२ कार्तिक २८ गते, शुक्रबार
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश
२०८२ कार्तिक २७ गते, बिहीबार
डा. निराकारमान श्रेष्ठको “सङ्घर्षदेखि सफलता” सार्वजनिक
२०८२ कार्तिक २७ गते, बिहीबार
कांग्रेस नेता पौडेल भन्छन्, नाम दर्ता गराउने वातवरण बनेन, मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ
२०८२ कार्तिक २७ गते, बिहीबार
शुसिला कार्कीको औचित्य समाप्त भयो राजीनामा दिनुपर्छः डा. निलोलस भूषाल
२०८२ कार्तिक २७ गते, बिहीबार
चलचित्र ‘मिरमिरे’को दुईवटा पोस्टर सार्वजनिक
२०८२ कार्तिक २७ गते, बिहीबार
जनअपेक्षा पूरा गर्ने आईजीपी कार्कीको प्रतिबद्धता
२०८२ कार्तिक २७ गते, बिहीबार
निर्वाचन अघि कुनै हालतमा अधिवेशन हुन सक्दैनः राठौर
२०८२ कार्तिक २७ गते, बिहीबारकेपी ओलीलाई फेरि अध्यक्ष बनाएर देखाइदिन्छौँः बस्नेत
२०८२ कार्तिक २७ गते, बिहीबारलोकप्रिय
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार





