फिल्म हेर्न आएकी आमाले आँचललाई भेट्दा अंगालो हाल्दै आँ,सु बगाइन्
धेरैपछि अभिनेत्री आँचल शर्माले अभिनय गरेको फिल्म दर्शकहरुले हलमा हेर्न पाएका छन् ।
शुक्रवारबाट प्रदर्शनमा आएको उनी अभिनीत फिल्म ‘झिँगेदाउले बक्सअफिसमा सुखद् व्यापार गरिरहेको छ ।
बलियो ‘वर्ड अफ माउथ’ मिलेको फिल्मले हलमा दर्शकको चाप बढाउँदै लगेको छ । विशेषगरी परिवारको साथमा फिल्म हेर्ने दर्शकको संख्या हलमा बढी मात्रामा देखिएको छ ।
शुक्रवार र शनिवार काठमाडौंका दर्शकहरुको प्रतिक्रिया बुझ्न विभिन्न हलहरुमा पुगेकी आँचलले सोमवार श्रीमान् उदिप श्रेष्ठको जन्म जिल्ला चितवन पुगेर ‘झिँगेदाउ’ हेर्ने दर्शकहरुसँग प्रत्यक्ष भेट गरेकी छन् ।
डेढ करोड आसपासको पजेरो स्पोर्ट गाडी चढेर उनी चितवनमा रहेका क्यूएफएक्सको जलमा र इन्द्रदेव हल पुगेकी थिइन्, जहाँ उनलाई हेर्नका लागि ठूलो भीड लागेको थियो ।
आँचल पुगेका कारण सोमवार चितवनमा ‘झिँगेदाउ’ले ८० प्रतिशत माथि अकुपेन्सी कायम गरेको वितरकले बताएका छन् ।
फिल्म हेर्न महिलाहरुको बढी उपस्थिति थियो । परिवारसहित फिल्म हेर्न आएकी एक जेष्ठ आमाले आँचललाई भेट्दा अंगालो हाल्दै आँसु बगाइन् । आँचलले पनि ती आमाप्रति अगाध प्रेमभाव दर्शाइन् । दर्शकहरुको यसप्रकारको मायाले आँचल खुसीमा हराएकी छन् ।
ज्ञानेन्द्र देउजा निर्देशित फिल्ममा आँचलसँगै मुकुन भुषाल, केकी अधिकारी, कुशल विष्ट, हिँउवाला गौतम, संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल, आशा भुषाललगायतको अभिनय छ ।
भिमनिधि तिवारीको कृति ‘झिँगेदाउ’ माथि बनेको फिल्मको पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । फिल्म हलमा लामो समय टिक्नेमा निर्देशक देउजा विश्वस्त छन् ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





