अन्ततः सेना र प्रहरीभित्रै बालेनले हात हाले, अब के होला ?
काठमाडौं महानगरपालिकामा स्वतन्त्रबाट चुनाव जितेर नेतृत्व गरिरहेका बालेन साह यहाँ आएदेखि रफ्तारमा काम गरिरहेका छन् ।
बालेनले ब्याक टुब्याक कमाल गरिरहेका छन् । एक्सन लिइरहेका छन् । अहिले यति रफ्तारमा काम भइरहेको छकी यसअघि यसरी कहिले भएको थिएन् भनेर आम टिप्पणी समेत सुन्न पाइएको छ ।
यसैबीच, बालेनले बर्षौबर्षदेखि उठ्न बाँकी कर धमाधम उठाइरहेका छन् । बालेनले अल्टिमेटम नै दिएर धमाधम कर उठाइरहेका र कर नतिर्नेलाई कारवाहीको चे,तावनीसहितको पत्र समेत पठाइरहेका छन् ।
केहीदिन अघि काठमाडौंको भृकुटीमण्डपस्थित फनपार्कलाई २४ घण्टामा कर तिर्न भनिएको थियो । फर्न पार्कले सो समयावधिभित्र कर बुझायो । त्यसपछि बालेनको कर उठाउने अभियान रोकिएको छैन् ।
यस्तै यता काठमाडौं महानगरपालिकाले लामो समयदेखि कर नबुझाएका १७ वटा संस्थालाई कर बुझाउन पत्र काटेको छ । महानगरपालिकाले कर नतिर्ने संस्थाहरुलाई पत्र लेख्दै १० दिनभित्र कर बुझाउन निर्देशन दिएको हो ।
वर्षौदेखि महानगरलाई कर नबुझाएका भन्दै महानगरले पत्रमा लेखेको छ, सम्पत्ति कर बुझाउन महानगरबाट पटक –पटक ताकेता हुँदै आएकोमा हालसम्म पनि नबुझाएको हुँदा यस पत्र प्राप्त गरेको १० दिन भित्र सम्बन्धित वडालाई कर बुझाउन अनुरोध छ ।
तोकिएको समयमा सम्बन्धित वडालाई ती संस्थाले कर नबुझाएमा महानगरपालिकाको राजश्व ऐन, २०७५ बमोजिम कारबाही गरी बाँकी कर रकम सरकारी सरह असूलउपर गरिने चे,तावनी समेत महानगरले दिएको छ ।
त्यस्तै महानगरपालिकाले सात दिनभित्र कर बुझाउन सात वटा क्यासिनोलाई ताकेता दिएको छ ।यसैबीच, बालेनले नेपाली सेना र नेपाल प्रहरीभित्र समेत हात हा,लेका छन् ।
बालेनले नेपाली सेना र नेपाल प्रहरीलाई समेत बहाल कर तत्काल बुझाउन पत्र पठाएको छ। बिहीबार नेपाली सेना र नेपाल प्रहरीलाई पत्र पठाउँदै १० दिनभित्रमा वडा कार्यालयमा गई बहाल कर बुझाउन भनेको हो।
अफ्नो क्षेत्रभित्र बहालमा लगाई बहाल आम्दानी गरेको देखिएकोले काठमाडौं महानरपालिकाको सम्बन्धित वडा कार्यालयमा बहाल कर बुझाउन अनुरोध गरेको हो।
पटक पटक ताकेता गर्दा पनि हालसम्म नबुझाएको भन्दै बहाल आम्दानी विवरणसहित पत्र प्राप्त भएको १० दिनभित्रमा बहाल कर र त्यसको जरिवाना पनि बुझाउन भनिएको छ।
यदि यो अवधिमा पनि कर नबुझाए महानगरपालिकाको राजश्व ऐन, २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकीसरह असुलउपर गर्न प्रक्रिया अगाडि बढाउने समेत महानगरको पत्रमा उल्लेख छ।
काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि बालेन्द्र शाहले राजश्व असुली र अवैध संरचना भ,त्काउने अभियानलाई तीव्र पारेका छन्। यसअघि मेयर शाहले नेपाल विद्युत् प्राधिकरणलाई पनि कर तिर्न भन्दै पत्र लेखिसकेको छन्।
ताजा
रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन: अध्यक्षमा दीपक राज पौडेलको उम्मेदवारी बलियो
२०८३ बैशाख १७ गते, बिहीबार
रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन: अध्यक्षमा दीपक राज पौडेलको उम्मेदवारी बलियो
२०८३ बैशाख १७ गते, बिहीबार
युवतीहरूका लागि दोस्रो घर बन्यो अलाबुगा
२०८३ बैशाख १७ गते, बिहीबार
लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालको गभर्नरमा रमेश अधिकारी
२०८३ बैशाख १६ गते, बुधबार
फेसबुकबाट आम्दानीको ढोका खोल्दै MDR Team, हजारौं नेपाली लाभान्वित
२०८३ बैशाख १५ गते, मंगलवार
सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल
२०८३ बैशाख १४ गते, सोमबार
‘त्रिवि क्रिकेट मैदान भत्किँदैन’
२०८३ बैशाख १४ गते, सोमबार
यस्तो छ मन्त्रिपरिषद् बैठकको ३ निर्णय
२०८३ बैशाख १४ गते, सोमबार
अन्ततः भीष्मराज आङ्देम्बेले पाए दलको नेताको जिम्मेवारी
२०८३ बैशाख १४ गते, सोमबार
पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह
२०८३ बैशाख ११ गते, शुक्रबार
आज देशभर बीसौँ लोकतन्त्र दिवस
२०८३ बैशाख ११ गते, शुक्रबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





