बिहे गर्न नसके पनि सधैंभरि साथी भएर बसौं न हुन्न!

२०७९ भाद्र २१ गते, मंगलवार

आजभोलि माया प्रेमका कुरा गर्दा खासै चासो लाग्दैन। लागोस् पनि कसरी! आफूले चोखो माया गरेको प्रिय मान्छेले विश्वास नै गर्न न सक्ने गरी छाडेर गए।

करिब तीन वर्षदेखि म र नवीन प्रेममा थियौं।
एक दिनको कुरा हो, म कलेजबाट फर्किंदै थिएँ नवीनको फोन आयो।

उसले भन्यो- मेरो आज इन्गेज्मेट हुँदैछ। नरिसाऊ है मसँग, धेरै अगाडि बढ्नु, म गाउँ आएको छु।
एकैदिन अघिमात्रै सँगै बाँच्ने, सँगै मर्ने बाचा गराएको थियो उसले।

उसले फोन के भनेर राख्यो खै मैले पत्तै पाइनँ। म भित्रभित्रै खरानी भएँ। टुटेको थिएँ, फुटेको थिएँ। भोक निद्रा सबै हराए। दुई दिनपछि नवीनले फोन गरेर भेट्न बोलायो।

softwaricanic
मलाई केही राहत मिलेजस्तो भयो केही क्षण भए पनि ऊसँग समय बिताउन पाउने भएँ। माघको महिना घडीले पाँच बजाइसकेको थियो। झमक्क साँझ परेको थियो। म अफिसबाट हतार हतार गर्दै सुन्धारा पुगें।

एक घन्टाको पर्खाइपछि नवीन सिभिल मल आइपुगेछ। मलाई फोन गरी सिभिल मल आउन आग्रह गरे। म चुपचाप हस् भनी सिभिल मल गएँ।
अरू दिन उनलाई भेट्दा देख्नेबित्तिकै खुसीले दायाँबायाँ केही नहेरी झ्याम्म गएर अंकमाल गर्ने म, आज उसको मुखमा हेर्न पनि अप्ठ्यारो लाग्दै थियो।

म उसको अगाडि आफूलाई बलियो बनाउन खोज्दै थिएँ, मैले बधाई दिँदै भनें- बिहे गर्दैछौ खुसी हुनु अनि दाम्पत्य जीवन खुसी अनि सुखी रहोस्।
नवीनले मेरो कुममा हात पुर्‍याउँदै भन्यो- सरी माया हामी बिहे गर्न नसके पनि सधैंभरि साथी भएर बसौं न हुन्न?

मसँग उसलाई सोध्ने कुराको मनमा सागर उर्लिएको थियो, त्यो सार्वजनिक ठाउँ भए पनि मेरो आँखाबाट आँसु रोकिएनन्।
नवीनले मलाई ‘मबाट के चाहन्छौ भनी सोध्यो।
उसको कुरालाई मैले जवाफ फर्काउँदै भनें- तिमी मेरै हुनुपर्छ भनौं भने मैले गरेको माया स्वार्थ होला, दिन सक्छौ भने तिमी र मैले सँगै बिताएका ती पल फिर्ता देऊ न। ती सबै पललाई समेटेर हाम्रो प्रेमको म्युजियम बनाउँछु।

नवीन मौन भयो मेरो कुराले।
रात परिसकेको थियो। नवीनले त्यो दिन पनि सँगै बस्न भन्यो। तर मैले मानिनँ। उसले जिद्दी गर्न थाल्यो। मैले उसको कुरालाई अहिलेसम्म नाइँ भनेको थिइनँ। तर त्यो दिन मैले उसको कुरा इन्कार गरेँ।

नवीन बाथरूम जाने संकेत गर्दै जुरूक्क त्यहाँबाट उठेर गयो। उसले मोबाइल बोक्नै बिर्सिएछ। त्यही मौकामा मैले उसको मोबाइल चेक गरें। वाट्स एप हेरेँ। त्यहाँ नवीनको बिहे हुन लागेको केटीको म्यासेज देखेँ।

ती केटी अरू कोही नभएर मेरो कलेज पढ्दाको मिल्ने साथी थिई। उनीहरूबीचको कन्भर्सेसन हेर्दै थिएँ। नवीन र ती साथी एक वर्षदेखि रिलेसनमा रहेछन्।
नवीनसँग ती केटीलाई मैले नै एक वर्ष अगाडि भेटाएको थिएँ।

नवीन आउँदै गरेको देखें अनि हत्तपत्त उसको मोबाइल पहिलेकै ठाउँमा राखिदिएँ।
मेरा लागि नवीन र नवीनका लागि म अब सदाको लागि छुट्टिँदै थियौं। नवीन र म भेट्दा, घुम्न गएर फर्कंदा उसले मेरो घरनजिकै पुर्याएर फर्किन्थ्यो।

त्यो दिन पनि सदाको दिनमा जस्तै पुर्याउन गयो तर त्यहाँ पनि आशय मलाई पुर्याएर उही मेरो मिल्ने साथी नवीनसँग बिहे हुन लागेकी केटीलाई भेट्नु थियो, यो कुरा मैले नवीनको मोबाइल चेक गर्दा थाहा पाएको थिएँ।

नवीनको निष्ठुरीपन देखेर अब मलाई ऊप्रति घृणा जाग्न थाल्यो। मैलेमात्रै माया गरेकी रहेछु उसलाई। उसले त अरू कसैलाई माया गरेको रहेछ बिर्सनै नसक्ने गरी। म घरमा आइपुगें। मेरो कोठामा उही मेरो मिल्ने साथीको फोटो थियो। फोटो हेर्दै गुनासो पोखें। त्योभन्दा अरू त मैले के नै गर्न सक्थे र! उनीहरू दुई एक भएपछि।

हाम्रो आदरणीय हाँस्य कलाकार हरिवंश आचार्य जीले एउटा इन्टरभ्युमा भन्नुभएको थियो।
‘साथी दुई किसिमका हुन्छन्- एउटा उखुजस्तै गुलिया साथी!

अर्को चप्पल लगाएर हिँडदा पछाडिबाट हिलो छ्यापेर टाउकोसम्म पुर्याउने साथी’ मेरी साथी पनि यस्तै रहिछन्। पछाडिबाट हिलो छ्यापेर टाउकोसम्म पुर्‍याइन्।

खै अब गुनासो नि कोसँग गर्नु! न मैले कुनै दिन यी कुरामा शंका नै गरें। न सोच्न सकें। सायद ममा पनि केही कमजोरी भएर यी दुई जना मिलेर पो मलाई धोका दिए कि! मनमा यस्तै अनेकौं प्रश्न उत्तर निस्किरहे।

बिर्सन खोज्छु, भुल्न खोज्छु तर आँखा अगाडि उही धोखेबाजका अनुहार झलझल आइराखे। जसलाई आफ्नो सम्झिएर तन, मन, धन सबै दिएँ उनीहरूले नै धोका दिएर गए।

तिमीहरूले दिएका चोटहरू हाँसी हाँसी सहेकी छु मैले किनकि ती दुवै प्रिय थिए मेरा लागि। यी निर्दोष आँखाहरू उनीहरूकै प्रतीक्षामा बसेका छन्। कसरी सम्झाऊँ कि तिमी कहिल्यै नफर्कने गरी गयौ भनेर। मनभरि भएका व्यथा पीर बाँड्ने न त ठाउँ नै भयो, न त के भएको छ तँलाई भनेर सोध्ने कोही।
सानो–सानो कुराले मन दुखाउने म सानै कुरामा खुसी हुन्छु सायद सहन सक्छे भनेर होला जति आउँछन्, जो आउँछन्।

पीडा दिएर जान्छन्।
आफूले आफूलाई सम्हाल्दै आफ्नो गुनासो आफैंसँग पोख्दै दिनहरू बिताउँदै छु।
मेरी ती साथी अनि नवीन दुबैले मलाई सोसल मिडियादेखि ब्लक पनि गरेछन्। अझै पनि ती दुईलाई देख्न मन लाग्छ, भेट्न मन लाग्छ। तर उनीहरू आफ्नै जिन्दगीमा मस्त अनि व्यस्त होलान्।

मलाई सम्झने फुर्सद त नहोला। मैले मेरा दुबै पात्र नवीन र ती साथीलाई बिर्सन निकै कोसिस गरें तर पनि सकेको छैन।

हामीबीच सम्पर्क नभएको पनि निकै वर्ष बितिसक्यो। जुन प्रेम, माया पहिला गर्थें अहिले पनि ती दुबै व्यक्तिलाई उही स्थानमा राखेको
छु। जहाँ छन् जसरी छन् उनीहरूलाई सुख अनि शान्ति मिलोस् यही कामना गर्छु।

राधिका ढकालले लेखेकाे याे कथा सेताेपाटीबाट साभार गरिएकाे हाे ।

206 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal