कुलमान घिसिङलाई हरिवंशले भने– ‘राम्रो मान्छे लैजाँदैछन् भन्ने सुनेको छु, शुभकामना’

२०७९ भाद्र १९ गते, आईतवार

वरिष्ठ कलाकार हरिवंश आचार्यले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्राधिकरणमा पुनः नियुक्ति गर्दा अहिले नेपालले बिजुली व्यापार गरिरहेको र उहाँको काम प्रशंसायोग्य रहेको बताएका छन् । 

शुक्रवार विद्युत् प्राधिकरणले काठमाण्डाैमा गरेकाे कार्यक्रममा आचार्यले विद्युतको क्षेत्रमा भएको उपलब्धि घिसिङका कारण सम्भव भएको भन्दै राम्रो व्यक्तिलाई सबैले आफूतिर लैजाने गरेको बताए ।  

उनले नेकपा (माओवादी केन्द्र) ले काठमाण्डाैबाट आउँदाे मङ्सिर ४ गते हुने चुनावमा उम्मेदवार बनाउन लागेको भन्ने चर्चाप्रति इङ्गित गर्दै राम्रो मान्छेलाई लैजाने भन्ने हल्ला सुनेको छु भन्दै शुभकामना व्यक्त गरे ।

उनले भने, कुलमान जस्तो मानिस चाहिन्छ । राम्रो मान्छेलाई जसले पनि लैजान्छन् । लैजाने रे भन्ने हल्ला पनि सुनेका छौँ हामीले । उहाँलाई शुभकामना ।’

कार्यक्रममा बाेल्दै आचार्यले अब बिजुली गाडीबाहेकका गाडी आयात नै गर्न नपाउने नियम अवलम्बन गर्नुपर्ने बताए ।

उनले बिजुली गाडीकाे भन्सार घट्यो भने कर्मचारीलाई तलब दिने पैसा हुँदैन भन्ने सोचेर सरकारले बिजुली गाडीकाे कर बढाइरहेको दाबी गरे । उनले सरकारले बिजुली गाडीको कर बढाउँदा आफूले बिजुली गाडी चढ्न नपाएको गुनासो गरे । 

उनले भने, मैले एउटा बिजुली गाडी चढ्ने सपना बनाएको थिएँ । त्यो सपनाका लागि केही रकम मैले बुझाइ पनि सकेको छु र केही रकम सहुलियत पनि दिने वाचा गर्नुभएको छ । तर बजेट भाषणले गर्दा मैले जुन बिजुलीकाे गाडी चढ्न पाउने सपना थियो त्यो गाडी अहिले आइरहेको छैन ।

श्रीमतीले मलाई जहिले पनि प्रश्न गर्दछिन् । हजुहरूको गाडी के भयो, नआउने भयो ? भन्छिन् ।अब बिजुलीका गाडीबाहेक अरू गाडी आयात नै गर्न नपाउने नियम अवलम्बन गर्नुपर्दछ । सार्वजनिक गाडीहरू पूर्ण विद्युतीयकरण हुनुपर्दछ ।’

वरिष्ठ कलाकार आचार्यले नेपालले युवाको ऊर्जा बेचेर नभइ विद्युतीय ऊर्जा व्यापार गरेर देशलाई समृद्धिको दिशामा अघि बढाउने कुरामा जोड दिनुपर्ने बताए ।

उनले नेपालको निर्यात र आयातको स्थिति राजमार्ग हेरेर थाहा हुने व्यङ्ग्य गर्दै देब्रेतिरको बाटो भन्दा दायाँतिरको बाटोमा खाल्डो पर्ने गरेर निर्यात गर्न जरुरी रहेको बताए ।

 पछिल्लो समय बिजुलीकाे माध्यमबाट नेपालमा शुभ सङ्केत देखिन थालेको भन्दै बिजुलीको विकाससँगै नेपालको औद्योगिक विकास पनि सुरु हुने विश्वास पलाएको उनकाे भनाइ थियाे । 

194 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

२०८३ असार १ गते, सोमबार

जेनजी भन्योः अजय सोडारी र विर्जन विश्वकर्मामाथि गृहमन्त्रीको प्रतिशोध

२०८३ असार १ गते, सोमबार

नेपालको २.१२ खर्बको बजेट महत्त्वाकाङ्क्षी, तर कार्यान्वयन चुनौतीपूर्ण  : नेपाल डेभलपमेन्ट वाच

२०८३ असार १ गते, सोमबार

नेपालको सीमामा नेपालीलाई नै त्रास

२०८३ असार १ गते, सोमबार

#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन

२०८३ असार १ गते, सोमबार

त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश

२०८३ जेष्ठ ३१ गते, आईतवार

विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए

२०८३ जेष्ठ ३१ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal