२४ घण्टाभित्र राजस्व तिर्न काठमाण्डाै फन पार्कलाई महानगरकाे ‘अल्टिमेटम’ नतिरे सि,लबन्दी गर्ने चे,तावनी

२०७९ भाद्र १५ गते, बुधबार

काठमाण्डाै महानगरपालिकाले प्रदर्शनीमार्गमा रहेको काठमाण्डाै फन पार्कलाई २४ घण्टाभित्र राजस्व तिर्न अल्टिमेटम जारी गरेको छ ।

महानगरपालिकाको राजस्व विभागले आज बुधवार विज्ञप्ति निकालेर २४ घण्टाभित्र व्यवसाय, बहाल, मनोरञ्जन र विज्ञापन कर तिर्ने समय दिएको हो ।

यदि २४ घण्टाभित्रमा महानगरलाई बुझाउनुपर्ने राजस्व नबुझाएमा फनपार्क सि,लबन्दी गर्ने चे,तावनी महानगरले दिएको छ ।

फन पार्कले सात वर्षदेखि कर नतिरेका कारण भोलि बिहीवार बेलुकासम्म बक्यौता कर नतिरे बन्द गर्ने चेतावनी दिएको महानगरको राजस्व विभागले जनाएको छ ।

समाज कल्याण परिषद्को स्वमित्वमा रहेको क्षेत्रमा काठमाण्डाै फन पार्क प्रालिले भाडामा भौतिक संरचनाहरू निर्माण गरेर खेल गतिविधि सञ्चालन गर्दै आएको छ ।

सामाज कल्याण परिषद्को भृकुटीमण्डपमा रहेकाे फनपार्कले ६० रोपनी जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको भन्दै अ,ख्तियार दु,रुपयोग अनुसन्धान आयोगले यसअघि १४ जनाविरुद्ध मु,द्दासमेत दायर गरेको थियो । 

198 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal