हलले ‘शाे’ नदिने हाे भने चाेक–चाेकमा प्राेजेक्टर लगाएर फ्लिम देखाउँछु : प्रदीप खड्का

२०७९ भाद्र १० गते, शुक्रबार

अभिनेता प्रदीप खड्काले फिल्म प्रदर्शन खुला प्रतियोगिता भएको भन्दै पूर्वाग्रही भयो कि भएन त्यो चाँहि ठूलो कुरा भएको बताएका छन् । 

शुक्रवार काठमाण्डाैमा भएकाे एक कार्यक्रममा उनले भने, हाम्रो फिल्मको आउटलुक हेर्दा आम मानिसलाई कभर गर्न नसक्ला भनेर आँकलन गरे पनि कसैले फिल्म झुर छ, राम्रो छैन भनेर ट्यागै त लगाउन भएन नि ।’ 

वितरकले आफ्नाे फिल्म प्रकाश नहेरि प्रदर्शनमा रोक लगाउन खोजेको र हेरेका दर्शकले राम्रो प्रतिक्रिया दिइरहेको अभिनेता खड्काकाे भनाइ छ । उनले ललितपुरको सबैभन्दा ठूलो हल लबिम मल रहेको उल्लेख गर्दै त्याे हलमा पनि ३ बजेपछि शो नै नभएको गुनासाे गरे ।

उनले भने, ‘साना हलहरूले बिहान, दिउँसो र बेलुका शो दिइराखेका छन् तर ठूला हलहरूले अरू फिल्मलाई ५ बजेपछि दुई/दुई शो दिने गर्छन्, ८ बजे, ९ बजे, ६ बजेको शो ।’ 

अभिनेता खड्काले प्रकाश फिल्म वैचारिक फिल्म भएको दाबी गर्दै देशभरका दर्शकले आफूलाई हलमा फिल्म हेर्न चाहे पनि शो नै नभएको भन्दै खबर पठाएको सुनाए ।

आफू अभिनित प्रकाश चलचित्रलाई पर्याप्त शो नदिइए र यस्तै समस्या भइरहे चोक–चोकमा प्रोजेक्टर लगाएर भए पनि चलचित्र देखाउने बताए । वितरकले आफ्नो फिल्मप्रति सहानुभूति नदेखाएको पनि उनको गुनासो छ ।  

वितरकले सबै फिल्मलाई बराबर प्रदर्शन गर्नुपर्ने जोड दिँदै उनले भने, फिल्म चलेन भनेमात्र अर्को फिल्म दिनुपर्छ, फिल्मको रेस्पोन्स नै नहेरि र विश्लेषण नै नगरि यस्तो गर्नुमा मैले चाहिँ कहीँ न कहीँ नियतमै खो,ट देखेको छु ।’ 

यस्तै फिल्म निर्माता महेन्द्र अधिकारीले आफूहरू अन्यायमा परेको महसुस भएको बताए । प्रकाश फिल्म दर्शकका लागि बनाइएको भन्दै दर्शकले चाहेको कुनै पनि समयमा फिल्म हेर्न पाउनुपर्नेमा वितरकले ध्यान दिनुपर्ने उनको भनाइ थियो । उनले आफूले गरेको दुःखलाई दर्शकले हेर्न नपाउनु दुःखद भएको भन्दै आक्रोश पोखे । 

यस्तै फ्लिमका स्क्रिप्ट–राइटर विकास सुवेदीले प्रकाश फिल्ममा नेपालीको वास्तविक जीवन झल्किएको स्पष्ट पारेका छन् । उनले नेपालको वास्तविक तथ्य बोकेर आएको फ्लिम चल्ने फिल्म होइन भनेर साइड लाग्नु निकै दुःखद भएको धारणा राखे । नचल्ने र दर्शकले कम रूचाउने आँकलन गरेका फिल्मले नै दर्शकको मन जित्ने उनको विश्वास छ । 

207 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal