त्यो मोटरसाईकल लिएर अब कहिले घर फर्किने छैनन् सञ्जय : परिवारमा रु,वाबासी
पूर्प-पश्चिम राजमार्ग अन्तरगत बुटवल-१२ नयाँगाउँको सडक छेउमा एक युवा मृ’त अवस्थामा फेला परेका छन् ।
बुटवल-११ कालिकानगरका २८ वर्षीय संजय खत्री मोटरसाइकलसँगै दु,र्घटनाग्रस्त अवस्थामा मँगलबार विहान मृ’त अवस्थामा भेटिएका हुन् ।
सडक छेउमा लु ३६ प ४७४२ नम्बरको मोटरसाइकलसँगै खत्री मृ’त अवस्थामा भेटिएको लुम्बिनी प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
श’वलाई थप अनुसन्धान तथा पो’स्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको छ ।
यस्तै -: नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र) सँगको सहकार्य चुनावका लागि मात्रै भएको बताएका छन् ।
मंगलबार नेकपा (माओवादी केन्द्र) को केन्द्रीय पार्टी कार्यालय पेरिस डाँडामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको भेटपछि यस्तो बताएका हुन् ।
उनले नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच आगामी प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर प्रतिष्पर्धा गर्ने बताए ।
उनले पार्टीको लक्ष्य नेपालमा अग्रगामी परिवर्तनको एजेण्डा बाँकी रहेको र त्यसलाई पूरा गर्नका निम्ति एक्लाएक्लै चुनावमा प्रतिष्पर्धा गर्ने स्थिति नरहेको उल्लेख गरे ।
उनले मिलेर र नयाँ आधारमा एकतावद्ध भएर जानु नै अहिलेको आवश्यकता भएको बताए । उनले आगामी दिनमा वृहत अग्रगामी शक्तिहरूको धुव्रीकरण गरेर देशलाई विकास, सुशासन, समृद्धिको दिशामा लिएर जाने पार्टीको लक्ष्य रहेको बताए ।
अध्यक्ष भट्टराईले भने ‘नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच आगामी प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह गोलाकार भित्रको हँसिया हतौडा लिएर प्रतिष्पर्धा गर्नेछौँ । त्यही अनुसार निर्वाचन आयोगमा दल दर्ता गराएका छौँ ।
तत्काल चुनावी प्रयोजनका निम्ति मात्रै हो । हाम्रो लक्ष्य चाहिँ नेपालमा जुन ढंगको अग्रगामी परिवर्तनको एजेण्डा बाँकी छन्, त्यसलाई पूरा गर्नका निम्ति हामी एक्लाएक्लै भन्दा पनि मिलेर र नयाँ आधारमा एकतावद्ध भएर जानु अहिलेको ऐतिहासिक आवश्यकता भएकाले त्यो दिशातिर पनि उन्मुख हुने हिसावले लिएका छौँ ।’
उनले थपे, ‘तत्काल दुई पार्टीबीच चुनावी तालमेल गरेर अघि बढ्छौँ । हाम्रो लक्ष्य चाहीँ आगामी दिनमा वृहत अग्रगामी शक्तिहरूको धुव्रीकरण गरेर देशलाई विकास, सुशासन, समृद्धिको दिशामा लिएर जाने संकल्प छ । नेपाल समाजवादी पार्टी गठबन्धनको एउटा अंग हो । भित्र बाहिर भन्ने कुराको भ्रम नपरोस् । जे सहमति हुन्छ त्यही अनुसार चुनाव लड्छौँ ।’
अध्यक्ष भट्टराईले नेपाल समाजवादी पार्टी पनि गठबन्धनकै अंग भएको दाबी गरे । गठबन्धनमा भएको सहमतिकै आधारमा आगामी प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सहभागी हुने बताए ।
यस्तै,,प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीमति र सालाहरु अगाडि सारेर देशमा भ्रष्टाचार गरिरहेको आरोप लगाएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले प्रधानमन्त्री देउवाले आफन्तमार्फत् देशलाई दुःख दिएको र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले छोरीलाई मेयर बनाउन मरिहत्ते गरेकै कारण केहीले राजनीतिलाई घृणा गरेको जिकिर समेत गरे ।
मंगलबार काठमाडौंमा आयोजित ‘युवा महिला र राजनीति’ विषयक विचार गोष्ठीमा बोल्दै उनले व्यापारीका प्रतिनिधिलाई ल्याएर करको दर हेरफेर गरेपछि राजनीतिमा घृ,णाभाव जागृत भएको तर्क समेत गरे ।
अध्यक्ष ओलीले सत्तारुढ दलका नेताहरुले राजनीतिक नगरेको उल्लेख गर्दै त्यसका वि,रुद्ध लड्न पनि सबैलाई आह्वान गरे । राजनीति देशका लागि, जनताका लागि, विश्व शान्ति र मानवजातिको हितका लागि हुनुपर्ने भन्दै उनले त्यसको पक्षमा आफूहरु दृढतापूर्वक उभिरहेको दा,बी समेत गरे
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





