साउदीमा दु,र्घटनामा परेर ग,म्भिर घा,इते भई नेपालमा उपचार, आर्थिक सहयोगका लागि परिवारको हा,रगुहार !

२०७९ श्रावण २९ गते, आईतवार

गएको जनवरी १३ मा साउदी अरबमा सडक दु,र्घटनामा परेर गम्भिर घा,इते भई हाल नेपालमा उपचाररत रामबहादुर तामाङको उपचारका लागि परिवारले आर्थिक सहयोगको अपिल गरेको छ ।

कम्पनीले तीन महिना उपचार गरेर बेवास्था गरेपछि नेपाल ल्याइनुभएका तामाङको उपचार गरिरहेको परिवार अहिले आर्थिक अभावमा परेको हो ।

कम्पनी र अस्पतालले उपचारमा बेवास्था गरेपछि साउदीस्थित नेपाली दूतावास, विभिन्न नेपाली संस्थाहरु र वैदेशिक रोजगार बोर्डको पहलमा टिकट काटेर नेपाल एअरलाइन्सको जहाजमार्फत् साउन ४ गते रामबहादुरलाई नेपाल ल्याइएको थियो ।

रामबहादुरलाई नेपाल ल्याएर एक हप्ता नर्भिक अस्पतालमा उपचार गरियो । नर्भिकले गर्नेजति सबै उपचार सकिएको र अब थेरापी मात्रै बाँकी छ भनेपछि परिवारले डेढ लाख रुपैयाँ तिरेर शंखमुलको आयुष अस्पतालमा थेरापीसहितको उपचार गराइरहेको छ ।

रामबहादुरको अहिले दिनमा दुई पटक थेरापी हुन्छ । बिहान ८ बजेदेखि ११ बजेसम्म र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म ।

आफ्ना श्रीमान् रामबहादुर तामाङको अनुहार हेर्दै टोलाइरहनुभएकी काभ्रे रोशी गाउँपालिकाकी बसन्ती तामाङ १० दिनकै फिजियो थेरापी गरेको ५० हजार रुपैयाँ खर्च लाग्ने भएकाले गाह्रो भएको बताउनुहुन्छ । “थेरापी मात्रै नभएर औषधि पनि त्यति नै महंगो छ ।

रामबहादुरले कमाएको पैसा उपचारमै सकिसक्यो । ऋ,ण खोजेर अब माग्न जाने ठाउँ पनि कतै कतै छैन । साउदीमा रहेका नेपालीहरुले रामबहादुर बचाउँ अभियान मार्फत ६ लाख ९ हजार ३६४ रुपैयाँ प्रप्त भएको छ ।

यो रकमले अहिलेलाई केही राहत भए पनि सरकारले नहेर्दा खर्च धान्न गाह्रो भएको छ । बसन्ती बताउनुहुन्छ ।रामबहादुर अहिले पनि बोल्न सक्नुहुन्न । कोही चिनेको जस्तो लाग्ने व्यक्ति आउँदा आँखा घुमाएर टोलाउनुहुन्छ ।

नाकमा लगाइएको मसिनो पाइपबाटै झोलिलो खानेकुरा दिइन्छ । आँखा खुल्ला नै हुन्छन् । कतिबेला निभाउनुहुन्छ । कोही चिनेको जस्तो लागेमा हेरिरहनुहुन्छ । तर बोल्न सक्नुहुन्न । कतिबेला हातखुट्टा चलमलाउनुहुन्छ ।

श्रीमानले यत्तिको चलमल गर्दा केही आशा बढ्न थालेको बसन्ती बताउनुहुन्छ ।

वैदेशिक रोजगारीमा गएका श्रमिक करार अवधि सकिएको एक वर्षभित्र दु,र्घटना वा गम्भीर बि,रामी भएमा सात लाख रुपैयाँसम्म उपचार खर्च वैदेशिक रोजगार बोर्डले बेहोर्ने व्यवस्था भएपनि करार तथा भिसाको म्याद सकिएका कारण सरकारले रामबहादुरको उपचार खर्चमा सहयोग गरेन ।

विदेशबाट पठाएको रेमिट्यान्स राज्यको आम्दानीमा गणना भयो तर छोरो गम्भीर बि,रामी हुँदा राज्यले हेला गरेको छ । कागजात बोकेर छोराको उपचारमा सहयोगको आचना गर्दै वैदेशिक रोजगार बोर्डमा धाएर निराश बन्दै फर्किनुभएका रामबहादुरका बुवा गुनासो गर्नुहुन्छ ।

करार अवधिभित्र वा करार अवधि नाघेको एक वर्षभित्रको समयमा यस्ता दु,र्घटना वा बिरामी भएमा मात्रै वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोषबाट उपचार खर्च बेहोर्ने व्यवस्था छ ।

त्यसको लागि पनि श्रम स्वीकृति लिएर गएको हुनुपर्छ । करार अवधि सकिएर पनि एक वर्ष नाघेको अवस्थामा पनि यस्ता पीडितले राहत तथा उपचार खर्च पाउन् भनेर श्रम मन्त्रालयले गएको असारमा एउटा कार्यदल गठन गरेको छ ।

तर कार्यदल अध्ययनकै क्रममा रहँदा रामबहादुरको परिवार सहयोगका लागि हारगुहार गर्नुपर्ने अवस्थामा पुगेको छ ।

173 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal