साउदीमा दु,र्घटनामा परेर ग,म्भिर घा,इते भई नेपालमा उपचार, आर्थिक सहयोगका लागि परिवारको हा,रगुहार !

२०७९ श्रावण २९ गते, आईतवार

गएको जनवरी १३ मा साउदी अरबमा सडक दु,र्घटनामा परेर गम्भिर घा,इते भई हाल नेपालमा उपचाररत रामबहादुर तामाङको उपचारका लागि परिवारले आर्थिक सहयोगको अपिल गरेको छ ।

कम्पनीले तीन महिना उपचार गरेर बेवास्था गरेपछि नेपाल ल्याइनुभएका तामाङको उपचार गरिरहेको परिवार अहिले आर्थिक अभावमा परेको हो ।

कम्पनी र अस्पतालले उपचारमा बेवास्था गरेपछि साउदीस्थित नेपाली दूतावास, विभिन्न नेपाली संस्थाहरु र वैदेशिक रोजगार बोर्डको पहलमा टिकट काटेर नेपाल एअरलाइन्सको जहाजमार्फत् साउन ४ गते रामबहादुरलाई नेपाल ल्याइएको थियो ।

रामबहादुरलाई नेपाल ल्याएर एक हप्ता नर्भिक अस्पतालमा उपचार गरियो । नर्भिकले गर्नेजति सबै उपचार सकिएको र अब थेरापी मात्रै बाँकी छ भनेपछि परिवारले डेढ लाख रुपैयाँ तिरेर शंखमुलको आयुष अस्पतालमा थेरापीसहितको उपचार गराइरहेको छ ।

रामबहादुरको अहिले दिनमा दुई पटक थेरापी हुन्छ । बिहान ८ बजेदेखि ११ बजेसम्म र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म ।

आफ्ना श्रीमान् रामबहादुर तामाङको अनुहार हेर्दै टोलाइरहनुभएकी काभ्रे रोशी गाउँपालिकाकी बसन्ती तामाङ १० दिनकै फिजियो थेरापी गरेको ५० हजार रुपैयाँ खर्च लाग्ने भएकाले गाह्रो भएको बताउनुहुन्छ । “थेरापी मात्रै नभएर औषधि पनि त्यति नै महंगो छ ।

रामबहादुरले कमाएको पैसा उपचारमै सकिसक्यो । ऋ,ण खोजेर अब माग्न जाने ठाउँ पनि कतै कतै छैन । साउदीमा रहेका नेपालीहरुले रामबहादुर बचाउँ अभियान मार्फत ६ लाख ९ हजार ३६४ रुपैयाँ प्रप्त भएको छ ।

यो रकमले अहिलेलाई केही राहत भए पनि सरकारले नहेर्दा खर्च धान्न गाह्रो भएको छ । बसन्ती बताउनुहुन्छ ।रामबहादुर अहिले पनि बोल्न सक्नुहुन्न । कोही चिनेको जस्तो लाग्ने व्यक्ति आउँदा आँखा घुमाएर टोलाउनुहुन्छ ।

नाकमा लगाइएको मसिनो पाइपबाटै झोलिलो खानेकुरा दिइन्छ । आँखा खुल्ला नै हुन्छन् । कतिबेला निभाउनुहुन्छ । कोही चिनेको जस्तो लागेमा हेरिरहनुहुन्छ । तर बोल्न सक्नुहुन्न । कतिबेला हातखुट्टा चलमलाउनुहुन्छ ।

श्रीमानले यत्तिको चलमल गर्दा केही आशा बढ्न थालेको बसन्ती बताउनुहुन्छ ।

वैदेशिक रोजगारीमा गएका श्रमिक करार अवधि सकिएको एक वर्षभित्र दु,र्घटना वा गम्भीर बि,रामी भएमा सात लाख रुपैयाँसम्म उपचार खर्च वैदेशिक रोजगार बोर्डले बेहोर्ने व्यवस्था भएपनि करार तथा भिसाको म्याद सकिएका कारण सरकारले रामबहादुरको उपचार खर्चमा सहयोग गरेन ।

विदेशबाट पठाएको रेमिट्यान्स राज्यको आम्दानीमा गणना भयो तर छोरो गम्भीर बि,रामी हुँदा राज्यले हेला गरेको छ । कागजात बोकेर छोराको उपचारमा सहयोगको आचना गर्दै वैदेशिक रोजगार बोर्डमा धाएर निराश बन्दै फर्किनुभएका रामबहादुरका बुवा गुनासो गर्नुहुन्छ ।

करार अवधिभित्र वा करार अवधि नाघेको एक वर्षभित्रको समयमा यस्ता दु,र्घटना वा बिरामी भएमा मात्रै वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोषबाट उपचार खर्च बेहोर्ने व्यवस्था छ ।

त्यसको लागि पनि श्रम स्वीकृति लिएर गएको हुनुपर्छ । करार अवधि सकिएर पनि एक वर्ष नाघेको अवस्थामा पनि यस्ता पीडितले राहत तथा उपचार खर्च पाउन् भनेर श्रम मन्त्रालयले गएको असारमा एउटा कार्यदल गठन गरेको छ ।

तर कार्यदल अध्ययनकै क्रममा रहँदा रामबहादुरको परिवार सहयोगका लागि हारगुहार गर्नुपर्ने अवस्थामा पुगेको छ ।

191 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal