मिस ग्रान्ड २०२२ को विजेता बनाउन लक्ष्मी धमलाको आग्रह

२०७९ श्रावण २३ गते, सोमबार

काठमाडौं । आर. के इन्टरटेन्मेन्ट ग्रुपले मिस ग्रान्ड नेपाल मार्फत वर्षेनि देशको प्रतिनिधित्व गराउँदै विभिन्न देशका फरक फरक टाइटल मार्फत आफ्नो देशलाई चिनाउन आफ्ना प्रतिष्पर्धीहरु तयार पार्दै आएको छ । यसैक्रममा मिस ग्रान्ड नेपाल २०२२ को उपाधीको लागि यतिबेला ओखलढुंगा सिद्दिचरण नगरपालिका–१० कि लक्ष्मी धमला उपाधी जित्न भन्दै निकै कडा प्रतिष्पर्धामा उत्रिएकी छिन।

यतिबेला मिस ग्रान्ड २०२२ को विजेताको लागि भोटिङ राउन्ड खुला भैइसकेको छ । सयौंबाट छानिएर उत्कृष्ट १६ भित्र पर्न सफल कन्टेस्टेन्टहरु उपाधिको लागि भिड्दै छन । धमला भने मिस ग्रान्ड २०२२ को ट्रफी उचाल्ने भन्दै यतिबेला काठमाडौंमा निकै कडा मेहनत गरिरहेकी छिन । तर उनलाई ट्रफी उचाल्नरजित्नको लागि मेहनत गरेर मात्र पनि नहुने भएको छ । धमलालाई धेरै भन्दा धेरै भोटको आवश्यक पर्ने भएको छ । उनी आफैमा एक अब्बल प्रतिस्पर्धीको रुपमा प्रतियोगितामा प्रस्तुति देखाइरहेकी छिन । उनले यतिबेला सबै आमा बुबा , दाजुभाइ , दिदीबहिनी र साथीहरुसङ भोटको अपिल गरिरहेकी छिन । उनी आफैमा एक अब्बल प्रतिभा हुन । उनी मिस ग्रान्डमा विजेता बन्दै अन्य ठुला(ठुला प्लेटफर्म मा पनि आफ्नो प्रस्तुती दिन सक्ने आँट राख्छिन । उनको गृह जिल्ला ओखलढुंगामा भने अहिले निकै चर्चा हुन थालिसकेको छ ।
धमलाले भोट माग्दै भनेकी छिन , ‘ म हजुरहरुकै छोरी चेली यतिबेला मिस ग्रान्ड २०२२ को प्रतिस्पर्धामा भिडिरहेको छु , यहाँहरुको भोटले मेरो अगाडीको यात्रा तय गर्नेछ । तसर्थ सबैले मेरो क्षमता हेरेर मलाई माया गर्नुहुने सबैले आफ्नो मोबाइलमा खल्ती एप डाउनलोड गरि कन्टेस्टेन्ट नमबर ०९ मा धेरै भन्दा धेरै भोट गरिदिनु हुन अनुरोध गर्द्छु । ‘

उनले धेरै भोट आउँने कुरामा आफू बिश्वस्थ रहेको बताएकी छिन । उनी कसैलाई हराउन यो प्रतिस्पर्धामा नआएको र अरु भन्दा केही फरक र आफ्नो बेस्ट दिएर उपाधी जित्न मिस ग्रान्डमा आएको बताउँछिन । उनलाई प्रतिस्पर्धीहरुले समेत बलियो उपाधि दाबेदारको रुपमा हेरेका छन । मिस ग्राण्ड २०२२ एउटा खुड्किला मात्र भएको र आफ्नो जिन्दगीको यात्रामा यस्ता थुप्रै प्रतिष्पर्धा गरेर देशको नाम चिनाउने उदेश्य बोकेर हिडेको बताउँछिन।

भोटिङ सङै यतिबेला ट्रेनिङ सेसन पनि चलिरहेको छ । भदौ ३ गते सम्म भोट्ङ प्रक्रिया खुला रहने आयोजक टिमले जानकारी दिएको छ ।

153 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal