नागरिता मा भएकाे “कुकुर” नामले छाेरा छाेरि र नातिनातिना सम्मलाई स,मस्या

२०७९ श्रावण १८ गते, बुधबार

नागरिकताको प्रमाणपत्रमा १९९० मा जन्मेको मान्छेको २०९० उल्लेख भएको, बाबुभन्दा छोरो जेठो हुने गरी जन्ममिति लेखिएको, शैक्षिक योग्यताका कागजमा एउटा नाम थर तर नागरिकतामा फरक उल्लेख भएको लगायतका त्रुटि धेरै देखिन्छन् ।

गोरे खत्री लेख्ने ठाउँमा गोरु खत्री भएको, इमानसिंह भारतीलाई बेइमानसिंह भारती जस्ता नियतवश नाम बिगारिएका उदाहरण पनि छन् ।

दैलेखमा त आफ्नो नाम कविराम कामी लेख्न भन्दाभन्दै नागरिकता बनाउने टोलीले ‘कुकुर कामी’ नाम राखेर नागरिकता दिएको भेटिएको छ ।

२०४६ जेठ ७ गते गाउँमै गएको नागरिकता टोलीले ‘कुकुर कामी’ लेखेको कारण कविराम ३३ वर्षयता गाउँसमाजमा हुने भेलामा जान छोड्नुभएको छ ।

२०१७ पुस २५ गते जन्मनुभएका कविराम कामीलाई तत्कालीन मेहेलतोली गाउँपञ्चायतका प्रधानपञ्च बखतबहादुर खड्काको सिफारिसमा नागरिकता दिइएको हो ।

त्यसबेला मेहेलटाेली गाउँपञ्चायत, अहिलेको सङ्घीय पुनर्संरचना अघि मेहेलतोली गाविस थियो। नागरिकतामा मेहेलतोली गाउँपञ्चायत–६ लेखिएको ठाउँ सङ्घीय पुनर्संरचनापछि अहिले भगवतीमाई गाउँपालिका ६नं. वडामा पर्दछ।

नागरिकतामा ‘कुकुर कामी’ लेखिएका कबिराम भुन्टाे कामीका कान्छो छोरा हुनुहुन्छ । कविरामभन्दा अघि ६ जना दाजुहरु जन्मिएका थिए । तर जन्मनेबित्तिकै दाजुहरुको ज्यान ग,यो ।

सातौँ सन्तानको रुपमा जन्मिएका कविरामको नाम कुकुर राखे बाँच्न सक्छन् भन्ने पण्डितको सल्लाहमा बाँचून् भनेर राखिएको नाम थियो ‘कुकुर’ । राशीको नाम कविराम आएको थियो, बाँचून् भनेर ‘कुकुर’ नाम भन्ने गरिएका कान्छो छोरा संयोग नै होला बाँच्नु भयो ।

उहाँ त बाँच्नुभयो तर नागरिकतामा ‘कुकुर’ लेखिएकै कारण उहाँ आफैँ, श्रीमती, सात छोराछोरी १३ नाति नातिनीहरु फलानोको श्रीमती, फलानोको छोराछोरी वा फलानोको नातिनातिनी भन्न गा,ह्रो हुने गरेको छ ।

जेठी छोरी लक्ष्मीको जाजरकोटको जुनीचाँदेमा विवाह भएको छ । एक छोरा र तीन छोरी जन्माइसकेकी उहाँले बुबाको नाम उल्लेख गरी नागरिकता लिन अप्ठ्यारो परेर नागरिकता लिनुभएको छैन।

माइली छोरी कल्पनाको भगवतीमाई गाउँपालिका–३ तौलुम विवाह भएर दुई छोरी छन्, उहाँले पनि यही समस्याले नागरिकता बनाउनुभएको छैन ।

जेठो छोरा जयबहादुर (२९) मलेसियामा तीन वर्ष काम गर्नुभयो, बुबाको नागरिकतामा भएको नाम लेखेर पैसा पठाउन गाह्रो लागेर पठाउनुभएन । पछि त्यहाँ झण्डै तीन लाख रुपैयाँ सापटी लिएका नेपाली साथीले फर्काएनन्, उतै पच्यो ।

कान्छी छोरी रत्ना र माइलो छोरा सन्तरामले नागरिकता बनाउनुभएको छ । तर बुबाको नाम ‘कुकुर’ लेखिएकै कारण त्यो नागरिकता देखाउन अप्ठ्यारोले गाउँका समूहमा बस्ने, सामुदायिक क्रियाकलापमा सहभागी वा प्रधानमन्त्री रोजगार कार्यक्रम जस्ता आयआर्जनका कार्यक्रममा सहभागी हुन नगएको रत्नाले बताउनुभयो ।

116 Views

ताजा

थापा र श्रेष्ठको सहकार्यमा नयाँ गीत ‘जिन्दगीको दियो’ सार्वजनिक

२०८१ माघ १६ गते, बुधबार

थापा र श्रेष्ठको सहकार्यमा नयाँ गीत ‘जिन्दगीको दियो’ सार्वजनिक

२०८१ माघ १६ गते, बुधबार

एपी शर्माले ल्याए ‘भ्यालेन्टाइन’ (भिडियो)

२०८१ माघ १६ गते, बुधबार

बिक्न छाडे ठेकी र मदानी

२०८१ माघ ८ गते, मंगलवार

ताइवानमा शक्तिशाली भूकम्प

२०८१ माघ ८ गते, मंगलवार

राष्ट्रपति पौडेलले दिए अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

२०८१ माघ ८ गते, मंगलवार

चैत ५ गते स्ववियु निर्वाचन

२०८१ माघ ८ गते, मंगलवार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए दोस्रो कार्यकालको लागि शपथ

२०८१ माघ ८ गते, मंगलवार

सासद ढकाल अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहणमा सहभागि हुने

२०८१ माघ ५ गते, शनिबार

साँघुरो ठाउँमा प्रत्यारोपण केन्द्रको सेवा

२०८१ माघ ४ गते, शुक्रबार

३५ स्थायी शिक्षकले बुझाए सामूहिक राजीनामा

२०८१ माघ ४ गते, शुक्रबार

लोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal