कस्ताे अचम्म: २१३ जनाले लाइसेन्सको ट्रायल दिँदा २३७ जना पास !

२०७९ श्रावण १३ गते, शुक्रबार

सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण गर्ने यातायात व्यवस्था कार्यालय, लुम्बिनीमा व्यापक अनियमितता हुने गरेको पाइएको छ ।

सिधै मोलमोलाइ गरेर लाइसेन्स वितरण गर्ने गरेको पाइएको हो ।कार्यालय प्रमुखसहित कार्यालयकै जिम्मेवार अधिकारीहरूको मिलेमतोमा १ लाख ५० हजारसम्ममा लाइसेन्स बिक्री हुने गरेको आरोपसहितका उजुरी परेका छन् ।

हेभी सवारीको लाइसेन्सका लागि उक्त परिमाणमा रकम लिएको आ,रोप छ ।यातायात व्यवस्था कार्यालय लुम्बिनी, लाइसेन्समा कार्यालय प्रमुख तेज नारायण यादव छन् ।

२१३ ले परीक्षा दिँदा २३७ जना पास ? सबैभन्दा रोचक कुरा त के भने केही साताअगाडि यातायात व्यवस्था कार्यालय लुम्बिनीले लाइसेन्सका लागि २१३ जनाको परीक्षा लिँदा २३७ जना उत्तीर्ण भए । लाइसेन्सको परीक्षामा शतप्रतिशत पास हुनु त अचम्मको कुरा हो भने यहाँ त परीक्षा दिएका भन्दा बढी उत्तीर्ण भएपछि यातायात व्यवस्था कार्यालय लुम्बिनीमा हुँदै आएको अनियमितता र लाइसेन्स बेचबिखनको पर्दाफास भयो ।

ट्रायल (परीक्षा) दिएका भन्दा बढी कसरी उत्तीर्ण भए त ? ट्रायलमै सहभागी नभएकासँग १ लाख ५० हजार रुपैयाँसम्म लिएर हेभी इक्विपमेन्टको लाइसेन्स बिक्री गरेको भन्दै लुम्बिनी प्रदेशको श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालयमा उ,जुरी परेको छ ।

उजुरी आएपछि मन्त्रालयका तत्कालीन सचिव कुमारप्रसाद दाहालले ‘एक्सन’ लिए । उजुरीमा लगाइएको आ,रोपका सम्बन्धमा छानबिन शुरू भयो ।मन्त्रालयले दुईपटकसम्म यातायात व्यवस्था कार्यालय लुम्बिनी लाइसेन्सलाई पत्राचार गरेको थियो । तर, दुर्भाग्य ! सचिव दाहालको निर्धारित समयागावै काज फिर्ता भयो ।

उनी मुख्यमन्त्री कार्यालयबाट काजमा उक्त मन्त्रालयमा गएका थिए ।‘लाइसेन्समा सबै कर्मचारीको मिलेमतोमा ब,दमासी भइरहेको छ’ दाहालले लोकान्तरसँग भने, यादवसहित सबै मिलेर व्यापक पैसा उठाएर परीक्षामै सहभागी नभएकाहरूलाई पनि लाइसेन्स बिक्री गरेका छन् ।

मैले केही सुधार गर्न थाल्छु भनेको उल्टै सरुवा गराइयो ।’दाहालले थपे, मलाई त केही दुःख छैन, यो विषय बाहिर ल्याएँ । म अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा छु । यस्तो प्रवृत्ति चेञ्ज नभएसँग देशमा सुधार कहिल्यै हुँदैन ।’अहिले श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालयमा गृह मन्त्रालयबाट सह–सचिव दीपकराज नेपाल सचिव भएर आएका छन् ।

दाहाल मन्त्रालयको जिम्मेवारीमा आउनुअघि मुख्यमन्त्री कार्यालयमा कार्यरत रहँदा नै लाइसेन्स वितरणमा हुने गरेको अनियमितताबारे पहिलेदेखि नै जानकार थिए ।यादवकै द,बाबमा दाहाललाई मुख्यमन्त्री कार्यालयमा फिर्ता पठाइएको कार्यालयकै कर्मचारीहरू बताउँछन् । यादव यसअगाडि यातायात व्यवस्था कार्यालय लुम्बिनीबाटै निलम्बनमा परेका थिए ।

यादवले लामो समयदेखि करारमा काम गर्दै आएका कर्मचारीलाई हटाएर आफू अनुकूलका कर्मचारीलाई राखेका छन् । ती कर्मचारी अहिले लाइसेन्स फाँटमा कार्यरत रहेको बताइएको छ ।

यादवले सबै पार्टीका कार्यकर्तालाई मिलाएर नयाँ कर्मचारी करारमा समेत राखेका छन् ।७ वर्षदेखि करारमा काम गर्दै आएका नवलपरासी सुनवलका एक कर्मचारीले कार्यालय प्रमुखले आफू अनुकूल काम गर्न नपाएपछि आफूहरूलाई हटाएको बताए । नाम नबताउने शर्तमा उनले भने, एक महिना तपाईं बिदामा बस्नुहोस्, त्यसपछि करार थप गरिदिन्छु भनेपछि बिदामा बसें । पछि करार थप गरिदिएनन् ।’

आफू अनुकूल काम गर्न नमान्ने करारका कर्मचारीलाई यसैगरी हटाउने गरिएको उनको गुनासो छ । आफूजस्ता सोझा मानिसहरूलाई मोहोरा बनाएर व्यापक आर्थिक चलखेल हुने गरेको उनको आ,रोप छ ।

काम गर्न नसकेको आरोप लगाएर उनीसहित ५ जना कर्मचारीलाई हटाइएको थियो ।कुनै बेला यातायात व्यवस्था कार्यालय, भेरी (नेपालगञ्ज)लाई लाइसेन्स व्यापारको अखडा मानिन्थ्यो, अहिले त्यो रोग बुटवलमा सरेको छ ।यसबारे प्रतिक्रिया लिन खोज्दा कार्यालय प्रमुख यादव बिदामा बसेका रहेछन् ।हाल निमित्त कार्यालय प्रमुख रहेका आलोककुमार ओझा आफूलाई केही थाहा नभएको भन्दै पन्छिए ।

‘यो विषयमा म केही जानकार छैन, मलाई नसोध्नुहोस्’ उनले भने ।लुम्बिनी प्रदेशकी श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्री पुर्मती ढेंगाले यस विषयमा आफूले सचिवसँग बुझ्ने बताइन् ।यता सचिव दीपक नेपालले भने गु,नासो नआउने गरी काम गर्न निर्देशन दिइसकेको बताए ।

लाइसेन्स कार्यालय लुम्बिनी बाग्मतीपछि सबैभन्दा बढी सेवाग्राही आउने कार्यालय हो । यहाँ लुम्बिनीका १२ जिल्ला मात्र होइन, छिमेकी प्रदेश गण्डकीबाट पनि सेवाग्राहीहरू आउने गर्छन् ।

183 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा

२०८३ असार ३ गते, बुधबार

राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता

२०८३ असार ३ गते, बुधबार

पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको

२०८३ असार ३ गते, बुधबार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal