बीमाकाे रकम लिन युवककाे ह,त्या, ६ जना प,क्राउ
बाँकेको कोहलपुरका २१ वर्षीय सर्जन विकको याेजनाबद्ध रूपमा ह,त्या गरी बीमा कम्पनीबाट भुक्तानी लिने ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
ठूलो रकमको बीमा गरेर युवकको याेजनाबद्ध ह,त्या गरी भुक्तानीसमेत लिइसकेका ६ जना दोषीलाई प्रहरीले सार्वजनिक गरेको हो ।
काठमाण्डौमा शुक्रवार पत्रकार सम्मेलन गरेर प्रहरी प्रधान कार्यालय अन्तर्गत केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प,क्राउ परेका दुई जना महिला र चार जना पुरुषलाई सार्वजनिक गरेकाे हाे ।
प,क्राउ पर्नेमा मृ,तकसँग नक्कली विवाह गरी बीमाबाट प्राप्त दुई करोड ५० लाख रुपैयाँ लिएकी २१ वर्षीया सपना मल्ल, मुख्य योजनाकार ३१ वर्षीय सञ्जीव अर्याल, सञ्जीव अर्यालसँग पूर्व चिनजान एवम् बीमा एजेन्ट ३२ वर्षका सरदार अहमद खाँ, सपना मल्ललाई विदेश लैजाने भनी चिनाइएका व्यक्ति ३३ वर्षका टोपबहादुर राना क्षेत्री, काठमाण्डौमा बीमाको भुक्तानी लिन सपना मल्ललाई ल्याउने ३८ वर्षका दीपक केसी र विवाह गरेर विदेश जाँदा फाइदा हुन्छ भनेर प्रतिवादी सपना मल्ललाई सञ्जीवसँग चिनजान गराउने वर्ष २१ की ललिता सापकोटा रहेका छन् ।
यो समूहले गरिब परिवारका विकको परिवारलाई डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया लैजाने भन्दै नक्कली विवाह गराइ दुई करोड ५० लाख रुपैयाँको बीमासमेत गराएको पाइएको छ ।
नक्कली विवाह गरी इच्छाइएको व्यक्तिको नाममा नक्कली श्रीमतीको नाम राखेर बैंक खाता खोलिएको र बीमा गराइएको पाइएको प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीले बताउनुभयो । उहाँले वार्षिक आम्दानी दुई लाख रुपैयाँमात्रै भएका युवकको दुई करोड ५० लाख रुपैयाँ बराबरको बीमा गराइएको र ती युवकलाई योजनामै हत्या गरिएको पाइएको बताउनुभयो ।
ह,त्यापछि इन्सुरेन्सबाट आएको पैसा उनीहरूले बाँडेर लिएका पाइएको सुवेदीले जानकारी दिनुभयो ।
उहाँले सपना मल्लको खातामा आएको दुई करोड ५० लाख रुपैयाँमा ८० लाख ३६ हजार रुपैयाँ सञ्जीव अर्यालको खातामा, ६० लाख दीपक केसीको खातामा, सपनाकी आमा छविकुमारी मल्लको खातामा १७ लाख ४६ हजार, सपना मल्लाको खातामा ४६ लाख ८९ हजार पुगेको बताउनुभयो ।
त्यो रकमबाट तीन लाख तीन हजार पाँच सय एटीएम कार्डबाट निकालिएको, दुई लाख ६९ हजार नौ सय स्वाइप गरेर निकालिएको र पाँच हजार तीन सय १६ रुपैयाँ रिचार्ज गरिएको पाइएको बताउनुभयो । मृ,तकसँग एक पटक विवाह दर्ताका बेलामा मात्रै भेट भएकोले विवाह नक्कली भएको प्रमाणित हुने बताउनुभयो ।
दुई करोड ५० लाख रुपैयाँ बराबरको इन्सुरेन्स गराइएका सर्जन विकको २०७८ वैशाख २ गते बाँकेको कोहलपुरमा मोटरसाइकल दु,र्घटनामा ज्यान गएको बताइएको थियो ।
मोटरसाइकल चलाउने लाइसेन्ससमेत नभएका विकलाई टोपबहादुर राना क्षेत्री भन्ने व्यक्तिले चलाएको मिनीबसले ठ,क्कर दिएपछि विकको ज्यान गएको थियो । दु,र्घटनामा विकको ज्यान गएपछि क्षेत्रीमाथि इलाका प्रहरी कार्यालय कोहलपुरबाट सवारी ज्यान मु,द्दा चलाइएकामा २०७८ माघ २५ मा फैसला हुँदा उनलाई एक महिना कैद र दुई हजार रुपैयाँ जरिबाना गरी छाडिएको थियो ।
मु,द्दा सकिएलगत्तै प्रहरी प्रतिवेदनका आधारमा मृ,त्यु दर्ता, दु,र्घटनाको प्रमाण आदि पेस गरी यो समूहले रिलायन्स इन्सुरेन्सबाट दुई करोड ५० लाख रुपैयाँ भुक्तानी लिएका थिए ।
ताजा
Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning
२०८३ असार २ गते, मंगलवार
Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning
२०८३ असार २ गते, मंगलवार
गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड
२०८३ असार २ गते, मंगलवार
MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता
२०८३ असार २ गते, मंगलवार
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
२०८३ असार १ गते, सोमबार
जेनजी भन्योः अजय सोडारी र विर्जन विश्वकर्मामाथि गृहमन्त्रीको प्रतिशोध
२०८३ असार १ गते, सोमबार
नेपालको २.१२ खर्बको बजेट महत्त्वाकाङ्क्षी, तर कार्यान्वयन चुनौतीपूर्ण : नेपाल डेभलपमेन्ट वाच
२०८३ असार १ गते, सोमबार
नेपालको सीमामा नेपालीलाई नै त्रास
२०८३ असार १ गते, सोमबार
#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन
२०८३ असार १ गते, सोमबार
त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश
२०८३ जेष्ठ ३१ गते, आईतवार
विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए
२०८३ जेष्ठ ३१ गते, आईतवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





