केराको महत्वको बारेमा धेरै वैज्ञानिक अनुसन्धानहरु केराको फुल(बुङ्गा) खानुका यस्ता फाइदा जानिराखौ…

२०७९ श्रावण १० गते, मंगलवार

केरा स्वास्थ्यका लागि अति नै फाइदाजनक छ। यसका साथै केराको फुल अर्थात् (बुङ्गा) लाई पनि स्वास्थ्यका दृष्टिकोणले लाभदायी मान्ने गरिन्छ।

केराको बुङ्गाको महत्वको बारेमा धेरै वैज्ञानिक अनुसन्धानहरु भएका छन् । यी अनुसन्धानबाट देख्नमा आकर्षक मात्रै नभएर स्वास्थ्यको लागि समेत केराको बुङ्गा लाभदायक हुने कुरा प्रमाणित भइसकेको छ । केराको बुङ्गालाई केराको बोटको मुटुको मान्ने गरिन्छ । यसलाई हामी उपयोगी खाद्य पदार्थको रुपमा पनि प्रयोग गर्न सक्छौं ।

-एनिमिया अर्थात् रगतको कमि भएको समयमा केराको फुलको प्रयोग गरिन्छ। यसको सेवनले शरीरमा आइरनको कमि हुदैन र रगतको कमि पनि पूर्ति गर्छ।

-क्यान्सरबाट बच्नका लागि पनि केराको फुलको प्रयोग गरिन्छ। यसमा भएको एन्टी अक्सिडेन्टले क्यान्सर हुनबाट बचाउछ।-केराको फूलमा म्याग्नेसियम, एन्टीअक्सिडेन्ट,एंटी डिप्रेसेंट तत्व पाइन्छ जसले मानसिक तनाव कम गर्न मदत पुर्याउछ।

-पेट दुखाई, अपच, कब्जियत जस्ता समस्याका लागि पनि केराको बुङ्गा लाभदायक छ।-मधुमेहको समस्या भएकाका लागि पनि केराको फुल फाइदाजनक छ।

– बच्चालाई जन्म दिएपछि अधिकांश महिलाहरुमा दूध उत्पादन कम हुने गर्दछ । जसबाट बच्चाहरुलाई पर्याप्त पोषण मिल्दैन । जस कारण उनीहरु कुपोषणको शिकार हुने गर्छन् । जुन महिलामा दूध उत्पादनको क्षमता कम हुन्छ । उनीहरु आफ्नो आहारमा केराको बुङ्गा सामेल गर्न चाहन्छन् ।

केराको बुङ्गाको सेवनले अत्यधिक रक्तश्राव रोक्न पनि सहयोगी हुने गर्दछ । जसले गर्दा गर्भाशयलाई स्वस्थ राख्न मद्दत गर्छ । गर्भावस्थाको समयमा केराको बुङ्गा सेवन गर्दा महिलाहरुमा कब्जियतको समस्या पनि समाधान हुन्छ । त्यसकारण गर्भवती र स्तनपान गर्ने महिलाहरु आफ्नो आहारामा नयाँ र कोमल केराको बुङ्गा सामेल गराउने गर्दछन्।

209 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने

२०८३ जेष्ठ २८ गते, बिहीबार

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

२०८३ जेष्ठ २८ गते, बिहीबार

‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार

२०८३ जेष्ठ २८ गते, बिहीबार

संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण

२०८३ जेष्ठ २८ गते, बिहीबार

सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो

२०८३ जेष्ठ २६ गते, मंगलवार

गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ

२०८३ जेष्ठ २६ गते, मंगलवार

बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित

२०८३ जेष्ठ २६ गते, मंगलवार

महावीर पुन मन्त्री बन्दै

२०८३ जेष्ठ २६ गते, मंगलवार

मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’

२०८३ जेष्ठ २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal