साउदी धन कमाउन गएका सोनिल बाकसमा फर्किए, मृ,तकको शरीरमा कुनै पनि कपडा नदेखेपछि झनै भक्कानिए आफन्त….

२०७९ श्रावण ९ गते, सोमबार

साउदी अरेबियमा कारको ठ,क्करबाट ज्यान गुमाएका मृ,तकको श,व दुई महिनापछि घर ल्याइएको छ ।साउदी अरेबियमा कारको ठ,क्करबाट गत ६ जेठ राती ज्यान गुमाएका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका ३१ वर्षीय सोनिल राईको श,व आइतबार बिहान ५ बजे घर ल्याइएको हो । श,वलाई स्वदेश ल्याउन आलटाल भइरहेको परिवारको गुनासो थियो । पैसा कमाउन विदेश जाँदा बाकसमा फर्किएका राईको आइतबार राई संस्कार अनुसार दाहसंस्कार गरिएको छ ।

रेष्टुरेन्ट वर्करको रुपमा गत माघ २६ गते अहम्द नाजी फलेह अल डोसारी रेष्टुरेन्ट फर सर्भिङ मिल्समा पुगेका राईको सडक पार गर्नेक्रममा कारको ठक्करबाट मृ,त्यु भएको थियो । उनी मासिक एक हजार रियल पाउनेगरी काठ्माण्डौंको काठ्माडौं एचआर सोलुसन प्रालिमार्फत साउदी अरेबिय पुगेका थिए । ड्युटीमा जानेक्रममा कारले ठक्कर दिँदा उनको घ,टनास्थलमै मृ,त्यु भएको जानकारी आएको आफन्त हिराधन चाम्लिङले बताए । तर मेनपावरको ढिलासुस्तीका कारण श,व ल्याउन दुई महिना समय लागेको हो ।

तस्बिर र भिडियोमा राईको गाडीको ठ,क्करबाट टाउको फु,टेर रगत बगेको देखिन्छ । तर हाफर अल बटिन किंग खालेद जनरल अस्पताल अफर अल अबटिनमा स्वास्थ्य मामिला निर्देशनालयको मृ,त्यु रिपोर्टमा ‘टाउको, घाँटी र छातीमा कुनै देखिने चोट नभएको, माथिल्लो अंगहरुमा कुनै देखिने चोटहरु नभएको र तल्लो अंगहरुमा कुनै देखिने चोटहरु नभएको’ उल्लेख छ । यस्तै मृ,तकको शरीरमा कुनै पनि कपडा नभएकाले आफन्त थप दुःखित बनेका छन् ।

राईका श्रीमती जुनकला, पाँच वर्षकी छोरी र अढाइ वर्षका छोरा छन् । श्रीमानको श,व आउन ढिलाइ भएपछि जुनकला बच्चा काखी च्यापेर आफन्तसँग पटक–पटक मेनपावरको कार्यालय र वैदेसिक रोजगार बोर्डको सचिवालय पुगेकी थिईन् ।

195 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

३८४ जना पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्रीलाई मार्ने धम्की दिने युवक पक्राउ

२०८३ भाद्र १० गते, बुधबार

यस्ता छन् मन्त्रिपरिषद्को आकस्मिक बैठकले गरेको १० निर्णय

२०८३ भाद्र १० गते, बुधबार

मनकामना केबलकार बन्द

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान

२०८३ भाद्र १० गते, बुधबार

भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा बाढीः २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal