धरानका मेयर हर्क साम्पाङको अभियानमा साथ दिन धरानको निशाने खोलामा हजारौँले गरे श्रमदान…

२०७९ श्रावण ९ गते, सोमबार

धरानका मेयर हर्क साम्पाङको अभियानमा साथ दिन आज धरानको निशाने खोलामा हजारौँले श्रमदान गरेका छन् । धरानको खानेपानी समस्या समाधानका लागि धरान आसपासका खोला खोल्सीबाट खानेपानी सङ्कलन गरेर खानेपानी समस्या समाधान गर्नका लागि मेयर साम्पाङले थालेको अभियानले निकै राम्रो सफलता पाएको भन्दै धरानेले मेयर साम्पाङलाई साथ दिइरहेका छन् ।

धरान-२० पकुवा खोलाबाट धरान ११ र १७ का बासिन्दालाई खानेपानी खुवाउने योजनाका साथ पकुवा खोला खानेपानी योजना पछि मेयर साम्पाङले धरानको निशाने खोलाबाट खानेपानी ल्याउने अभियानका साथ फेरि अर्को अभियानको थालनी गरेका छन् ।

निशाने खोलाबाट खानेपानी ल्याउने मेयर साम्पाङको योजनालाई साथ दिन आज धरान र धरान बाहिरका गरी हजारौँ सर्वसाधारणले निशाने खोलामा श्रमदान गरेर मेयर साम्पाङको अभियानमा साथ दिएका छन् ।

विशेष गरी पूर्व ब्रिटिस गोर्खा सैनिकहरूले मेयर साम्पाङको अभियानमा साथ दिन भौतिकरुपमै उपस्थित भएर लाखौँको सहयोग पनि गरेका छन् । मेयर साम्पाङले बर्खा याममा निशाने खोलाबाट खानेपानी ल्याएर धरानवासीलाई खुवाउने र चारको शजङ्गलको भूमिगत पानी तान्न लाग्ने विद्युत खर्च कटौती गर्न यस्तो अभियान गरिरहेको मेयर साम्पाङले बताए ।

उनले धरानको सर्दु खोलाबाट मिनी हाइड्रो पावर समेत सञ्चालन गर्ने तयारीमा लागेको र यसका लागि पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानका प्राविधिकहरुसंग परामर्श थालेका काम पनि थालिसकेका छन् ।

174 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत

२०८३ जेष्ठ १० गते, आईतवार

बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत

२०८३ जेष्ठ १० गते, आईतवार

पोखरामा अतिक्रमित संरचना हटाउन १५ दिने थप सार्वजनिक सूचना

२०८३ जेष्ठ १० गते, आईतवार

शिवसताक्षी नगरपालिकाले ट्रयाक्टर जोताई सेवाशुल्कमा एकरुपता ल्याउने

२०८३ जेष्ठ १० गते, आईतवार

वैदेशिक रोजगारीबाट फर्किएकालाई विशेष तालिम सञ्चालन गर्दै गौरादह नगरपालिका

२०८३ जेष्ठ १० गते, आईतवार

१५ गते राजधानीमा थारु संस्कृतिको ‘घोंघी सांस्कृतिक साँझ २०८३’

२०८३ जेष्ठ १० गते, आईतवार

सभामुखले पनि फकाउन सकेनन् प्रधानमन्त्रीलाई

२०८३ जेष्ठ १० गते, आईतवार

ओलीलाई अझै अप्ठ्यारो

२०८३ जेष्ठ १० गते, आईतवार

युवा आक्रोश र देशको अवस्थाबीच गगन थापाको भूमिका महत्वपूर्ण :  मिश्र

२०८३ जेष्ठ ७ गते, बिहीबार

स्वीकृत नलिई राहदानी विदेश लैजान खोज्ने दुई पक्राउ

२०८३ जेष्ठ ७ गते, बिहीबार

श्रीलंका टापुबाट ‘महाराजधिराज’को छायांकन सुरु

२०८३ जेष्ठ ७ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal